प्रहरी–सशस्त्र किन सँगसँगै?
१५ भदौ २०७२
•
८ मिनेट पाठ
प्रहरी–सशस्त्र किन सँगसँगै?
काठमाडौं-वीरगन्जमा प्रहरी र प्रदर्शनकारीबीच झडपमा चार जना मारिए। लगत्तै स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना सडकमा उतार्योर। कैलाली, टीकापुरमा सेना खटाइँदा पनि वीरगन्जको भन्दा फरक अवस्था थिएन।थरुहट स्वायत्त प्रदेश माग गर्दै सुरु भएको हिंस्रक प्रदर्शनमा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी, एक नाबालक मारिए।




लगत्तै गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार कैलालीलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी टीकापुरमा सेना परिचालन गरियो।

संघीय संरचनासहितको संविधान खाका सार्वजनिक भएलगत्तै त्यसको विरोधमा विभिन्न जिल्लामा आन्दोलन सुरु भएपछि अहिले कैलाली, दाङ, रौतहट र पर्सा दंगाग्रस्त जिल्ला हुन्।

यी चारै जिल्लामा प्रहरीले अवस्था नियन्त्रणमा लिन नसक्ने भन्दै गृहले दंगाग्रस्त क्षेत्र घोषणा गर्योप र सेना खटियो। स्थानीय प्रशासन ऐनअनुसार सुरक्षा अवस्था काबुमा लिन सुरुमा प्रहरी खटाइन्छ। त्यतिले नपुगे सशस्त्र बल खटाइन्छ। सशस्त्रले पनि अवस्था नियन्त्रणमा लिन नसके सेनाको पालो आउँछ। तर, अहिले त्यस्तो भएन। प्रदर्शन नियन्त्रणमा यी दुवै संगठन एकैपटक असफल भए र स्थानीय प्रशासनले सीधै सेना खटायो।

आखिर कसरी प्रदर्शन नियन्त्रणमा दुई भिन्न प्रकृतिका संगठन एकैपटक असफल भए त?

गृहले टेकेको स्थानीय प्रशासन ऐनको दफा ६ को उपदफा २ अनुसार 'आफ्नो क्षेत्रको कुनै ठाउँमा गम्भीर अशान्ति भएको छ वा हुनसक्ने सम्भावना छ र अशान्ति रोक्न प्रहरीको मद्दतबाट मात्र सम्भव छैन भन्ने प्रमुख जिल्ला अधिकारीलाई लागेमा कारण र आधार खुलाएर अवस्थाअनुसार नजिकको सशस्त्र प्रहरी वा सेनाको मद्दत लिन सक्ने' प्रावधान छ।

ऐनको सोही दफाअनुसार विरोध प्रदर्शन नियन्त्रणमा प्रहरीझैं सिधै सशस्त्र प्रहरी परिचालित हुँदैनन्। अवस्था प्रहरीको काबुबाहिर गएको अवस्थामा मात्रै सशस्त्र सहयोगका लागी खटिन सक्छ।

उपदफामा उल्लेख भएअनुसार कुनै क्षेत्रमा प्रदर्शन भए सुरुमा प्रहरी खटिने, अवस्था अनुसार काबुबाहिर जान नदिन उसले चेतावनी दिने, पानीको फोहोरा हान्ने, लाठीचार्ज गर्ने, टियरग्यास हान्ने र आवश्यक परे गोलीसमेत हान्न सक्ने प्रावधान छ। प्रहरी एक्लैले यी सबै चरण पार गर्दासमेत अवस्था नियन्त्रणमा नआए बल्ल विकल्पमा सशस्त्र परिचालित हुनसक्छ।

तर, गृहले अर्धसैनिक बल सशस्त्रलाई प्रहरीको सहयोगी संगठनका रुपमा नराखी एकैपटक सँगै खटाउँदै आएको छ। अहिले विरोध प्रदर्शन भइरहेका जिल्लामा विरोध प्रदर्शन नियन्त्रणका लागि एकैपटक दुवै संगठन खटिएका छन्। पहिलो घेरामा नेपाल प्रहरी छन्, लगत्तै दोस्रो घेरामा सशस्त्र।

दुवै संगठनका सदस्य एकैपटक एकै स्थानमा एकै प्रकृतिको काममा खटिँदा अवस्था काबुबाहिर गए दुवै संगठन असफल हुने जोखिम हुन्छ।

सशस्त्रको कार्यक्षेत्र, उसको परिचालनसम्बन्धी प्रक्रिया र प्रावधान मिच्दै गृह प्रशासनले प्रहरीझैं परिचालन गर्दा सामान्य अवस्थामा यसका नकारात्मक पाटा लुके, दुई भिन्न संगठनलाई समान काममा एकैपटक खटाउँदाको खराब नतिजा आन्दोलन नियन्त्रणमा निस्कियो।

'भिन्न प्रकृतिका दुई संगठनलाई एकैपटक, एकै स्थानमा खटाइएको अवस्थामा स्थिति काबुबाहिर गए दुवै संगठन एकैसाथ असफल हुन्छन्,' एक सुरक्षा अधिकारीले भने, 'एकैसाथ अवस्था प्रहरी र अर्धसैनिक बल सशस्त्रको काबुबाहिर गएपछि सेनाको सहयोग माग्नुको विकल्प राज्यसँग हुँदैन, अहिले त्यही भएको हो।'

गृहका अधिकारी भने सुरक्षा संगठनको स्वरुपअनुसार प्रहरी र अर्धसैनिक बल परिचालनमा भएको त्रुटि स्विकार्न मान्दैनन्। कैलाली, टीकापुरमा सेना खटाउने निर्णयको विरोध भएपछि ११ गते प्रस्टीकरण दिँदै गृहले निकालेको विज्ञप्तिमा स्थानीय प्रशासन ऐनको दफा ६ को उपदफा २ अनुसार सेनाको सहयोग लिइएको जनाइए पनि विज्ञप्तिमा प्रहरीले नसकेको अवस्थामा सशस्त्र वा सेना भन्ने प्रसंग उल्लेख गरिएन।

'सुरक्षाकर्मीको नृशंस हत्या गर्ने, सरकारी र सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य गरी राष्ट्रको अखण्डतालाई खतरा पुर्यारउने किसिमका गतिविधि नियन्त्रण गर्न सेनाको सहयोग लिइएको' विज्ञप्तिमा उल्लेख थियो।

गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालले पनि विज्ञप्तिकै शैलीमा कानुनअनुसार सबै अवस्था पार भएपछि शान्ति सुरक्षा कायम गर्न सेनाको सहयोग लिइएको नागरिकसँग बताएका थिए।

प्रदर्शनस्थलको सुरक्षा संवेदनशीलताका आधारमा निषेधित क्षेत्र घोषणा, त्यसले नपुगेर कर्फ्यु लगाइएको तर यी सबै गर्दा पनि हिंसा भड्कने अवस्था देखिएकाले सुरुमा सशस्त्र र त्यसले पनि नथेगेर सेनाको सहयोग मागिएको ढकालको दाबी छ।

प्रहरी प्रवक्ता कमलसिंह बम कुन सुरक्षा संगठनलाई कुन बेला, कसरी परिचालन गर्ने भन्ने निर्णय जिल्ला सुरक्षा समितिले गर्ने र त्यहीअनुसार सुरक्षा परिचालन भएको बताउँछन्। 'कुन संगठन, कुन बेला, कसरी खटाइन्छ, त्यो विषय जिम्मेवार निकायको निर्णयमा भर पर्ने विषय हो,' बमले भने, 'अहिले प्रहरी सोहीअनुसार आफ्नो जिम्मेवारीमा खटिएको छ।'

सशस्त्र प्रहरी बलका प्रवक्ता पुष्पराम केसी भने अक्षरशः कानुन हेर्दा भने बीचमा केही 'ग्याप' देखिएको स्विकार्छन्। दुवै संगठन सँगै खटिँदा प्रदर्शन नियन्त्रण असफल भएको उनले बताए।

'सिद्धान्ततः प्रहरीले नसकेको अवस्थामा सशस्त्र जाने हो,' केसीले नागरिकसँग भने, 'जनशक्ति अभाव, कार्यस्थल अवस्थाका आधारमा कहिले प्रहरीसँगै त कहिले एक्लै पनि खटिँदा त्यस्तो नतिजा देखियो।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस