काठमाडौं- मेडिकल शिक्षा नीति कार्यदलका संयोजक एवं त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा बुधबार सांसदहरुका विचार सुनेर छक्क परे।संसदको महिला, बालबालिका तथा समाजकल्याण समितिमा आफूले दिएको प्रतिवेदनबारे सभासदहरुका विचार सुनिरहेका माथेमा जंगिए, 'मलाई त यहाँबाट कहिले हिँडुजस्तो लाग्यो, यो संसद हो कि चेम्बर अफ कमर्स?'
प्रतिवेदनमा बोल्ने आधाजसो सभासदले त्यसको कार्यान्वयन रोक्ने विचार राखेपछि माथेमा आक्रोशित बनेका थिए।
उनले चिकित्सा शिक्षालाई अन्य विषयसँग तुलना गर्नै नहुने भन्दै यसलाई विशेष ढंगले सोच्नुपर्ने बताए। 'एउटा नर्सले सातपटक घोच्दा पनि सियो पसाउन सकेन भने के हुन्छ?' उनको प्रश्न छ।
माथेमाले सुधार 'पेनफुल' हुने भन्दै आफूहरुले व्यक्तिगत स्वार्थ राखेर प्रतिवेदन नदिएको बताए।
समितिमा भएको माथेमा कार्यदलका सदस्यहरुसँग अन्तर्क्रियामा बुधबार अधिकांश सभासदले नयाँ कलेजलाई सम्बन्धन रोक्न नहुने विचार राखेका थिए।
उनीहरुले माथेमा प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन हुनुपर्छ भन्ने हठ कसैले राख्न नहुने टिप्पणी गरेका थिए।
कार्यदलका सदस्यतर्फबाट डा. भगवान कोइरालाले प्रतिवेदनको सार बताएका थिए। त्यसमाथि बोल्ने १५ मध्ये आधा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सभासद थिए। त्यसमा पनि अधिकांश मनमोहन मेडिकल कलेजका लगानीकर्ता हुन्।
एमाओवादी सभासद अग्नि सापकोटाले प्रतिवेदन निकै सकारात्मक रहेको भन्दै यसलाई कार्यान्वयन गर्न सरकारले इच्छाशक्ति देखाउनुपर्ने बताएका थिए। उनले समर्थन जनाएपछि दोस्रो टिप्पणीकर्ताका रुपमा आएका एमाले सभासद गणेशमान गुरुङले 'मनसायपत्र पाएर पूर्वाधार बनाएकालाई सम्बन्धन नदिँदा अन्याय हुने' विचार राखे।
मनमोहन कलेजका अध्यक्ष रहेका सभासद राजेन्द्र पाण्डेले माथेमा प्रतिवेदनलाई सरकारले ग्रहण गर्न पनि सक्ने र नगर्न पनि सक्ने विचार राखे। माथेमा प्रतिवेदनले हाल १ सय ५० सिट दिएकालाई सय सिटमा झार्ने सुझाव उपयुक्त नभएको जिकिर गरे। उनले आफ्नो लगानी रहेको मनमोहनलाई चार वटा चक्का हालिदिए अर्को ठाउँमा सार्न आफू तयार रहेको बताएका थिए।
सभासद उमेश श्रेष्ठले सरकारले निजी क्षेत्रको भूमिकालाई कमजोर आँकेको भन्दै पूर्वाधार पूरा गरेका कलेजलाई सम्बन्धन दिनुपर्ने दोहोर्याेए। एमाले सभासद श्रीमाया थकालीले आफ्नो पनि मनमोहनमा सेयर रहेको भन्दै नाफा कमाउनभन्दा बिरामी पर्दा गएर सुत्ने ठाउँ होला भनेरै लगानी गरेको बताइन्। उनले मनसायपत्र दिएर सरकारले 'गो अहेड' भनिसकेपछि जनताको लगानी पनि राज्यकै भएकाले डुब्न दिन नमिल्ने बताइन्। एमाओवादी सभासद निशाकुमारी शाहले भने हातखुट्टा मात्रै राखेर मुटु निकालेर प्रतिवेदन कार्यान्वयन हुन नसक्ने बताइन्।
बैठकमा सभासद सिन्धु जलेसाले मनमोहन कलेजमाथि अन्याय भएको भन्दै आफूले उक्त कलेज अनुगमन गर्दा निकै भव्य पाएको अनुभव सुनाइन्। एमालेकै सभासद रामहरि सुवेदीले डा. गोविन्द केसीलाई अनशन शिरोमणिको संज्ञा दिँदै अनशनकै भरमा सबै सम्झौता गर्नु नहुने बताए।
नेमकिपा सभासद अनुराधा थापामगरले प्रतिवेदनले सुझाएको ३५ लाख शुल्क पनि धनीकै पक्षमा भएको भन्दै सभासदहरु आफूले लगानी भएका कारण 'कन्फ्िलक्ट अफ इन्ट्रेस्ट' को अवस्था आएको बताइन्।
'यहाँ त सभासद होइन, लगानीकर्ता बोलेजस्तो भयो,' माथेमाले भनेका थिए, 'मेडिसिन धनीको छोराले मात्रै पढ्ने शिक्षा हो, पैसा नहुनेले पढ्नै नपाउने?'
सभासदहरुले घोचपेच गरेको भन्दै उनले मुटु निकालेर मात्र कार्यान्वयन गर्ने भए यसलाई 'माथेमा प्रतिवेदन नभन अरू केही भने हुन्छ।'