काठमाडाैं- अाडैको टेवलमा मधुरो स्वरमा ‘वेड सङ’ बज्दैछ। डा. गोविन्द केसी अस्पतालको सिंगल बेडमा अाँखा चिम्लेर लडेका छन्। सहयोगीका अनुहारमा चिन्ता र उदासी देखिन्छ। अनसनको १२अाैं दिनको साँझ शिक्षण अस्पतालमा एकातिर वार्ता चलिरहेको थियो, वार्ताकक्ष बाहिर प्लेकार्ड बोकेका विद्यार्थीको माैन प्रदर्शन थियो। अर्कोतिर अस्पताल प्राङ्गणमा मैनबत्ति बालेर विद्यार्थी भन्दै थिए ‘गाेविन्द सर हामी साथ छाैं।’
‘अन्नपानीको शरीरमा अन्न नपरेको १२ दिन भैसक्यो,’ केसीका सहयोगी चिकित्सक डा. सन्तोष पोख्रेलले नागरिकन्युजसँग भने, ‘यता गोविन्द सरको स्वास्थ्य गलेर खतरामा छ, सरकारलाई सत्ता खतरामा पर्ने डर छ।’

पोख्रेलका अनुसार डा. केसी सहजै बोल्ने हालतमा छैनन्। तैपनि केसीले मुख खोले- ‘प्रधानमन्त्री कुर्सीमा मात्रै बस्याछन् उनी अरूका मात्र कुरा गर्छन्।’ डा. केसीले प्रधानमन्त्री अरूबाट निर्देशित भएर जनस्वास्थ्यप्रति ज्यादैअनुदार देखिएका बताए। उनले भने, ‘नेपालीको हितलाई तिलाञ्जली दिएर प्रधानमन्त्री कोलिएसन बचाएर मात्रै बस्ने?’ सरकार खतरामा पर्ने डरले प्रधानमन्त्री गैरजिम्मेवार भएका डा. केसीकाे भनाइ छ।
उनले प्रधानमन्त्रीले कुर्सीको चिन्ता छाड्ने हो भने कराेडाैं नेपालीकाे स्वास्थ्यमा ठूलो योगदान हुने बताए। उनले अरूको इशारामा जनताको स्वास्थ्यमा खेलवाड नगर्न प्रधानमन्त्रीलाई अाग्रह गरे।
भिडियोः

मैनवत्ती बालेर डा.केसीको अान्दोलनमा एेक्यबद्धता जनाउदै मेडिकल विद्यार्थी।

शुक्रबार साँझ शिक्षण अस्पतालमा वार्तामा सहभागी डा. केसी र सरकारका प्रतिनिधि।