काठमाडौं–शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले केदारभक्त माथेमा नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनमा रहेका ८५ वटा सुझाव मध्ये ७३ वटा सुझाव कार्यान्वयनकोलागि अघि बढिसकेको बताएका छन्।उनले आयोगको प्रतिवेदन राष्ट्रिय योजना आयोगका सदस्य नेतृत्वको समितिले अध्ययन गरी सुझावलाई ८५ क्याटोगेरीमा राखेर ७३ वटा तत्काल कार्यान्वयन गर्न सक्ने भनि सुझाव दिएकोले त्यसलाई तत्काल कार्यान्वयनको लागि पठाईएको बताए ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा लम्सालले कार्यदलको सुझाव मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाइएकोले बाँकी १२ वटा सुझाव कार्यान्वयन नगरेको भन्ने आरोप गलत भएको दाबी गर्दै बाँकी बुँदा कार्यान्वयनमा केही नीतिगत र कानूनी समस्या रहेकोल त्यसको कार्यान्वयनकोलागि सरकारले छलफल गरिरहेको बताए ।
'माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन र डा. गोविन्द केसीको मागको विषयमा सरकारले केही गरिरहेको छैन भन्ने कुरा गलत हो,' उनले भने,' सरकारले पहल र छलफल गरिरहेको छ । मलाई विश्वास छ कुरा मिल्छ र असहजता टुङगिन्छ । सरकारले प्रतिवेदन कार्यान्वयन गर्दिन भनेर भनेको छैन ।'
माथेमा आयोगका सदस्य समेत रहेका डा. भगवान कोइरालाले नेपालमा मेडिकल कलेजहरुको संख्या बढ्दै गएकोले बेलैमा यसलाई नियमन गर्न राष्ट्रिय चिकित्सक नीति आवश्यक ठानिएर कार्यदल बनेको भन्दै सहज अवस्थाका कारण मेडिकल कलेजहरु काठमाडौमा केन्द्रित हुँदा मुलुकमा स्वास्थ्य क्षेत्रको समानुपातिक विकास हुन नसकेकोले आफूहरुले विकेन्द्रित गर्नु पर्छ भन्ने सुझाव दिएको बताए ।
उनले चिकित्सा अध्ययनको क्षेत्रका अपारदर्शी ढंगले शुल्क लिदा समग्र क्षेत्र नै बदनाम हुने अवस्था आएकोले कार्यदलले वैज्ञानिक आधारमा ३५ लाख रुपैंया शुल्क तय गर्न सुझाव दिएको भन्दै यसले धेरै लामो समयसम्म सञ्चालन गर्दा पूँजिगत खर्च कम हुने हुँदा निजी मेडिकल कलेज नाफामा नै जाने गरी तथ्याङकको अवलोकन गरिएको दावी गरे ।
'विद्यार्थीकै शुल्क लिएर भौतिक र शैक्षिक संरचना विकास गर्छु भनेर लागेकाहरुलाई समस्या पुग्ला तर दिर्घकालीन पूँजिगत हिसावमा यो व्यवस्थाले घाटा हुँदैन,' उनले भने,'सरकार भित्र पनि शुल्क बजारले निर्धारण गर्नु पर्छ भन्ने मान्यता छ । तर डाक्टर पढाउने कुरा सावुन चिनि बिक्री गरे जस्तो होईन । यो ब्यवस्थाले निजी क्षेत्रको लगानी डुब्छ जस्तो मलाई लाग्दैन ।'
कोइरालाले नेपालमा फ्याकल्टी अभाव रहेको र सबै मेडिकल कलेजले मेडिकल काउन्सिलको मापदण्ड पुरा गर्न नसकेको उल्लेख गर्दै अझै १२ वटा क्याम्पस थपिए यसले मुलुकको चिकित्सा शिक्षालाई धारासायी बनाउने चेतावनी दिए।