काठमाडाैं– हिन्दु धर्मका अभियान्ताले नै स्वामी कमलनयनाचार्यलाई 'सामन्त' भन्दै चर्को बिरोध गरेका छन्। बुधबार नयाँ बानेश्वरमा हिन्दुहरूको प्रदर्शन भइरहँदा कमल नयनाचार्यविरूद्ध चर्को नाराबाजी भयो। ‘हामीले पानीको फोहोरा र लाठी खाने, कमल नयनाचार्यले भाषण गरेर भाग्ने?’ युवा सन्त श्रीनिवासाचार्यले सार्वजनिक रुपमै भने ‘कमलले भोलिदेखि हिन्दुको नाम लिन पाउँदैन।’
बुधबार राप्रपा नेपालको अगुवाइमा नयाँ वानेश्वर क्षेत्रमा भएको विरोध प्रदर्शनमा कमलनयनचार्यको चर्को विरोध भएको हो।
'हामीलाई उचालेर पुलिसको मार ख्वाउने अफू भाग्ने? कमले तँ तुरून्तै यहाँ अाइज’, श्रीनिवासाचार्यले माइकबाट भने, ‘हिन्दु राष्ट्र नेपालको जय! ‘कमल नयनाचार्य मुर्दावाद!!'
'कमले फटाहा हो, हामीलाइ कुटाएर अाफू प्रहरी स्कर्टिङमा भाग्छ‘, उनले भने।
श्रीनिवासाचार्यले बानेश्वरमा बोल्ने क्रममा पत्रकारहरुलाई ध्यानाकर्षण गर्दै भने ‘यो इटहरीबाट आएको हिन्दुहरूको विशाल मासलाई कमलले प्रयोग गरेर हिँड्न मिल्छ? यदि कमले यहाँ आएन भने उस्ले भोलिबाट हिन्दुको नाम लिन पाउने छैन। खबरदार!’
कमलनयनको विरोध सुरु हुनु अघि नै उनी वानेश्वरको भिडबाट गायब भइसकेका थिए।
भिडियो हेर्नुस्ः

नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने मागसहित आन्दोलन थालेका युवा पण्डित श्रीनिवासाचार्यले काठमाडौंको टुडिखेलमा सप्ताह लगाएर रत्नपार्कको शान्ति वाटिकामा अनसन बसेका थिए। नयाँ संविधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने मागसहित उनले पछिल्लो समय इटहरीमा निरन्तर प्रदर्शन र अान्दोलन चर्काएका थिए। वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीतीको व्यानरमा उनीसहित हिन्दु अभियान्ता र सन्तहरूले पूर्वमा अनिश्चितकालिन बन्दको समेत अाव्हान गरे। बुधबार बानेश्वरमा भएको प्रदर्शनमा इटहरीबाट उल्लेख्य संख्यामा सहभागी ल्याइएको थियो।
श्रीनिवासाचार्यले हिन्दु धर्म रक्षार्थ भन्दै गत साउनमा इटहरीमा श्रीमद्धभागवत ज्ञान महायज्ञ गरेका थिए। साेही कार्यक्रममा स्वामी कमल नयनाचार्य पनि सहभागी थिए। सोही महायज्ञबाट धार्मिक आन्दोलन सुरु भएको उद्घोष गरेका श्रनिवासाचार्यकै नेतृत्वमा बन्द हड्ताल भएका थिए। महायज्ञ सकिएलगतै इटहरीमा हिन्दु राष्ट्र माग्दै श्रीनिवासाचार्यको नेतृत्वमा जुलुस, कोणसभा र चक्काजामका कार्यक्रम भए।
संविधानको प्रारम्भीक मस्यौदामा सुझाव संकलन गर्न इटहरीमा भएको कार्यक्रममा श्रीनिवासकै नेतृत्वमा गएको हिन्दुहरुको टोलीलाइ रोक लगाइएको थियो। त्यसपछि उनले मस्याैदा जलाएर विरोध गरेका थिए।
श्रीनिवासाचार्यको नेतृत्वमा केही हिन्दुवादी अगुवाले इटहरीमा सुरू गरेको अान्दोलन चर्किदै गएपछि कमल नयनाचार्य उनीप्रति अाकर्षित भएका थिए। सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समितिका संयोजक कुमार थापा, हिन्दुधर्म संरक्षण समितिका अध्यक्ष कृष्ण गिरी, पूर्व प्रधानसेनापति रुक्मागंत कटुवालसमेत श्रीनिवासाचार्यको प्रखर स्वभावबाट प्रभावित भएका थिए।
इटहरीमा आन्दोलनको नेतृत्व गरेका श्रीनिवासाचार्यको उग्र भाषण र व्यवहार देखेर कमल नयनाचार्य हच्केका थिए। इटहरीमा पत्रकार सम्मेलनमा बोल्दै कमल नयनाचार्यले श्रीनिवासाचार्यलाई सचेत गराएका थिए। उनले आन्दोलनमा जे पायो त्यही नारा नलगाउन र आपत्तिजनक व्यवहार प्रदर्शन नगर्न सुझाव दिएका थिए।

को हुन् श्रीनिवासाचार्य?

कमल नयनाचार्यले सचेत गराएका थिए