टिचिङका डाक्टर आन्दोलित
१३ भदौ २०७२
•
१२ मिनेट पाठ
टिचिङका डाक्टर आन्दोलित
काठमाडौं- चिकित्सा शिक्षाको विकृतिविरुद्ध आमरण अनशनरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै जाँदा पनि सरकारले माग पूरा गर्न तत्परता नदेखाएको भन्दै सहकर्मी चिकित्सकहरूले आन्दोलन चर्काउने भएका छन्।त्रिवि शिक्षण अस्पतालमा कार्यरत ३ सयभन्दा बढी रेजिडेन्ट चिकित्सक एवं विभिन्न विषय पढ्ने विद्यार्थीको आइतबार भएको भेलाले सोमबारदेखि आकस्मिकबाहेकका सेवा र पठनपाठनमा सहभागी नहुने निर्णय गरेका छन्। सरकारले अनशनलाई नजरअन्दाज गरेको जनाउँदै उनीहरूले आइतबार साँझ नै अस्पताल परिसरमा डा. केसीको समर्थनमा वरिष्ठ चिकित्सक, रेजिडेन्ट, विद्यार्थी र सर्वसाधारणसमेत सहभागी हुन सक्ने गरी रिले अनशन सुरु गरेका छन्।

रेजिडेन्ट चिकित्सकको सोमबारबाट ओपिडीमा सहभागी नहुने घोषणासँगै अस्पतालको सम्पूर्ण सेवा प्रभावित हुनेछ। अस्पतालले प्रदान गर्ने ओपिडी, इन्डोर र शल्यक्रिया लगायतका सेवा वरिष्ठ चिकित्सकको निरीक्षण र निर्देशनमा रेजिडेन्टको भरमा चलेको हुन्छ।

रेजिडेन्ट चिकित्सकहरूले सेवामा सरिक नहुने संकेत गरेसँगै अस्पतालका वरिष्ठ चिकित्सकहरूले सेवा चलाउन कठिन हुने निष्कर्ष निकालेका छन्। आइतबार विभागीय प्रमुखहरूले बैठक बसेर सकेसम्म आकस्मिक बिरामी र भ्याएसम्म ओपिडी दिने तयारी गरेका छन्। केही दिनभित्रै समस्या समाधान नभए घोषित रूपमै सेवा छाड्ने योजनामा उनीहरूसमेत छन्।

अस्पतालमा कार्यरत रेजिडेन्टहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. रामचन्द्र सापकोटाले सकेसम्म सेवा छाड्ने अवस्था नआओस् भनेर निकै धैर्य गरे पनि बाध्यता आइपरेको बताए। 'योपटक सकेसम्म अस्पताल सेवामा असर नपरोस् भनेर डा. केसीकै इच्छाअनुसार अनशनस्थलसमेत पछाडितर्फ लगिएको थियो,' उनले भने, 'हाम्रो पनि त्यही इच्छा थियो तर सरकारले सुनेन्।'

एसोसिएसनले यसअघि गत मंगलबार विज्ञप्ति निकालेर डा. केसीको मागमा ऐक्यबद्धता जनाएको थियो। रेजिडेन्ट चिकित्सक र विद्यार्थीले यसअघि शनिबारदेखि दबाब बढाउँदै लाने निर्णय गरेका थिए। शनिबार बालुवाटारअघि धर्ना र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका विद्यार्थी र रेजिडेन्टहरूले आइतबार बालुवाटारदेखि सिंहदरबारसम्म मोटरसाइल र्यााली गरे। उनीहरूले आइतबार डा. केसीको माग पूरा गर्न दबाब दिने गरी गाईजात्रे नाटकसमेत देखाए।

डा. केसीले डा. केदारभक्त माथेमा नेतृत्व कार्यदलले तयार गरेको प्रतिवेदनसहित यसअघिका सम्झौता कार्यान्वयन र विश्वविद्यालयमा उपकूलपतिलगायत पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डाबाट मुक्त गर्नुपर्ने माग राखेर साउन ८ गते दुई साताको अल्टिमेटम दिएका थिए।

अनशन निर्धारण भएको दिन सरकारी अधिकारीहरूले माग पूरा गर्ने भन्दै थप समय मागेपछि डा. केसीले अनशन दुई साता स्थगित गरेका थिए। तर त्यसबीचमा सरकारले माग पूरा गर्नुको सट्टा मागविपरीत हुने गरी उपकुलपति नियुक्ति र माथेमा प्रतिवेदनका महŒवपूर्ण सुझाव नै पन्छाएर कार्ययोजना पास गरेको थियो। सो निर्णयपछि आक्रोशित डा. केसी गत सोमबारदेखि आमरण अनशनमा छन्।

अनशनको तेस्रो दिनमै सरकारका तर्फबाट योजना आयोगका सदस्य डा. यज्ञबहादुर कार्की र प्रधानमन्त्री कार्यलयका सचिव शान्तराज सुवेदीले पत्र बुझाएर अनशन तोड्न आग्रह गरेका थिए। डा. केसीले यसपटक सम्झौताको सट्टा कार्यान्वयनको अडान राखेका थिए। त्यसपछि कुनै पनि सरकारी स्तरबाट माग पूरा गर्ने प्रयास भएको छैन।

केसीनिकट चिकित्सक डा. वाइपी सिंहले सरकार माग पूरा हुँदैछ भनेर प्रोपगोन्डा मात्रै गर्न तल्लीन रहेको बताए। 'सरकार प्रोपगान्डा र बेवास्ताको बाटोमा छ,' उनले भने, 'माग पूरा गर्न काम हुँदैछ भन्ने तर के भएको छ त?'

डा. केसीले उठाएका ८ मागमध्ये सरकारले यसबीचमा पिजी निःशुल्कसम्बन्धी कार्यविधि पासगरिसकेको छ। अरू माग भने पूरा गरेको छैन। डा. केसीले माथेमा प्रतिवेदन कार्यान्वयनको प्रतिबद्धता र तत्काल सकिने सिट र शुल्कसम्बन्धी विषय कार्यान्वयनको माग गरेका छन्। ती बाहेक अधिकांश माग सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयनसँग सम्बन्धित छन्।

डा. केसीको अनशनप्रति सरकार उदासीन भए पनि विभिन्न दलका नेता एवं सामाजिक अगुवा र प्रतिनिधिले भने उनलाई भेटेर मागप्रति ऐक्यबद्धता जनाउने क्रम बढ्दै गएको छ। आइतबार पूर्वप्रधानमन्त्री एवं एमाओवादीका नेता बाबुराम भट्टराई अनशनस्थल पुगेर डा. केसीको मागमा समर्थन जनाउँदै चार दलको बैठकमा ध्यानाकर्षण गराउने प्रतिबद्धता गरे।

यसैगरी उपकुलपति सिफारिस कमिटीका सदस्यसमेत रहेका नेपाल प्रध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यय पनि अनशनस्थल पुगेका थिए। उनले आफूले कमिटीमा बसेर भागबन्डामुक्त गर्न प्रयास गरे पनि नसकेको बताए।

स्वास्थ्य थप बिग्रियो

अनशनको सातांै दिन डा. केसीको छातीको दुखाइ बढेको र महŒवपूर्ण स्वास्थ्य सूचक खतराउन्मुख देखिएको भन्दै त्रिवि शिक्षण अस्पताल प्रशासनले नै स्वास्थ्य टोली बनाएको छ। चिकित्सकहरूका अनुसार उनलाई सुतिरहेको अवस्थामा कोल्टे फर्कनसमेत कठिनाइ हुन थालेको छ।

अस्पतालले डा. दिव्यसिंह शाहको संयोजकत्वमा टोली गठन गरेको हो। आइतबार मात्रै डा. केसीको स्वास्थ्य जाँचेकी डा. शाहले शरीरको सञ्चालन र महŒवपूर्ण अंगहरूलाई काममा सहयोग गर्ने सूक्ष्म पोषक तŒव क्याल्सियम, पोटासियम घटेकाले जुनसुकै बेला आपत आइलाग्न सक्ने बताइन्। 'मुटुको चालको गडबढी, रक्तचाप कम हुने समस्या यथावत रहेको अवस्थामा जतिसुकै बेला पनि जेसुकै हुनुपर्छ,' उनले भनिन्।

केही समय बोल्न पनि नसक्ने अवस्था रहेको र पिसाबको मात्रासमेत निकै कम भइसकेको उनले जानकारी दिइन्। डा. सिंहले छ पटकसम्म गरेर ५० दिनभन्दा बढी अनशन बसिसकेकाले वृद्ध र कमजोर शरीरले अघिल्ला पटकमा जस्तो धेरै दिन साथ दिन नसक्ने बताइन्।

डा. केसीले मेडिकल माफिया प्रतिवेदन तुहाउनकै लागि ब्रिफकेस बोकेर विभिन्न निकाय एवं संस्था धाइरहेको खबर आइरहँदा सरकारको मौनता र उदासीनता झन् रहस्यमय बनेको बताए। 'यसपटक प्रतिवेदन कार्यान्वयन हुनै नदिने भनेर विज्ञप्ति नै निकालेर कलेज सञ्चालकहरू हिँडेका छन्, कार्यदलका प्रतिष्ठित सदस्यहरू पनि कराउँदैछन्,' डा. केसीले भने, 'प्रधानमन्त्रीले प्रतिवेदन कार्यान्वयनमा अनभिज्ञता जनाउँदै हिँड्नु कति लाजमर्दो कुरा हो?' उनले भने आफू सास छउन्जेल माफियाविरुद्धको लडाइँमा लागिरहने बताए।

'तीन करोड नेपालीको चिन्ता लिनुस्'

डा. केसीले प्रधानमन्त्री सुशील कोइरालाले माग पूरा गर्नुको सट्टा विद्यार्थीमार्फत अनशन तोड्न सन्देश पठाएको भन्दै जनताको स्वास्थ्यबारे चिन्ता लिन सुझाव दिएका छन्।

'मेरो स्वास्थ्यको चिन्ताले त्यसो भनेको भए किन आफैंले गठन गरेको कार्यदलको प्रतिवेदनसमेत अलपत्र छाड्नुहुन्थ्यो?' डा. केसीले भने, 'प्रधानमन्त्रीज्यू, मेरो हैन तीन करोड नेपालीको स्वास्थ्यको चिन्ता लिनुस्।'

यसअघि कोइरालाले धर्नाका लागि बालुवाटार पुगेका चिकित्साशास्त्र अध्ययन संस्थानका विद्यार्थी एवं रेजिडेन्ट चिकित्सकलाई भेटेर डा. केसीलाई ज्यानभन्दा ठूलो केही हुन्न भन्ने सन्देश पुर्या्इदिन सन्देश पठाएका थिए।

प्रधानमन्त्रीले प्रतिष्ठित व्यक्ति राखेर आफंैले बनाएको कार्यदलको प्रतिवेदनसमेत कार्यान्वयन गर्न हिम्मत नगरेको डा. केसीको भनाइ छ। 'मेरो स्वास्थ्यको चिन्ता लिएको भए किन अनशनको अवस्थामा पुर्यायउनुहुन्थ्यो र!' डा.केसीले भने, 'तीन करोड नेपालीको स्वास्थ्यका लागि मेरो ज्यानको मलाई प्रवाह छैन।' डा.केसीले कोइरालाको कार्यकालमा मात्रै आफू तीनपटकसम्म अनशनमा बस्नुपरेको भन्दै प्रधानमन्त्री माफियाको चंगुलमा फसेको आरोप लगाए।
अर्को समाचार
टिचिङका डाक्टर आन्दोलित,चार दिनदेखि आइओएममा पठनपाठन बन्द
०६ असार २०६९
•
६ मिनेट पाठ
टिचिङका डाक्टर आन्दोलित,चार दिनदेखि आइओएममा पठनपाठन बन्द
दीपक दाहाल, काठमाडौं, असार ७ -योग्यता र वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ति माग गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), टिचिङ अस्पताल महाराजगन्जका डाक्टर आन्दोलित छन्। आन्दोलनका कारण चार दिनदेखि आइओएमको पठनपाठन लगायत सबै क्रियाकलाप ठप्प छ।

माग पूरा नभए असार ११ देखि अस्पतालको सबै बहिरंग सेवा (ओपिडी) बन्द गर्ने आन्दोलनकारीले जनाएका छन्।

जेठ तेस्रो साता प्रधानमन्त्री बाबुराम भट्टराईले मापदण्ड बनाएर पदाधिकारी नियुक्त गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगन गरिए पनि त्यसअनुसार काम अगाडि नबढेको भन्दै उनीहरूले आइतबारदेखि आन्दोलन थालेका हुन्। टिचिङका वरिष्ठ चिकित्सक गोविन्द केसीले असार १० देखि आमरण अनसन बस्ने घोषणा गरेका छन्।
टिचिङ अस्पताल संघर्ष समितिले बुधबारदेखि दिउँसोको विस्तारित सेवा (पेइङ) बन्द गराएको छ। असार ८ देखि साँझको ओपिडी र ११ पछि सबै ओपिडी सेवा बन्द गर्नेे संघर्ष समितिका संयोजक तथा आइओएम प्राध्यापक संघका अध्यक्ष डा. विनोदविक्रम पोखरेलले बताए।
आइओएमअर्न्तगत मेडिसिन, नर्सिङ, सामान्य चिकित्सा, प्रयोगशाला, औषधि विज्ञान लगायत दर्जनांै विषयमा विभिन्न तहमा पढाइ हुन्छन्। आइतबारदेखि म्याद थपिएका डिन डा. अरुण साय्मी लगायत आइओएमका पदाधिकारीलाई डाक्टर तथा प्राध्यापकले बहिष्कार गर्दै आएका छन्। त्रिवि उपकुलपति लगायत पदाधिकारीले आन्दोलन तुहाउन खोजेकोले आन्दोलनका कडा कार्यक्रम ल्याउनुपरेको आन्दोलित डाक्टरले बताए।
संस्थान सञ्चालनबारे सही दृष्टिकोण भएका वरिष्ठ व्यक्तिहरूमध्येबाट प्रतिस्पर्धाका आधारमा पदाधिकारी छनोट गर्न माग गर्दै डाक्टर, नर्स र विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । पदाधिकारीको नाम सिफारिस गर्न गठित समितिकोे म्याद थप्न त्रिविले आनाकानी गरेपछि डाक्टर अझै आक्रोशित भएका छन्।

समितिले थप समय माग्दा नदिएर आन्दोलनलाई तुहाउन खोजिएकाले फेरि अनसन थाल्ने निर्णय गरेको डा. केसीले बताए। उनले जेठ १ मा अनसन सुरु गरेका थिए। विश्वविद्यालयले पदाधिकारी सिफारिस गर्न त्रिविका प्राध्यापक अरविन्दलाल भोमीको संयोजकत्वमा गठित समितिमा प्रा. नन्दीश अधिकारी र सहप्राध्यापक तारा सापकोटा सदस्य रहेको समिति गठन गरेको थियो। समिति गठनपछि केसीले अनसन स्थगित गरेका थिए।
जेठ २१ भित्र सम्भावित तीनजनाको नाम सिफारिस गर्न समितिलाई जिम्मेवारी तोकिएको थियो। झन्डै एक साताको बन्दले समयमा काम पूरा गर्न नसकिएको भन्दै समितिले जेठ १९ मा थप समय मागेको थियो। तोकिएको समयमा काम गर्न नसकेपछि आफूहरूले थप समय मागे पनि सुनुवाइ नभएको भोमीले बताए। म्याद सकिएको अवस्थामा समितिले काम गर्दा अप्ठ्यारो पर्ने उनले बताए।
आइओएमलाई राजनीतिकरणबाट मुक्त राख्न समितिले सिफारिस गरेका योग्य व्यक्तिलाई पदाधिकारी चयन गर्नुपर्ने केसीले बताए। गत वैशाख २९ मा केसीसँग प्रधानमन्त्री बाबुराम भट्टराई भेट गरी जेठ १४ सम्म अनसन नथाल्न आग्रह गरेका थिए। तर, केसीले यो संविधानमा लेख्नुपर्ने विषय होइन भन्दै अनसन बसिछाड्ने बताएका थिए। त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्री भट्टराईका तर्फबाट उपकुलपति हिराकाजी महर्जनले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा रिक्त पदाधिकारी योग्यताका आधारमा नियुक्त गर्ने लिखित प्रतिबद्धता जनाएका थिए। समितिले सिफारिस गरेको तीनमध्ये एकजनालाई विश्वविद्यालय सभाले डिनका लागि सिफारिस गरेपछि प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। डिनले सहायक डिन नियुक्तिका लागि सिफारिस गर्ने प्रावधान छ।
दुई वर्षअघि एमडीको प्रवेश परीक्षामा धाँधली भएको भन्दै डिन डा. अरुण सायमी लगायत पदाधिकारीमाथि कारबाही माग गर्दै १९ दिनसम्म अस्पताल बन्द भएको थियो। सरकारले पूर्व शिक्षासचिव जयराम गिरीको अध्यक्षतामा छानबिन समिति गठन गरेपछि अस्पताल खुलेको थियो।
सायमीले अनियमिता गरेको ठहरिए पनि उनीमाथि कारबाही गरिएन। गत भदौमा म्याद सकिएपछि फेरि सायमीलाई डिनको जिम्मेवारी दिएपछि संघर्ष समितिले आन्दोलन थालेको थियो। सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनियमितता भएको पुष्टि गरेको दुई वर्ष बितिसक्दा पनि पदाधिकारीलाई कारबाही भएको छैन। साढे चार वर्षअघि डिन लगायत पदाधिकारी राजनीतिक भागबन्डामा नियुक्त भएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस