दबाब दिन रिले अनशन
१४ भदौ २०७२
•
८ मिनेट पाठ
दबाब दिन रिले अनशन
काठमाडौं- आमरण अनशनरत शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीका माग पूरा गर्न सरकारले तत्परता नदेखाएको भन्दै रेजिडेन्ट चिकित्सकले सुरु गरेको ओपिडी सेवा बहिष्कारमा वरिष्ठ चिकित्सकले समेत साथ दिने भएका छन्।

सोमबार ३ सयभन्दा बढी रेजिडेन्ट ओपिडीमा नगएपछि अस्पतालका वरिष्ठ चिकित्सकको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन र प्राध्यापक संघले पनि आन्दोलनमा उत्रने निर्णय गरेका हुन्।

अस्पतालका वरिष्ठ चिकित्सक, रेजिडेन्ट र विद्यार्थीसहित विभिन्न विधा र विषयका विद्यार्थी तथा शिक्षकको भेलाले डा. केसीको स्वास्थ्य अवस्थालाई ख्याल गरेर आन्दोलन चर्काउँदै लाने निर्णय गरिएको एसोसिएसनका अध्यक्ष डा. रामचन्द्र सापकोटाले जानकारी दिए।

भेलामा त्रिवि प्राध्यापक संघ आइओएम इकाइ अध्यक्ष डा. सुरेश उप्रेती, फ्याकल्टी डक्टर्स एसोसिएसनका अध्यक्ष डा. रमेश आचार्यसमेत उपस्थित थिए।

भेलालगत्तै प्राध्यापक संघले विज्ञप्ति जारी गरेर मंगलबार रेजिडेन्टले छाडे पनि सेवालाई निरन्तरता दिने र त्यसपछि अवस्था हेरेर थप कार्यक्रममा जाने जनाएको छ। 'मंगलबार वरिष्ठ चिकित्सकको सेवा पनि आंशिक हुन्छ, माग पूरा नभए बुधबारदेखि वरिष्ठहरूले पनि काम गर्न सक्ने अवस्था रहँदैन,' डा. वाइपी सिंहले भने।

भेलामा मंगलबारसम्म वार्ता सकारात्मक रूपमा अगाडि नबढे चिकित्सकहरूले सामूहिक राजीनामा दिने सहमति भएको छ। सेवा बन्द गर्दा अदालतको अवहेलना हुने भएकाले उनीहरूले राजीनामाको तयारी गरेका हुन्।

रेजिडेन्ट चिकित्सक सोमबार अपरान्हदेखि आकस्मिकबाहेकका सेवा नखटिँदा अस्पतालका अधिकांश सेवा प्रभावित भए। रेजिडेन्ट चिकित्सकले काम रोकेपछि ओपिडी, अन्तरंग र शल्यक्रिया लगायतका सेवा प्रभावित भएका हुन्।

उनीहरूले दिनभर अस्पताल प्रांगणमा रिले अनशन गरेका थिए। अनशनमा विद्यार्थी, बिरामी कुरुवा र अन्य सर्वसाधारणले समेत साथ दिएका थिए।

डा. केसीले माथेमा प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका आठसूत्रीय माग राखे पनि सरकार माग पूरा गर्न सकारात्मक देखिएको छैन। शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले भित्रभित्रै माग पूरा गर्ने तयारी भइरहेको जनाउँदै त्यसको ठोस नतिजा आइनसकेको बताए। 'प्रतिवेदनका १२ वटाबाहेक सबै सुझाव लागू हुने प्रक्रियामा छन्,' उनले भने, 'बाँकी सुझाव पनि पन्छाएको भनेर बुझ्न हुँदैन।'

डा. केसीको रक्तचाप कम

अनशनको आठौं दिन डा. केसीको रक्तचाप निकै कम भएको छ। उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा. दिव्यसिंह शाहका अनुसार शरीरमा पोटासियम र सोडियमको मात्रा निकै कम भएको छ। 'हिजोसम्म छातीको दुखाइ मात्रै थियो, अहिले रक्तचाप कम हुने, रिंगटा लाग्नेसमेत सुरु भएको छ,' उनले भनिन्, 'जसका कारण डा. केसीलाई बोल्न, उठ्न निकै अप्ठेरो पर्न थालेको छ।'

अनशनको तेस्रो दिन सुरु भएको पिसाबमा एसिटोन पोजेटिभ देखिने समस्या झन् बढ्दै गएको छ। 'तेस्रो दिनदेखि नै स्लाइन दिन थालिए पनि नर्मल स्लाइन मात्रै भएकाले त्यसले शरीरका महत्वपूर्ण अंग सञ्चालनमा आवश्यक सूक्ष्म पोषक तत्व हुँदैनन्,' डा. शाहले भनिन्, 'अब हामीलाई माग पूरा गर्नका लागि स्वास्थ्यले केही घन्टा मात्रै साथ दिन सक्छ।'

डुब्छु भनेर डराउनले किन कलेज खोलेको?

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले केही मेडिकल कलेज सञ्चालकको स्वार्थमा सरकार चिकित्सा शिक्षा नीति बनाउनबाट पछाडि हटेको बताएका छन्।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले सरकारले चिकित्सा शिक्षामा आमूल सुधारको कुरा उठिरहेका बेला कलेज डुब्छन् भनेर डराउन नहुने बताए। 'अहिले सबैभन्दा बढी विवाद ३५ लाख शुल्क तोक्ने र सिट संख्या सय गर्ने विषयमा भएको छ,' उनले भने, 'कलेजहरूले ३५ लाख नभए डुबिहाल्ने भनिरहेका छन्। पैसा नहुनेले खर्च धान्न नसक्नेले अर्बाै हालेर किन कलेज खोलेको त?'

उनले कलेज सञ्चालकले थोरै लगानीमा विद्यार्थीबाट अकुत शुल्क लिँदै कमाउँदै विकास गर्दै जाने सोच लिएकाले यो अवस्था आएको बताए।

डा. झाले अभिभावकले अहिले महँगा स्कुलमा छोराछोरी पढाउँदा पनि एउटै कक्षामा धेरै विद्यार्थी भए ध्यान पुगेन भनेर स्कुल फेर्ने गरेको भन्दै चिकित्सक उत्पादन गर्दा एउटै कोठामा १ सय ५० विद्यार्थी राख्न नहुने बताए। 'अहिले कतिवटा कलेजले १ सय ५० विद्यार्थी पाएका छन् र तिनीहरूले कहिलेदेखि यो नम्बर पाएका हुन्?' उनले भने, 'योभन्दा कम विद्यार्थी कसरी चलाएका थिए त?'

उनले नेपालका नेताहरूले मेडिकल कलेजको उत्पादन गुणस्तरीय भएको भन्दै माथेमा प्रतिवेदनलाई पन्छाइरहेको आरोप लगाए। 'आफू बिरामी हुँदा सीमापारि हिँडिहाल्ने अनि आम नेपालीले पाउने सेवा गुणस्तरीय छ भन्ने?' झाले भने।

उनले गुणस्तरका लागि काठमाडौंका चोकचोकमा मेडिकल भए अब उपत्यकाबाहिर लानुपर्छ भन्दा नदिने नेताहरू संघीयता पक्षधर हुन नसक्ने जिकिरसमेत गरे। उनले पछिल्ला दिनमा डा. केसीको अनशनमा ध्यान नदिनुको कारण तराईमा जारी आन्दोलनलाई बनाएकोमा समेत आपत्ति जनाए। उनले डा. केसीको अनशन कहिले टुंगिन्छ भन्ने कुरा मिडियाले दिने दबाबमा भर पर्ने बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस