जिल्ला हुलाक कार्यालय ताप्लेजुङले करिब तीन महिनाको अवधिमा ८३ वटा राहदानी घर–घरमै पुर्याएर सेवा दिएको छ।
जिल्ला हुलाक कार्यालयका खरिदार विकास लिम्बूका अनुसार ४० वटा जिल्ला भित्रका र ४३ वटा यहाँ घर भई अन्यत्र बसोबास गरिरहेका व्यक्तिहरूको राहदानी हुलाक सेवामार्फत घर–घरमै पुर्याएको हो।
जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी राजकुमार आलेका अनुसार अहिले हुलाक कार्यालयमार्फत स्वास्थ्य कार्यालयको औषधि समेत ढुवानी कार्यालयमै पुर्याउने सेवा सुरु गरिएको छ।
जिल्ला हुलाक कार्यालयले बिक्री सेवामार्फत ४ लाख २६ हजार ९ सय ५८ रुपैयाँ संकलन गरेको छ। हुलाक कार्यालयका सूचना अधिकारी आलेका अनुसार यसमध्ये टिकट बिक्रीमार्फत ३ लाख २४ हजार २ सय ४८ रुपैयाँ, रजिष्ट्री पत्र अनलाइन दर्ता(पिआईटीएस)गरेबापत ९६ हजार ९ सय ३६ रुपैयाँ र भन्सार शुल्कबापत ५ हजार ७ सय ७४ रुपैयाँ असुली भएको छ।
यहाँका ९ मध्ये सदरमुकाम रहेको फुङलिङ नगरपालिका बाहेक अरु ८ गाउँपालिकाका सबैमा अहिले पालिका स्तरीय हुलाक कार्यालय रहेको छ। पालिका स्तरीय हुलाक कार्यालयले पिआईटीएस सहितका सुविधा प्रदान गर्दै आइरहेका छन्।