'आक्रमण पूर्वनियोजित, सुरक्षामा चुक'
०७ भदौ २०७२
•
१० मिनेट पाठ
'आक्रमण पूर्वनियोजित, सुरक्षामा चुक'
काठमाडौं- कैलाली घटनालगत्तै सोमबार दिउँसो बसेको केन्द्रीय सुरक्षा समिति बैठकले कैलालीलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरेको छ। प्रदर्शनकारीको आक्रमणमा सुरक्षाकर्मी मारिएपछि गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखसहित बसेको बैठकले कैलाली घटना नियोजित रहेको निष्कर्ष निकाल्दै अवस्थालाई दुवै प्रहरी संगठनले मात्र काबुमा राख्न नसक्ने भन्दै सेना परिचालनको निर्णय गरेको हो।थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा टीकापुर नगरपालिकाको बोर्डमा 'थरुहट–थारुवान स्वायत्त सरकार' लेख्न भेला भएका प्रदर्शनकारीले प्रहरीलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मीको हत्या गरेका थिए।

प्रदर्शनकारीले प्रहरीलाई भाला रोपेर, जलाएर बर्बर किसिमले ज्यान लिएका थिए। सशस्त्र प्रहरी सहायक हवल्दार नेत्र साउदको २ वर्षीय छोराको हत्या भएको सशस्त्र प्रहरी बल हलचोकले पुष्टि गरेको छ। घरमा सुतिरहेको अवस्थामा भित्र प्रवेश गरेर गोली हानेर उनको हत्या भएको थियो। प्रदर्शनकारीको आक्रमणबाट सशस्त्रका ३ जना गम्भीर घाइते छन् भने १८ जना सामान्य घाइते भए। प्रहरीतर्फ १८ जना घाइते २ जना गम्भीर छन्।

गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालले स्थानीय प्रशासन ऐनअनुसार कैलालीमा सेना परिचालन गरिएको र प्रदर्शन भइरहेका अन्य जिल्लाको हकमा स्थानीय प्रशासनले अवस्था हेरेर दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्न सक्ने जानकारी दिए।

दंगागस्त क्षेत्रमा सेना परिचालनपछि शंका लागेका व्यक्तिलाई तत्काल पक्राउ गर्ने, शंका लागेको स्थानमा छापा मार्ने, पाँच जनाभन्दा बढीलाई भेला हुन नदिनेलगायत अधिकार सेनाले उपयोग गर्नसक्नेछ।

'गृहले कैलालीलाई मात्र दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन निर्णय गरेको हो,' ढकालले नागरिकसँग भने, 'अन्य जिल्लाको हकमा स्थानीय प्रशासनले अवस्था हेरेर एक महिनाका लागि दंगाग्रस्त क्षेत्र घोषणा गर्न सक्छ, त्यो अवधि बढाउनुपरे केन्द्रको अनुमति आवश्यक छ।'

सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासनको सहयोगका लागि टीकापुरको केही क्षेत्रमा सेना खटिएको जानकारी दिए।

कर्फ्यु लागेका क्षेत्रमा स्थानीय प्रशासनलाई सघाइरहेको र अन्य जिल्लाको सुरक्षा समितिबाट निर्णय नभएकाले सेनाले निगरानी राखे पनि परिचालन भने नभएको उनले जानकारी दिए।

सशस्त्र प्रवक्ता डिआइजी पुष्पराम केसीले घटनास्थलमा अत्तरियाबाट थप एक सय ६ जना सशस्त्र प्रहरी खटाइएको र आवश्यक परेको अवस्थामा तत्काल थप मद्दत पठाउन सकिने गरी नेपालगन्जको कोहलपुर र नौवसामा टोली राखिएको जानकारी दिए। उनले सो क्षेत्रमा सशस्त्रको स्पेसल टास्क फोर्सको जनशक्तिसमेत परिचालन तयारी भइरहेको जानकारी दिए।

प्रहरी प्रवक्ता कमलसिंह बमले अप्रत्याशित र नियोजित घटनाले हताहत बढी भएको बताउँदै अन्य पाटोबारे विश्लेषण भइरहेको बताए। घटनापछि घटनास्थलमा धनगढीबाट थप टोली पठाइएको उनले जानकारी दिए।

'पूर्व नियोजित आक्रमण, विश्लेषणमा सुरक्षा चुक'

सुरक्षा समितिको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फबाट गरिएको ब्रिफिङका आधारमा सोमबारको घटना पूर्वनियोजित र आन्दोलनकारीको तयारीको पूर्व सूचना र सोहीअनुसार सुरक्षा तयारीमा चुकबाट गम्भीर क्षति पुगेको निष्कर्ष निकालेको छ।

केन्द्रमा संघको संख्यासँगै नक्सा सार्वजनिक भएपछि सो क्षेत्रमा निरन्तर विरोध प्रदर्शन भइरहेको थियो। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आइतबारै सोमबारको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।

समितिले आइतबारै टीकापुर नगरपालिकाको बोर्डमा मेटेर थरुहट–थारुवान स्वायत्त प्रदेश लेख्ने घोषणा गरिसकेको थियो।

नेपाल प्रहरीका एसएसपी न्यौपाने र सशस्त्र प्रहरीको उग्रतारा गणका एसपी लक्ष्मणबहादुर सिंहको कमान्डमा सुरक्षाकर्मी खटिएका थिए। प्रहरीतर्फबाट सय हाराहारी सुरक्षाकर्मी थिए। सशस्त्रका तर्फबाट २ प्लाटुन (९२ जना) सुरक्षाकर्मी थिए।

सामान्य अवस्थामा प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्ने र प्रहरीले बल प्रयोग गरेर तितरबितर बनाउने सामान्य प्रक्रिया हो। तर, सोमबार त्यहाँको अवस्था सुरक्षा निकायको पूर्वानुमानभन्दा भिन्न भयो।

प्रदर्शनस्थलको सुरक्षा तयारीका लागि अघिल्लो दिन नै परिचालित हुने सुरक्षाकर्मी संख्या, लाठी, टियर ग्यासका सेल, हतियारको प्रकार र संख्या, सुरक्षाकर्मी खटिने स्थल र प्रदर्शनकारी संख्या र तयारीको पूर्वानुमान गरी सोहीअनुसार परिचालन तयारी गरिएको हुन्छ।

टीकापुरमा सुरक्षाकर्मी परिचालित हुनुअगाडि यी सबै तयारी गरिए पनि प्रदर्शनकारीको संख्या, उनीहरुको रणनीति र उनीहरुबाट हुनसक्ने बल प्रयोगको पूर्वानुमान र रणनीति निर्माणमा चुक देखिएको छ।

घरेलु हतियारसहित आएका प्रदर्शनकारीको मनोभावको पूर्वानुमान गर्न नसक्नु, प्रदर्शनकारीलाई बढी विश्वास गर्नु, तीनतिरबाट आएका प्रदर्शनकारीबाट घेरिन सक्ने स्थानमा प्रहरी टोली बस्नुलगायत प्राविधिक पाटोको विश्लेषण र तत्काल निर्देशनमा समेत चुक देखिएको एक सुरक्षा अधिकारीले बताए।

'यस्तो अवस्थामा प्रदर्शनकारी संख्या, उनीहरुको साथमा रहेका सामग्री र प्रदर्शनस्थलको भौगोलिक अवस्थाका आधारमा तत्काल परिचालन रणनीति बनाउनुपर्ने हुनसक्छ,' ती सुरक्षा अधिकारीले भने, 'यो पाटोमा चुक देखियो।'

प्रारम्भमै प्रदर्शनकारीले सुरक्षाकर्मीलाई घेरा हालेर टोलीको नेतृत्व गरिरहेका एसएसपीलाई नियन्त्रणमा लिएकाले प्रदर्शनमा कार्यान्वयन हुने सुरक्षा संगठनको 'चेन अफ कमान्ड' बारे जानकारबाटै सोमबारको घटनाको योजना बुनेको सुरक्षा संगठनको निष्कर्ष छ।

आकस्मिक आक्रमणले सुरक्षाकर्मी बढी रक्षात्मक हुँदा उनीहरुले नियन्त्रणमा लिएकालाई तत्काल उद्धार हुन नसकिएको र तत्काल घटनाबारे जानकारी नआउँदा आवश्यक परेको अवस्था सघाउन राखिएको रिजर्भ फोर्ससमेत परिचालन हुन नसकेको खुलेको छ।

'पहिला कमान्डरलाई नै नियन्त्रणमा लिएपछि अन्य प्रहरीको मनोबल गिर्ने र उनीहरुलाई परिचालनको आदेश दिने व्यक्तिको अभाव हुँदा आफू अनुकूल गर्न सकिने योजना बनेको देखियो,' गृह प्रवक्ता ढकालले नागरिकसँग भने, 'यी सबै घटनाक्रम हेर्दा यो आकस्मिक नभई पूर्व निर्धारित नै हो भन्ने मन्त्रालयको निष्कर्ष छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस