सम्बन्धनमै अडि्कयो गाँठो
१७ भदौ २०७२
•
१० मिनेट पाठ
सम्बन्धनमै अडि्कयो गाँठो
काठमाडौं- एघार दिनदेखि आमरण अनशनरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको प्रमुख मागमै सरकार लचिलो नभएपछि बिहीबार भएको वार्ता निष्कर्षविहीन बनेको छ। माथेमा प्रतिवेदनका महत्वपूर्ण बुँदा कार्यान्वयनका सवालमा सरकारी पक्षले निर्णय नफेर्ने र डा. केसी पक्षधरले कार्यान्वयन हुनैपर्ने अडान नछाड्दा वार्ता निष्कर्षविहीन भएको हो।डा. केसीले अनशनका क्रममा आठसूत्रीय माग राखेपछि बिहीबार पहिलोपटक दुवै पक्ष एक ठाउँ बसेर औपचारिक छलफल गरेका थिए। छलफलमा सरकारी पक्ष माथेमा प्रतिवेदन हुबहु लागू गर्न तत्पर देखिएन।




डा. केसीका तर्फबाट वार्तामा सहभागी डा. वाइपी सिंहका अनुसार सरकारी पक्ष सिट संख्या कार्यान्वयन र शुल्कमा लचिलो भए पनि सम्बन्धनको विषयमा टमसम भएको छैन। वार्तामा सहभागी अर्का एक प्रतिनिधिका अनुसार सरकारी प्रतिनिधि बनेर आएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले सम्बन्धनका लागि सरकारले माथेमा प्रतिवेदन कार्यान्वयन गर्ने भए पनि तरिका मात्रै फरक परेको दाबी गरेका थिए। 'पूर्वाधार हेरेर संस्थापकको प्रतिबद्धता लिएरै कार्यान्वयन गर्ने हो, अहिलेलाई स्थगित नै छ,' उनले भनेका थिए।

डा. केसीका तर्फबाट वार्तामा सहभागी टोलीले यस विषयमा परामर्श गर्दा डा. केसीले माथेमा प्रतिवेदनको हुबहु कार्यान्वयनबिना अगाडि बढ्नै नसक्ने जवाफदिएपछि पोखरेल फर्किएका थिए।

वार्तामा डा. केसीपक्षीय चिकित्सकहरूले १० वर्ष नयाँ सम्बन्धन नदिने र पूर्वाधार पूरा गरेकालाई राजधानीबाहिर जान सहुलियत दिने सुझावलाई नै पन्छाएको भन्दै नयाँ कलेजलाई सम्बन्धन दिनकै लागि 'लुपहोल' छाडिएको टिप्पणी गरेका थिए।

सरकारले माथेमा प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण सुझावका रूपमा लिइएको नयाँ कलेजलाई उपत्यकामा सम्बन्धन नदिने प्रस्ताव नै पन्छाइदिएको छ। उपत्यकामा एलओआई (मनसायपत्र) लिएर पूर्वाधार पूरा नगरेका कलेजको एलओआई खारेजी गर्ने सुझावसमेत सरकारले पन्छाएको छ। त्यसैगरी एउटा जिल्लामा एउटा मात्रै मेडिकल कलेज खोल्न दिने, एउटा विश्वविद्यालयले बढीमा पाँचवटा कलेजलाई सोही विकास क्षेत्रभित्र मात्रै सम्बन्धन दिने पाउने व्यवस्था गर्न दिएको सुझावसमेत मन्त्रिपरिषदको सामाजिक समितिले पन्छाइदिएको छ।

सरकारको नियतमा नयाँ कलेजलाई सम्बन्धन दिने बाटो खुला राख्ने सोच देखिएकाले पटकपटक अनशन बस्नुपर्ने अवस्था आउने भन्दै डा. केसी यो बुँदा कार्यान्वयनबिना अनशन नछाड्ने पक्षमा छन्।

माथेमा प्रतिवेदनबाहेक डा. केसी विश्वविद्यालयको पदाधिकारी नियुक्ति, जानकी मेडिकल कलेजका विद्यार्थीको व्यवस्थापन, काठमाडौं विश्वविद्यालय (केयु) को विवादित सम्झौता छानबिन र विद्यार्थी व्यवस्थापनका विषयमा समेत अडान नछाड्ने पक्षमा छन्। वार्ताका क्रममा मन्त्रिपरिषदको सामाजिक समितिले नयाँ उपसमिति बनाएर प्रतिवेदनका आधारमा टुंगो लगाउने निर्णय गरेको विषयमा भने सरकार केही लचक भएको छ। सिट संख्या तीन वर्षभित्र सयमा सीमित गर्ने गरी क्रमशः झार्ने कुरामा दुवै पक्ष सहमत भएका छन्।

स्वास्थ्य गम्भीर

एघार दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अन्त्यन्तै गम्भीर अवस्थामा पुगेको छ।

बिहीबारको स्वास्थ्य रिपोर्टमा कलेजोको काम र श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकहरूले जुनसुकै बेला डा. केसीलाई आइसियुमा सार्नुपर्ने बताएका छन्। डा. केसीमा पोषक तत्वको अत्यधिक कमीले उत्पन्न हुने कन्फ्युजन (कहाँ छु कहाँ भनेजस्तो हुने समस्या) समेत देखिएको छ।

शरीरमा रहेका सम्पूर्ण पोषक तत्वको मात्रा अन्यन्त न्यून हुँदा गम्भीर खालको संक्रमण हुने र कुनै पनि अंगले काम गर्न छाड्ने जोखिमसमेत बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। 'जुनसुकै समयमा पनि मल्टिपल अर्गान डिस्फंसनको अवस्थामा पुगेर तत्कालै आकस्मिक केयर चाहिन सक्ने अवस्था उत्पन्न भएको छ,' अस्पतालकी वरिष्ठ फिजिसियन डा. दिव्यासिंह शाहले भनिन्।

डा. शाहका अनुसार अनशन जारी रहेको अवस्थामा स्वास्थ्यमा अकल्पनीय अवस्था आउन सक्छ। 'जुनसुकै बेला आइसियु चाहिन सक्ने भएको छ,' डा. शाहले भनिन्, 'हामीले आग्रह गरिरहेका छांै, मान्नु भएको छैन।' उनले डा. केसीले कुनै प्रकारका औषधिसमेत लिन नमानेकाले शरीरमा रक्तकोशिकाको मात्रासमेत घट्दै गएर संक्रमणको जोखिमसमेत रहेको बताइन्।

अनशनको तेस्रो दिनदेखि नै पिसाबमा 'किटोन बडी' देखिएका केसीमा निरन्तर मांसपेशी, टाउको र छातीको दुखाइ भइरहेको छ। चिकित्सकहरूका अनुसार मुटुको चालमा गडबडी र रक्तचाप निकै घट्ने समस्या कायमै छ। 'केही सूचक ठिकै थिए,' शाहले भनिन्, 'अब भने आत्मबलबाहेक अन्य स्वास्थ्य सूचक निराशाजनक अवस्थामा छन्।'

चिकित्सक संघ आन्दोलनमा

आमरण अनशनको एघारौं दिनसम्म पनि माग पूरा गर्न सरकार तत्पर नभएपछि नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन गर्ने भएको छ।

संघले आन्दोलनका कार्यक्रम तय गर्न शुक्रबार उपत्यकामा कार्यरत चिकित्सकहरूको भेला बोलाएको छ। यसपटक सकेसम्म बन्दमा नजाने सोचमा रहेको संघले युवा चिकित्सकको दबाबपछि भेला बोलाएको हो।

संघले बिहीबार विज्ञप्ति जारी गरी डा. केसीको माग सरकारले सम्बोधन नगरेको भन्दै आपत्ति जनाएको छ। संघले यथाशीघ्र माग सम्बोधन नगरे आउन सक्ने परिस्थितिको जिम्मेवार नेपाल सरकार हुने चेतावनी दिएको छ।

संघका अध्यक्ष डा. अन्जनीकुमार झाले संघ कडा आन्दोलनमा जान बाध्य भएको भन्दै कार्यक्रमको स्वरूप भेलाले निर्धारण गर्ने बताए। उनले सरकारले चिकित्सकमाथि सामन्ती चरित्र प्रदर्शन गरेको भन्दै यसको परिणाम सरकारलाई देखाइदिने चेतावनी दिए। 'यो संघको अपमान हो,' उनले भने।

यसैगरी डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन सय रेजिडेन्ट र करिब २ सय फ्याकल्टी चिकित्सकले सेवा छाडेपछि बिरामीले सास्ती पाएका छन्। अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द छ। चिकित्सकहरूले काम छाडेर दिनभर अस्पतालमा रिले अनशन र साँझ घन्टौंसम्म प्रधानमन्त्री निवासअघि धर्ना जारी राखेका छन्।

यसैगरी, डा. केसीको माग पूरा नगरे शनिबारदेखि आकस्मिक बाहेकका सबै सेवा छाड्ने चेतावनी अन्य अस्पतालमा कार्यरत चिकित्सकले समेत दिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीरका रेजिडेन्टलेसेवा छाड्ने चेतावनी दिइसकेका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस