काठमाडौं- सर्वोच्च अदालतले विद्यमान प्रक्रियाअनुसार नै राजदूत नियुक्ति गर्न सरकारलाई बाटो दिएको छ। प्रतिस्पर्धा र मापदण्डबिनै राजनीतिक दलका कार्यकर्ता एवं परराष्ट्र सेवाका कर्मचारीलाई राजदूत नियुक्त गर्दा नेपालको कूटनीतिक छविमा आँच पुगेको दाबीसहित अधिवक्ता मञ्जु मरासिनीले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्न नपर्ने जनाएको हो।
न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले साउन २८ गते विद्यमान प्रक्रियाअनुसारै राजदूत नियुक्त गर्दा निवेदकको माग सम्बोधन हुने भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। परराष्ट्र मन्त्रालयले जर्मनी, कतार, साउदी अरब, इजिप्ट, ब्राजिल, बेलायत, श्रीलंका, बहराइन र ओमानस्थित दूतावासमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाइरहेका बेला अधिवक्ता मरासिनीले गत साउन २१ गते आफ्नो निवेदनउपर अन्तिम टुंगो नलागेसम्म नियुक्ति गर्ने कार्य नगराउनु भनी विपक्षीको नाममा अन्तरिम आदेश माग्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, परराष्ट्र मन्त्री, परराष्ट्र मन्त्रालय, मुख्य सचिव र परराष्ट्र सचिवलाई विपक्षी बनाइएको रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने बताए पनि सर्वोच्चले विपक्षीसँग १५ दिनभित्र आदेश किन जारी हुनु नपर्ने भन्ने कारण लिखित रुपमा मागेको छ।
प्रतिस्पर्धा र मापदण्डबिना राजनीतिक कार्यकर्ता र परराष्ट्रका कर्मचारी मात्र राजदूत नियुक्ति गरिँदा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ ले प्रदान गरेको समानताको हक उल्लंघन भएको मरासिनीले दाबी गरेकी थिइन्।
राजदूत नियुक्त भएपछि आकर्षक तलब, भत्ता, सुविधाका साथै सन्ततीको शिक्षाको लागि शैक्षिक भत्ता, पारिवारका सदस्यको लागि निर्वाह भत्तालगायत उन्मुक्ति र सुविधा प्राप्त हुने भएकाले प्रधान्याधीश, मुख्य सचिव, गभर्नर, सरकारका उच्चपदस्थ पदाधिकारी, उच्च प्रशासक, संवैधानिक अंगका पदाधिकारी, सचिव, प्राध्यापकसमेतका पदाधिकारी बहाल छँदै वा अवकाशपछि पनि राजदूत नियुक्त भएको रिटमा उल्लेख छ।
सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा भागबन्डा मिल्न नसक्दा लामो समयदेखि राजदूत नियुक्ति हुन सकेको छैन। राजदूत नियुक्ति गर्दा ५० प्रतिशत परराष्ट्र सेवा र ५० प्रतिशत राजनीतिक नियुक्तिबाट गर्ने पछिल्लो अभ्यास छ। अहिले जर्मनी, कतार, साउदी अरब, इजिप्ट, ब्राजिल, बेलायत, श्रीलंका, बहराइन र ओमानमा राजदूत रिक्त छ भने जापान र बंगलादेशमा पनि छिट्टै खाली हुँदै छ। सरकारले राजदूत नियुक्ति अन्तिम अवस्थामा पुगेका जनाइरहेको बेला अधिवक्ता मरासिनीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।