चितवन–पौडी खेल्दा डुबेर चितवनमा बुधबार तीन जानको ज्यान गएको छ। चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार खैरहनी नगरपालिका–२ को लदरा खोलामा पौडीदै गरेका सुनिया खातुन, सहवाद आलम र आयुसा खातुनको ज्यान गएको हो।प्रहरीका अनुसार १४ वर्षीया आयुसा खैरहनी नगरपालिका–८ की हुन् भने १३ वर्षीया सुनिया भरतपुर १० र १७ वर्षीय सहवाद आलम भरतपुर १२ का हुन् । सुनिया र सहवाद खैरहनी आफन्तको घरमा गएका बेलामा पौडी खेल्न खोलामा गएको चितवन जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन अधिकारीले बताए ।
'पौडी खेल्दै गर्दा भुँमरी भएको ठाउँमा पुगेछन् र डुबेका रहेछन् । स्थानीयले उद्धार गरेर उपचारका लागि ल्याउँदै गर्दा उनीहरुको निधन भएको हो,' डिएसपी अधिकारीले भने ।
'पौडी खेल्दै गर्दा भुँमरी भएको ठाउँमा पुगेछन् र डुबेका रहेछन् । स्थानीयले उद्धार गरेर उपचारका लागि ल्याउँदै गर्दा उनीहरुको निधन भएको हो,' डिएसपी अधिकारीले भने ।