काठमाडौं- वैशाख १२ को भूकम्पमा काठमाडौं उपत्यकामा घरपर्खाल भत्केर भएको जनधनको क्षतिपछि सरकारको कार्यालय रहेको सिंहदरबारकै पर्खाल निर्माणमा नयाँ मापदण्डको बेबास्ता गरिएको छ।
भूकम्पले भत्काएका पर्खाल पुरानै अवस्थामा पुनर्निर्माण गरिएपछि निर्माणसम्बन्धी नयाँ मापदण्डविपरित भएको हो। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार वरिपरिको पर्खाल पुरानै तरिकामा पुनर्निर्माण गरिएपछि काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण गर्न आग्रह समेत गरेको छ।
बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन २०७२ अनुसार बढीमा ४ फिट उचाइका पर्खाल हुनुपर्ने र त्यसमाथि बढीमा ३ फिट जाली राख्न सकिने व्यवस्था छ। तर सिंहदरबारको पर्खाल ९ फिट अग्लो छ। राज्य सञ्चालनका नीतिनियम बनाउने मन्त्रालयलगायत अन्य प्रमुख सरकारी निकाय रहेकै कार्यालय परिसरको पर्खाल नीतिनियम विपरित देखिएको महानगरले जनाएको छ।
सिंहदरबार सचिवालय पुनर्निर्माण समितीले सिंहदरबारको दक्षिण, उत्तर र पूर्वमा भत्केका पर्खाल पुरानै अवस्थामा निर्माण गरेपछि नयाँ मापदण्ड उल्लंघन भएको महानगर प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए।
'देशको कानुन बनाउने कार्यालयहरूले नै मापदण्ड विपरित काम गर्छन् भने हामीले नागरिकलाई के का आधारमा पर्खाल निर्माण गर्न सल्लाह दिने?' उनले प्रश्न गरे।
'महानगरपालिकाको इजाजतबिनै यसरी मापदण्ड पालन नगरी पर्खाल निर्माण गर्दा सर्वसाधारणमाझ नियम लागू गराउन पक्कै समस्या पर्छ,' तामाङ भने, 'महानगरभित्र निर्माण गरिने भवन तथा पर्खाल निर्माणमा महानगरपालिकाको अनुमति लिनुपर्ने स्थानीय स्वायत्त शासन ऐन २०५५ मै व्यवस्था छ।'
पर्खाल निर्माणबारे महानगरपालिकाले जानकारी पाएपछि भदौ ७ गते नै नयाँ मापदण्ड अनुसार निर्माण गर्न अनुरोध गरिसकेको छ। तर समितिले भने संवेदनशील क्षेत्र भएकाले अग्लो बनाएको प्रतिक्रिया पठायो।
'भूकम्पले केही क्षेत्रका पर्खाल भत्केपछि पुरानै अवस्थामा पुनर्निर्माण गरिएको हो,' समितिका प्रशासकिय अधिकृत रामप्रसाद बेल्बासेले भने, 'सिंहदरबार सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र हो। त्यसैले त्यहाँ मापदण्ड लागू नहुन सक्छ।' कानुनी व्यवस्थाबारे भने थाहा नभएको उनले बताए।
पर्खाल भूकम्प प्रतिरोधि नभएका कारण केही ठाउँ भत्किएको उनले बताए। पहिलेको तुलनामा पुनर्निर्माणपछि पर्खाल बलियो बनेको उनले दाबी गरे।
सरकारले पुनर्निर्माणलाई ध्यान दिँदै साउन २९ गते यस्ता पर्खालको अधिकतम उचाइ ४ फिट तोकेको थियो। यसभन्दा अग्लो बनाउनुपर्ने भए बढीमा ३ फिट अग्लो जाली राख्न सकिने मापदण्डमा उल्लेख छ।
साथै मार्गदर्शनमा पर्खालको समेत अनिवार्य नक्सा पास गराउनु पर्ने, जग्गा जमिन संरक्षणका लागि बिरुवा लगाउन सकिने र जोखिमपूर्ण पर्खाल तत्काल भत्काउनुपर्ने व्यवस्था छ।
पर्खाल मात्र होइन सिंहदरबारभित्र निर्मित कतिपय नयाँ भवनसमेत महानगरपालिकाबाट नक्सा पास गरिएका छैनन्। सिंहदरबारको २०३८ सालको गुरुयोजना अनुसार निर्माण भएका कारण नक्सा पास नगरिएको बेल्बासेले बताए।
'गुरुयोजनामा भएका कारण नक्सा पास भएनन्,' उनले दाबी गरे, 'नक्सा पास नभए पनि नगरपालिकाको मापदण्डभन्दा स्तरीय भवन निर्माण भएका छन्।' सिंहदरबार परिसरमा २४ वटा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायत धेरै सरकारी कार्यालय छन्।