एसएसपी सहित ७ सुरक्षाकर्मी र एक बालक मारिए, सेना परिचालन
०७ भदौ २०७२
•
४ मिनेट पाठ
एसएसपी सहित ७ सुरक्षाकर्मी र एक बालक मारिए, सेना परिचालन
काठमाडौं–थारुवान–थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका क्रममा कैलालीमा हिंसात्मक झडप भएको छ। झडपमा एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जना मारिएका छन्। मारिनेमा ५ नेपाल प्रहरी, २ सशस्त्र प्रहरी र एक बालक छन्।सशस्त्र प्रहरी प्रधान कार्यालयले दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको पुष्टि गरेको छ। मृत्यु हुने एकजना हवल्दार रामबिहारी थारु हुन्। उनलाई जिउँदै जलाएर मारिएको गृहमन्त्री बामदेव गाैतमले संसदलाई जानकारी गराए। प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहोरालाई भाला रोपेर मारिएको छ।




घटनामा करिब ४० सुरक्षाकर्मी घाइते भएका छन्। १० प्रहरी सम्पर्कबिहीन छन्।

घटना लगत्तै गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक बोलाइएको छ। 'गृहमन्त्रीको उपस्थितिमा सुरक्षा अंगका प्रमुखहरुको बैठक केही छिनमै सुरु हुँदैछ', सुरक्षा स्रोतले नागरिकन्युजसँग भन्यो।

घटनास्थलमा मद्दत टोली पठाइएको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताए।

सोमबार टिकापुरमा निशेधाज्ञा तोड्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो।

प्रहरीका अनुसार टिकापुरबाट पाँच किलोमिटर उत्तरमा करिब २० हजार प्रदर्शनकारीले एसएसपी लक्ष्मण न्यौपाने नेतृत्वको टोलीलाई घेरा हालेका थिए। कैलाली र कंचनपुर थरुहट प्रदेशमा हुनुपर्ने माग राख्दै साउन २४ देखि अनिश्चितकालीन बन्दको आयोजना गर्दै आन्दोलन गर्दै आएका छन्।

सिडिओलाई सेना परिचालनको अधिकार
गृह मन्त्रालयमा बसेको विशेष सुरक्षा बैठकले अान्दोलन चर्किरहेको क्षेत्रलाई 'दङ्गाग्रस्त' घोषणा गर्दै स्थानीय प्रशासनलाई सेना परिचालन गर्न सक्ने अधिकार दिएको छ। कैलालीमा प्रदर्शनकारी अाक्रमणबाट सुरक्षाकर्मी मारिएपछि मन्त्रालयमा बसेको बैठकले दुवै प्रहरीले अवस्था नियन्त्रणमा लिन नसके स्थानीय प्रशासनले सेना परिचालन गर्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए।

'दङ्गाग्रस्त क्षेत्रमा शंका लागेको व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गर्न सक्नेछ', ढकालले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने।

गृहमन्त्रीको उपस्थितिमा सोमबार दिउसो बसेको सुरक्षा प्रमुखहरुको बैठकले नेपाल प्रहरी र सशस्त्रले मात्रै स्थिति नियन्त्रणमा लिन नसक्ने ठहर गर्दै दङ्गाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने निर्णय लिएको हो। कैलाली, सर्लाहीको मङ्गवा र रौतहटको गौर सहित दङ्गाग्रस्त स्थानमा सेना परिचालन हुने गृहमन्त्री गाैतमले संसदलाई जानकारी दिए।

(काठमाडौंबाट अशोक दाहाल, बलराम पाण्डे र कैलालीबाट दिलबहादुर छत्यालको सहयोगमा)

सम्बन्धित लिङ्क
जिउँदै जलाएर, भाला हानेर मारियोः गृहमन्त्री

कैलाली घटना आतंककारीः ओली

कसरी भयो सुरक्षाकर्मीमाथि अाक्रमण?
अर्को समाचार
एसएसपी सहित ७ सुरक्षाकर्मी मारिए, दङ्गाग्रस्त क्षेत्रमा सेना परिचालन
०७ भदौ २०७२
•
४ मिनेट पाठ
एसएसपी सहित ७ सुरक्षाकर्मी मारिए, दङ्गाग्रस्त क्षेत्रमा सेना परिचालन
धनगढी–थारुवान–थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका क्रममा कैलालीमा हिंसात्मक झडप भएको छ। झडपमा एसएसपी लक्ष्मण न्यौपानी सहित ७ सुरक्षाकर्मीको मारिएका छन्। प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहोरालाई भाला रोपेर मारिएको छ। 




सशस्त्र प्रहरी प्रधान कार्यालयले दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको पुष्टि गरेको छ। मृत्यु हुने एकजना हवल्दार रामबिहारी थारु हुन्। उनलाई जिउँदै जलाएर मारिएको गृहमन्त्री बामदेव गाैतमले संसदलाई जानकारी गराए।

घटना लगत्तै गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक बोलाइएको छ। 'गृहमन्त्रीको उपस्थितिमा सुरक्षा अंगका प्रमुखहरुको बैठक केही छिनमै सुरु हुँदैछ', सुरक्षा स्रोतले नागरिकन्युजसँग भन्यो।

घटनास्थलमा मद्दत टोली पठाइएको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताए।

सोमबार टिकापुरमा निशेधाज्ञा तोड्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो । निषेधाज्ञा तोड्ने क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि भाला प्रहार गरेको एक प्रत्यक्षदर्शीले नागरिकन्युजलाई बताए।

प्रहरीका अनुसार टिकापुरबाट पाँच किलोमिटर उत्तरमा करिब २० हजार प्रदर्शनकारीले एसएसपी लक्ष्मण न्यौपाने नेतृत्वको टोलीलाई घेरा हालेका थिए। कैलाली र कंचनपुर थरुहट प्रदेशमा हुनुपर्ने माग राख्दै साउन २४ देखि अनिश्चितकालीन बन्दको आयोजना गर्दै आन्दोलन गर्दै आएका छन्।

सिडिओलाई सेना परिचालनको अधिकार


गृह मन्त्रालयमा बसेको विशेष सुरक्षा बैठकले अान्दोलन चर्किरहेको क्षेत्रलाई 'दङ्गाग्रस्त' घोषणा गर्दै स्थानीय प्रशासनलाई सेना परिचालन गर्न सक्ने अधिकार दिएको छ। कैलालीमा प्रदर्शनकारी अाक्रमणबाट सुरक्षाकर्मी मारिएपछि मन्त्रालयमा बसेको बैठकले दुवै प्रहरीले अवस्था नियन्त्रणमा लिन नसके स्थानीय प्रशासनले सेना परिचालन गर्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए।

'दङ्गाग्रस्त क्षेत्रमा शंका लागेको व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गर्न सक्नेछ', ढकालले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने।

गृहमन्त्रीको उपस्थितिमा सोमबार दिउसो बसेको सुरक्षा प्रमुखहरुको बैठकले नेपाल प्रहरी र सशस्त्रले मात्रै स्थिति नियन्त्रणमा लिन नसक्ने ठहर गर्दै दङ्गाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने निर्णय लिएको हो। कैलाली, सर्लाहीको मङ्गवा र रौतहटको गौर सहित दङ्गाग्रस्त स्थानमा सेना परिचालन हुने गृहमन्त्री गाैतमले संसदलाई जानकारी दिए।

(काठमाडौंबाट अशोक दाहाल, बलराम पाण्डे र कैलालीबाट दिलबहादुर छत्यालको सहयोगमा)

सम्बन्धित समाचार

जिउँदै जलाएर, भाला हानेर मारियोः गृहमन्त्री

कैलाली घटना आतंककारीः ओली
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस