'ज्यान ठूलो हो, तिम्रा सरलाई सम्झाइदेऊ'
१२ भदौ २०७२
•
५ मिनेट पाठ
'ज्यान ठूलो हो, तिम्रा सरलाई सम्झाइदेऊ'
काठमाडौ-प्रधानमन्त्री सुशील कोइरालाले डा. गोविन्द केसीलाई 'ज्यान सबैभन्दा ठूलो हो' भनेर सम्झाइदिन चिकित्साशस्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थीलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री निवासअघि धर्ना दिन र ज्ञापनपत्र बुझाउन शनिबार बालुवाटार पुगेका संस्थानका विद्यार्थीमध्ये तीन जनालाई भित्र बोलाएर प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन्। प्लेकार्ड बोकेर चर्का नारा लगाइरहेका विद्यार्थीलाई सुरक्षाकर्मीमार्फत भित्र बोलाएका प्रधानमन्त्रीले सरकारले पहिलेभन्दा धेरै काम गरिसकेको दाबी गरेका थिए।

सुरुमै भेट्न गएका मध्ये रेजिडेन्ट चिकित्सक डा. नर्मल लामिछानेले डा. केसीको अनशन छैटांै दिनमा चलिरहेको र यसपटक अघिल्ला पटकभन्दा स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरेका थिए। 'काम हुँदैछ, उहाँलाई सम्झाइदिनुस्, सबैभन्दा ठूलो कुरा ज्यान हो,' प्रधानमन्त्रीले विद्यार्थीहरुलाई भनेको भेटमा सहभागी अर्का विद्यार्थी सुमन आचार्यले बताए।

लामिछानेले प्रधानमन्त्रीलाई डा. केसीको भनाइ उद्धृत गर्दै सुनाए, 'सरले त तीन करोड नेपालीको ज्यानका लागि मेरो ज्यान केही होइन भन्नुभएको छ।'

त्यसो भन्दा प्रधानमन्त्री मौन बसेका थिए।

त्यसलगत्तै अर्का विद्यार्थी आचार्यले माथेमा प्रतिवेदन कार्यान्वयनबारे कुरा गर्दै मुटु, कलेजो र गिदी निकालेर हड्डीसहितको मान्छेजस्तै मात्रै कार्यान्वयन भएको जवाफ दिएका थिए।

विद्यार्थीहरुले माथेमा कार्यदल कोइराला नेतृत्वको सरकारले नै बनाएको र सोही कार्यदलको सिफारिस कार्यान्वयनमा अपांग बनाइएको बताएपछि कोइरालाले कार्यदलका सदस्यलाई आफूले शुक्रबारै भेटिसकेको जवाफ दिएका थिए। विद्यार्थीहरुले डा. केसीको माग माथेमा रिपोर्ट मात्र नभएको र अन्य मागसमेत उत्तिकै महŒवपूर्ण रहेको भन्दै सातौंपटक अनशन बस्न नपर्ने गरी सबै माग पूरा गरिदिन आग्रह गरेका थिए।

'काम हुँदैछ, हुन्छ, फेरि पनि ज्यान ठूलो हो, उहाँलाई पनि सम्झाइदिनुस्,' प्रधानमन्त्रीले विद्यार्थीलाई सम्झाउने भाषामा भने।

यसअघि, शुक्रबार भेटका लागि पुगेको माथेमा कार्यदलका सदस्यसँग कोइरालाले कार्यदलका सुझाव अपांग बनाएर कार्ययोजना बनाइएकोबारे आश्चर्य व्यक्त गरेका थिए। 'कसरी कहाँबाट त्यस्तो भएछ, भन्दै उहाँले आश्चर्य व्यक्त, गर्नुभएको थियो,' संयोजक माथेमाले प्रधानमन्त्रीसँगको भेटबारे उल्लेख गर्दै भने। माथेमाले त्यस क्रममा आफूले कार्ययोजनामा नपरेका बुँदासहित ध्यानाकर्षण पत्रसमेत दिएको भन्दै यसलाई छलफल गरेर खबर गर्ने बताएको जानकारी दिए।

'उहाँले हामीसँग डा. केसीबारे पनि चिन्ता जाहेर गर्नुभएको थियो,' माथेमाले भने।

प्रधानमन्त्री कोइरालाले चिकित्सा शिक्षासम्बन्धी कार्यदल र आइओएमका विद्यार्थी भेटेर कार्यदलको प्रतिवेदन कार्यान्वयन भइरहेको बताएयता सरकारी टोली वार्ता र छलफलका लागि पुगेको छैन। डा. केसीले यसपटक सम्झौता भन्दा कार्यान्वयन हुनुपर्ने अडान राख्दै आएका छन्।

कोइराला प्रधानमन्त्री हुँदा डा. केसी अनशनमै थिए। त्यतिबेला कोइरालाले सम्पूर्ण माग पूरा गर्ने प्रतिबद्धता गरे पनि पटकपटक उनी प्रतिबद्धताबाट 'ब्याक' हुँदै आएका छन्। चौथो अनशनको सम्झौता क्रममै नीति नबन्दासम्म रोकेको सम्बन्धन बीचमै खोलेपछि केसी पाँचांैपटक अनशन बसेका थिए। पाँचौं अनशनमा माथेमा कार्यदलको रिपोर्ट कार्यान्वयन प्रतिबद्धता गरे पनि पूरा नगरेपछि केसीले छैटौं अनशन सुरु गरेका हुन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस