काठमाडौं-नेपालका अस्पतालमा अवैध रूपमा जन्मिएका 'सरोगेट' शिशुको जन्मदर्ता सरकारी निकाय काठमाडौं महानगरपालिकाले नै गराइरहेको छ।
महानगरपालिका शाखा अधिकृत कृष्णराज विष्टका अनुसार 'सरोगेट' उल्लेख नगरे पनि अरू समान 'आमा र बाबु' को नाम लेखेर जन्मदर्ता गरिदिने गरेको जानकारी दिए। 'प्रायः अस्पताल र दूतावासको सिफारिसका आधारमा हामी जन्मदर्ता गर्छौं,' उनले भने, 'यति नै संख्या भन्ने हामीसँग छैन।'
विष्टका अनुसार कतिपय सिफारिसमा आमा र बाबुको नाम साथै जन्माउने तेस्रो पक्षको नामसमेत आएको हुन्छ। 'कतिपयलाई कैफियतमा तेस्रो पक्षको नाम लेखिदिन्छौं। तर अधिकांशले नलेख्न भन्छन्। सामान्यतया बुझ्दा यस्ता केस सरोगेट नै होलान्,' उनले भने।
स्थानीय पञ्जिका अधिकारीलाई व्यक्तिगत घटना दर्ता सम्बन्धमा भएका निर्देशन तथा परिपत्र २०७० मा उल्लेख 'विदेशी नागरिकको जन्मदर्ता गर्ने' अनुसार महानगरपालिकाले सरोगेट शिशुको जन्मदर्ता गर्ने गरेको छ।
परिपत्रआनुसार अस्पतालमा जन्मेका बच्चाहरूका हकमा सम्बन्धित अस्पतालको डाक्टरको सिफारिससँगै राष्ट्रियता स्पष्ट हुने राहदानी वा त्यस्तै कुनै प्रमाण र घरमा जन्मेका बच्चाको हकमा सम्बन्धित देशको राजदूतावास/नियोगको सिफारिस साथै राष्ट्रियता स्पष्ट हुने राहदानी वा त्यस्तै कुनै प्रमाणको आधारमा दर्ता गरी प्रमाणपत्र दिनुपर्छ। साथै सम्बन्धित देशको नाम उल्लेख पनि गर्नुपर्छ।
नगरपालिकाको जन्मदर्ताकै आधारमा सरोगेट शिशुलाई विदेश लाने गरिन्छ। हालसम्म यस्तै जन्मदर्ताका आधारमा करिब २ वर्षयता ३ सयभन्दा बढी सरोगेट शिशु इजरेल, अस्ट्रेलिया, अमेरिका लगायतका देशमा पुर्याहइएका छन्। महानगरसँग सरोगेट शिशुबारे छुट्टै नरहेको विष्टले बताए। 'सम्पूर्ण जन्मदर्ताको रेकर्ड एकैठाउँमा राखिने भएकाले छुट्टै संख्या केलाउन गाह्रो हुन्छ,' उनले भने, 'तेस्रो पक्षको नाम उल्लेख भएर आएकाको संख्या अत्यन्त थोरै छन्,' उनले भने।
नागरिकले यस्तो घटनाका केही फाइल हेर्न माग्दा भने उनले व्यक्तिगत जानकारी सार्वजनिक गर्न नहुने प्रतिक्रिया दिए।
सरोगेट शिशु लान स्थानीय निकायका कागजात सहयोगी हुने भएकाले सम्बन्धित देशका राजदूत एवं उच्च अधिकारीले समेत महानगरपालिका पुगेर यो सेवा निरन्तरताका लागि दबाब र प्रभावमा पार्ने गरेका छन्। सरोगेट शिशु अस्टे्रलिया पुग्न थालेपछि जन्म दर्ता प्रक्रिया बुझ्न साउन २९ गते काठमाडौंस्थित अस्ट्रेलियाली दूतावासका प्रथम सचिव बेन निकोल्स पनि महानगरपालिका पुगेका थिए। उनीसँगै अस्ट्रेलियाली राजदूत पनि रहेको महानगरपालिकाले जानकारी दिए।
'सरोगेट शिशु अस्ट्रेलिया लैजान भन्दै भिसा लिन आउनेको संख्या बढिरहेको छ,' उनीहरूको भनाइ उद्धृत गर्दै महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख गंगाधर गौतमले नागरिकसँग भने, 'त्यसैले महानगरपालिकाले यसको कस्तो व्यवस्था गरेको छ भन्ने बुझ्न आएका हौं।'
गौतमले नेपालमा यसबारे हालसम्म वैधानिक कानुन नरहेको र महानगरपालिकामा पनि कुनै व्यवस्था नभएको जानकारी गराएको बताए। 'जन्मेको ठाउँको जन्मदर्ता लिएर आफ्नो देश फर्कनेहरू महानगरपालिकामा जन्मदर्ता गराउन आउँछन्,' उनले भने, 'तर सरोगेट भए नभएको कुरा बाहिर आउँदैन।'
यस्तो संख्या बढिरहेकाले महानगरपालिकाले व्यवस्थापन गर्ने निति बनाउन सरकारलाई अनुरोध गर्ने बेला भइसकेको गौतमले बताए।
महानगर प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले पनि महानगरपालिकाले विदेश जान मिल्ने गरी प्रमाण जुटाउन यसरी जन्मदर्ता हुने गरेको बताए। 'तर हामीसँग सरोगेट नै भनेर उल्लेख हुँदैन,' उनले पनि दोहोर्याैए, 'कानुनी बाटो नभएकाले यस्तो भइरहेको छ।'
नेपालमा सरोगेसी सेवासम्बन्धी कानुन बनाउन मन्त्रिपरिषदले गत वर्ष सैद्धान्तिक सहमति दिए पनि कानुन बनिसकेको छैन। तर काठमाडौंका ग्रान्डी सिटी, ओम, भेनस र ग्रान्डीजस्ता ठूला अस्पतालले सरोगेसी सेवा सञ्चालन गरिरहेका छन्।