पाल्पा- मगरात संयुक्त संघर्ष समितिले गरेको मगरात बन्दका कारण लुम्बिनी, धाैलागिरी, राप्ती र गण्डकी अञ्चलका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ। अलग्गै मगरात प्रदेशको माग र सात प्रदेश निर्माण गर्ने सहमतिको विरोधमा बन्द अाव्हान गरिएको हो। बन्दका कारण बिहानैदेखि पाल्पामा सवारी साधन गुडेका छैनन्। सदरमुकाम तानसेन बजार र शैक्षिक संस्था बन्द भयो।
जात्राका कारण मध्यान्नबाट बन्द स्थगित
पाल्पा सदरमुकाम तानसेनमा हुने राोपाईँ जात्राका कारण बन्दकर्ताले दिउसो १२ बजेदेखि बजार खुल्न दिने सहमति गरेका छन्। मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर गाहले जात्रालाई सहज बनाउन तानसेन बजार खुलाउने निर्णय गरिएको बताए। पाल्पा उद्योग बाणिज्य संघ, जात्रा व्यवस्थापन पक्ष र बन्दकर्तबीच भएको वार्तापछि बन्द स्थगित गर्ने निर्णय भएको हो।
पाल्पाका गाउँबाट रोपाईँ जात्राको समूह तानसेन बजारमा अाउन गर्छन्। बजागाजा र झाँकीसहित तानसेनबजारमा रोपाईको झल्को दिनेगरी प्रदर्शन गरिन्छ। जात्रालुहरूले रोपाहा, वाउसे, हली, गोरू, घरधनी बनेर धान रोपेको अभिनय गर्दै जात्रा देखाउँछन्। पाल्पा र अासपासका जिल्लाका गाउँबाटसमेत सर्वसाधारण जात्रा हेर्न तानसेन अाउँनेगर्छन्।
पाल्पामा मध्य भदाैदेखि सुरू जात्राहरू साउनको सुरूसम्म चल्छन्। जात्रा अवधिभर बन्द हड्ताल नगर्न स्थानीय व्यवसायी र जात्रा व्यवस्थापन पक्षले सम्बन्धित सबैलाई अाग्रह गरेका छन्।