काठमाडौं—सवारी दुर्घटनाका लागि राजधानीको केन्द्र बन्दै गएको बबरमहलमा बुधबार साँझ अर्को खतरनाक दुर्घटना भएको छ। नयाँ वानेश्वरतिरबाट माइतीघरतर्फ आइरहेको बा ३ प ६८३२ नम्बरको मिनी ट्रकले बा ५६ प ४५२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
दुर्घटनामा स्कुटर चालक ध्रुव केसीको मृत्यु भएको हो। दुर्घटना लगत्तै बेहोस भएका उनलाइ अन्नपूर्ण न्युरो अस्पताल पुर्याइएको थियो। डाक्टरले उनलाइ मृत घोषित गरे। 'हामी कहाँ ल्याइपुराउनु अघि नै उहाँको डेथ भइसकेको थियो', अस्पतालकी डा.प्रिया गुरूंगले नागरिकन्युजसँग भनिन्।
ट्रकले ठक्कर दिएको स्कुटर कच्याकुचुक भएको छ।

ट्रक पछाडि गएर ठोक्किएको कार। तस्विर: नागरिकन्युज
ट्रकले डिभाइडरको रुपमा लाएको स्टिलको बार भत्काएर स्कुटरलाई पेल्दै लेनको भित्तामा पुर्याएको एक जना प्रत्यक्षदर्शीले नागरिकन्युजलाई बताए। ‘अर्को लेनबाट हुत्तिँदै ट्रक माइतीघरबाट नयाँ वानेश्वरतर्फ जाने लेनमा छिर्यो’, प्रत्यक्षदर्शीले भने, ‘अगाडि आइपुगेको ट्रकमा कार आएर नराम्रोसँग बजारियो। कार चालकले ब्रेक लगाउन भ्याएनन्।’

ट्रकले किचेको स्कुटर जुन स्कुटरको रूपमा चिन्न गाह्रो छ
दुर्घटनामा बा १२ प ९२९३ नम्बरको कार ट्रकको पछाडिपट्टि ठोकिएको हो। कारको अगाडिको भागमा क्षति पुगेको छ। ट्रक चालक फरार छन्।