काठमाडौं-सरकारले कानुनी मान्यता नदिँदै सरोगेसी सेवा सञ्चालनमा विवादित ग्रान्डी अस्पतालले त्यससम्बन्धी सूचना चुहाएको आरोपमा एक जना भारतीय चिकित्सकलाई सेवाबाट हटाएको छ।
आइभिएफ सेवाका लागि सम्झौता गरे पनि डक्टर रिता बक्सीले सामाजिक सञ्जाल फेसबुक र वेभसाइटमा सरोगेसी सेवाको प्रचारप्रचार गरेको आरोपमा अस्पतालले बक्सीको सेवासम्झौता नै रद्द गरेको जनाएको छ। आइभिएफ सेवाका लागि भारतको इब्रियो हेल्थ प्रालिकी चिकित्सक बक्सीसँगको सम्झौता अस्पतालले रद्द गर्दै सेवाबाट हटाएको जनाएको छ। अस्पतालले गत माघमा इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) सेवा सुरु गरेको थियो।
अस्पतालका मेडिकल डाइरेक्टर डक्टर चक्रराज पाण्डेले बक्सी कार्यरत कम्पनी र अस्पतालबीच भएको सम्झौता रद्द भएको पुष्टि गरे। ग्रान्डी अस्पतालले हालसम्म सरोगेसी सेवा नभएर सरोगेट महिलाका लागि सुत्केरी सेवा दिइरहेको समेत पाण्डेले स्वीकारे। यसअघि अस्पताल प्रशासनले डक्टर बक्सीसँग पहिलोपटक साउन २२ मा स्पष्टिकरण सोधेको थियो।
सर्वोच्च अदालतले सरोगेसी सेवा रोक्न अन्तरीम आदेश दिएलगत्तै अस्पतालले बक्सीलाई सेवाबाटै हटाएको हो। बक्सीलाई सेवाबाट हटाइएको पत्रमा 'नेपालमा अदालत नै संलग्न भइसकेकोले हामी आइभिएफ सेवा निकट भविष्यमै सुरु गर्नसमेत असमर्थ भएका छौं। यो अवस्थामा हामी तपाईंसँग अस्पतालको नाम तपाईंका सबै कागजपत्र, भौचरलगायत र वेभसाइटबाट हटाइदिन समेत अनुरोध गर्दछौं। हामी नेपालमा नीति र कानुन स्पष्ट भएपछि तपाईंसँग काम गर्न पाउँदा खुसी हुनेछौं' उल्लेख छ।
पाण्डेका अनुसार बक्सीको इब्रियो हेल्थ प्रालि र ग्रान्डीबीच २०१५ जनवरी २८ मा आइभिएफ सेवाका लागि सहमति भएको थियो। पाण्डेले डक्टर बक्सीमातहत अस्पतालको आइभिएफ सञ्चालनको मात्र सम्झौता भएको जनाए। अहिले सरोगेसी विवादमा मुछिएपछि छानबिन गर्दा अस्पतालले सरोगेसी सेवा दिने आसयको विज्ञापन बक्सीबाट भइरहेको पाएपछि सम्झौता रद्द गरिएको पाण्डेले बताए।
बक्सीले 'सरोगेसी नेपाल' नामको वेबसाइटसमेत खोलेकी छन्। बक्सीको फेसबुक पेजमा पनि सरोगेसीसम्बन्धी विज्ञापन छ। अन्य अस्पतालले समेत भारतीय दलाल र चिकित्सक नै भिœयाएर सरोगेसी सेवा दिइरहेका छन्।
उच्च स्रोतका अनुसार बक्सीले भारतमा सरोगेसीमा रोक लागेपछि पुरानो सम्पर्क उपयोग गरेर आइभिएफ गराई प्रसूतिका लागि ग्रान्डीमा ल्याउने गरेकी थिइन्। तर सरोगेसी विवादमा मुछिएपछि अस्पतालले आइभिएफ सेवा नै स्थगित गरेको छ। अस्पतालले केही नेपाली डक्टरलाई तालिमका लागि पठाएको भन्दै उनीहरू फर्कनासाथ आइभिएफ सेवा भने सुचारु गर्ने जनाएको छ।
अस्पतालले स्वास्थ्य महाशाखा टेकुसँग २०७१ चैत्रम आइभिएफ सेवा सञ्चालनसम्बन्धी कानूनी व्यवस्थाबारे जानकारी मागेको थियो। महाशाखाले कुनै जवाफ नदिए पनि आइभिएफ सेवा सुरु गरेको अस्पताल प्रशासन महाशाखाले जनायो।
मन्त्रिपरिषद्ले विदेशीलाई सेवा दिन स्वास्थ्य मन्त्रालयबाट तयार पारिएको सरोगेसीसम्बन्धी मापदण्ड कार्यविधि २०७१ असोज २ गते पारित गरेको थियो।
ग्रान्डी अस्पताल, ओम अस्पताल, भेनस अस्पताल र डा. रुप ज्योतिले सञ्चालन गरेको जमलस्थित ग्रान्डीसिटी क्लिनिक पछिल्लो समय सरोगेसी विवादमा मुछिएका थिए। ठूलो लगानीमा स्थापित ग्रान्डी अस्पतालका सञ्चालकमध्ये डा. रुप ज्योति पनि एक हुन्। डक्टर पाण्डेले कानुनी प्रक्रिया पूरा गरेरै ग्रान्डीमा आइभिएफ सेवा सुरु गरेको भन्दै पछिल्लो समय सरोगेसीका लागि पूर्वाधार तयार पारे पनि सेवा सुरु नगरेको बताए।
उनले पछिल्लोपटक सरोगेसीसम्बन्धमा दायर मुद्दामा समेत ग्रान्डीलाई विपक्षी नबनाएइको भन्दै ग्रान्डीले मानवीय दृष्टिकोणबाट सरोगेट आमालाई प्रसूति सेवा दिएको र दिइरहने बताए। 'सरोगेट आमाका लागि प्रसूति सेवा नदिन सरकारले हामीलाई पत्राचार गरे मात्र हामी उनीहरूलाई प्रसूति सेवा दिँदैनौं,' उनले भने, 'अन्यथा प्रसूतिका लागि आएका महिलालाई मानवीय हिसाबले समेत फर्काउन मिल्दैन।'
डक्टर पाण्डेले अस्पताललाई मुख्य सचिवले सेवा सञ्चालन गरेकोमा शुभकामना दिएको र त्यसको दुरुपयोग भएको विवादबारे भने अनभिज्ञता प्रकट गरे। उनले यसबारे सार्वजनिक भएपछि आफूले २०७२ साउन २४ मा पत्र लेखि मुख्य सचिवसँग जानकारी माग्दा स्पष्ट जवाफ नआएको बताए। 'संस्थागत रुपमा ग्रान्डीमा कसैले शुभकामना पत्र बुझेको देखिन्न र पत्र हामीसँग छैन पनि,' उनले भने। डक्टर पाण्डेले कानुनी मान्यता नपाए सरोगेसी सेवा दिने अस्पतालको योजना नरहेको दाबी गरे।
तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले सन् २०१४ जनवरीमा अस्पतालले विदेशी आमा ल्याएर सरोगेसी सेवा दिन लागेकोमा २०७० पुस ३ मा शुभकामना दिएको सार्वजनिक भएको थियो। त्यसबेला अस्पतालले आइभिएफ सेवा सञ्चालन अनुमति समेत पाएको थिएन।
यसबारे खुलासा भएपछि पौडेलले स्वास्थ्य सचिवलाई पत्र लेखी विज्ञापनका रुपमा प्रयोग गरेको भन्दै शुभकामना पत्र जफत गर्न चलानी नं ०७२/७३/३७७ को पत्रमार्फत् निर्देशन दिएका थिए। ग्रान्डीले आफ्नो नाममा शुभकामना पत्र आएको जानकारी पाएपछि सोधखोज गर्दा पत्र जफत गर्न आदेश आएको जनाएको छ। पौडेलले उक्त पत्रमा देशका एक प्रतिष्ठित व्यापारीको अनुरोधमा आफूले शुभकामना दिएको स्वीकारेका छन्।
ग्रान्डी स्रोतले सञ्चालक डा. रुप ज्योतिले जमलमा सरोगेसीकै लागि जमलमा ग्रान्डीसिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर सञ्चालन गर्नुअघि अनौपचारिक रुपमा शुभकामना पत्र बुझेको जानकारी पाएको बतायो। ज्योतिले कान्तिपथमा क्लिनिक स्थापनापछि स्वास्थ्य मन्त्रालयबाट गैरकानुनी सेवाका लागि २०७१ असोज २८ मा सञ्चालन स्वीकृतिको पत्र लिएका थिए।
सरोगेसीसँग असम्बन्धित कर्मचारी प्रशासन महाशाखाका सहसचिव केदार बोगटीले ज्योतिलाई पत्र दिएलगत्तै सरोगेसीसम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति दिने मन्त्रिपरिषद्को निर्णयसम्बन्धी फाइलसमेत स्वास्थ्य मन्त्रालयबाट गायब पारिएको थियो। मन्त्रालयले पत्रबारे छानबिन भैरहेको जनाएको छ।
उक्त पत्रका आधारमा विभिन्न अस्पतालले प्रसूतिलगायत सरोगेसी सेवा दिइरहेका छन्। ती अस्पतालले सरोगेसीका लागि बच्चा चाहने दम्पति, सरोगेट आमा खोज्ने र उनीहरूलाई सेन्टर नै स्थापना गरेर सेवा दिने काम दलालमार्फत् गरिरहेका छन्।