काठमाडौं- सात प्रदेशकै सीमांकन कायम रहने गरी प्रमुख तीन राजनीतिक दलले दुई तिहाइ बलमा नयाँ संविधान तत्काल जारी गर्ने 'सुनिश्चित' गरेका छन्।संविधानको परिमार्जित विधेयकमाथि शनिबार ७५ बुँदे साझा संशोधन प्रस्ताव दर्ता गर्दै उनीहरुले विवाद र आन्दोलनका बीच संविधान निर्माण जारी गरिने सन्देश दिएका हुन्।
यसअघि संविधान निर्माण प्रक्रियामा रहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक नेतृत्वको मोर्चा शनिबारबाटै प्रक्रियाबाट बाहिरिए पनि तीन प्रमुख दल संविधान नरोक्ने निष्कर्षमा पुगेका हुन्।
दुई तिहाइ बढी मत संख्या रहेका कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताबीच शनिबार भएको सहमतिअनुरुप दलका प्रमुख सचेतकले संविधानसभा सचिवालयमा बेलुका करिब ९ बजे साझा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
संविधानसभा सचिवालय, सिंहदरबारमा दिनभर चलेको शीर्ष नेता बैठकले तयार पारेको संशोधन प्रस्तावमा यसअघि सात प्रदेशमा प्रस्ताव गरिएको बाग्लुङलाई दुई प्रदेशमा राख्ने बेहोरा भने संशोधन प्रस्ताव गरिएको छ। जसअनुसार बाग्लुङ अब प्रदेश ४ मा मात्र अटाउनेछ।
शनिबारको सहमतिअनुसार विवादको रुपमा रहँदै आएको 'धर्मनिरपेक्षता' शब्द पनि कायमै राखिएको छ। त्यसलाई अहिले व्याख्यामार्फत स्पष्ट पारिएको छ।
'७५ वटा विषयमा संशोधन भएको छ,' एमाले प्रमुख सचेतक अग्नि खरेलले प्रस्ताव दर्तापछि भने, 'संविधानसभा नियामावली अनुसार सामान्य शब्द पछि मिलाइनेछ।'
उनले तीन दलबीच सहमतिमा दर्ता गरिएको संशोधनमा 'धर्मनिरपेक्षता शब्द कायमै राख्दै त्यसकोे परिभाषामा स्पष्टीकरण दिइएको जानकारी दिए।
'धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ' भन्ने स्पष्टीकरण राखिएको उनले बताए।
संशोधन प्रस्ताव गरिएको अर्को महत्वपूर्ण विषयमा संवैधानिक अदालतबारे छ। संविधानको परिमार्जित विधेयकमा संवैधानिक अदालत र सर्वोच्च अदालत छुट्टाछुट्टै रुपमा राखिएकोमा अहिले संवैधानिक अदालतमा रहेको सम्पूर्ण अधिकार इजलास गठन गरेर त्यसलाई दिने भनिएको छ।
अलग्गै संवैधानिक अदालत राख्ने विषयमा न्यायाधीशहरुको आपत्ति थियो। 'संवैधानिक अदालतमा रहेको अधिकार संवैधानिक इजलास गठन गरेर त्यसमा सारिएको छ,' खरेलले भने।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषद सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चारजना न्यायाधीश रहने संशोधन प्रस्तावमा उल्लेख छ।
त्यसैगरी, सर्वोच्चमा अस्थायी न्यायाधीश नरहने गरी संशोधन प्रस्ताव दर्ता गराइएको छ। 'सर्वोच्च अदालतमा १५ जना स्थायी र १० जना अस्थायी न्यायाधीश राख्ने मस्यौदामा उल्लेख छ,' खरेलले भने, 'तर अहिले संशोधन प्रस्तावमा अस्थायी न्यायाधीश राख्नु औचित्य नहुने ठहर गर्र्दै २१ जना स्थायी न्यायाधीश राख्ने सहमति भएको छ।'
संशोधनमा चार वटा आयोग थप गर्ने उल्लेख छ। आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग, मुस्लिम आयोगको व्यवस्थाका लागि संशोधन प्रस्ताव गरिएको छ।
त्यस्ता आयोगहरु संघीय संसदले संविधान प्रारम्भ भएको मितिले दस वर्षपछि पुनरावलोकन गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
प्रमुख दलले प्रदेशको सीमांकनमा भने धेरै हेरफेर गरेका छैनन्। सिंगो बाग्लुङलाई चार नम्बर प्रदेशमा राख्ने सहमति गर्दै संशोधन प्रस्ताव दर्ता गराइएको छ।
तर अन्य क्षेत्रमा भने कुनै हेरफेर गरिएको छैन। सबै दलका आआफ्नै अडान कायम रहेकाले पछि संविधान संशोधन गरेर पनि मिलाउन सकिने बाटो खुला रहेको नेताहरुले बताएका छन्।
एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले समयमै संविधान निर्माण आवश्यकतालाई मध्यनजर गर्दै आफूहरु सहमतिमा पुगेको बताए। 'संविधान समयमै निर्माण गरेर घोषणा गर्नुपर्ने देशको विशिष्ट आवश्यकतालाई ध्यान दिएर सहमति गर्दै आएका छौं,' पोखरेलले भने, 'हाम्रा कतिपय पहिलेदेखि नै भिन्न मत छन्। पार्टीले अहिलेसम्म राखेका असहमति सम्बोधन भएको छ। संविधानसभामा पनि केही असहमतिका विषय राख्छौं।'
उनले १६ बुँदको हस्ताक्षरकर्ता मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सहमतिमा नहरे पनि संविधान जारी गर्ने बेलासम्म सहमति प्रयास गरिने बताए।
कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संविधान जारी गर्नैपर्ने अवस्था भएकाले सहमतिका आधारमा संशोधन प्रस्ताव दर्ता गराइएको बताए। उनले केही विषयमा फरक मत हुँदाहुँदै पनि सहमतिमा पुगेको जनाए।
प्रमुख दलकै सभासदबाट संशोधन प्रस्ताव
संविधानसभामा रहेका प्रमुख राजनीतिक दलका नेता तथा विभिन्न समूहले संविधानको परिमार्जित विधेयकमा छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका छन्।
कांग्रेस, एमाले, एमाओवादीलगायत अन्य राजनीतिक दलका विभिन्न सभासद र समूहले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
विधेयक शाखाका अनुसार शनिबार राति यो समाचार तयार पार्दासम्म ५४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।
कांग्रेसका डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, शंकर भण्डारी, दलित सभासदलगायतले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका छन्। त्यसैगरी, एमालेका पेम्बा भोटे, दलबहादुर विश्वकर्मा, जितबहादुर दर्जी, एमाओवादीका रेखा शर्मासहित महिला सभासदहरुको समूह, अमनलाल मोदीसहित थारु सभासदहरुको समूह, दलजित विके श्रीपाइलीसहित दलित सभासदहरुको समूहले पनि छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन्।
साना दलका सभासद पनि सबैजसोले संशोधन प्रस्ताव दर्ता गराएका छन्। मधेसवादी दलका कुनै पनि सभासदले संशोधन प्रस्ताव दर्ता गराएका छैनन्। शनिबारसम्म मात्र संशोधन दर्ता गर्ने समय भएकाले संशोधन प्रस्ताव दर्ता गराउनेको भिड राति अबेरसम्म पनि कायमै थियो।
यो संविधान जसरी पनि घोषणा गर्छौं
पुष्पकमल दाहाल, अध्यक्ष एमाओवादी
तीन दलबीच भएको सहमतिबाहेक एमाओवादीको फरक मत पनि छ?
पार्टीको पनि फरक मत जान्छ। त्यसलाई अभिलेखको रुपमा संविधानसभा सचिवालयमा दर्ता गर्छौं। तर संविधानसभाबाट संविधान बन्ने कुराको सुनिश्चितता पनि हामी गर्छौं।
कुन–कुन कुरामा असहमति रहन्छ?
शासकीय स्वरुपमा हाम्रो पहिलेदेखि नै असहमति छ। देशमा स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै आवश्यक छ। त्यसमा हाम्रो हुने नै भयो। संघीयतामा पनि थारु समुदायको निम्ति पहिचान, मगरात क्षेत्र विभाजित हुन हुँदैन। मधेस आन्दोलनमा जे कुुरा उठेको छ, त्यसलाई सम्बोधन गर्नुपर्छ। अन्य समानुपातिक र समावेशी विषय पनि छन्। यी विषय राख्दाराख्दै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने र त्यसमा रहेका सकारात्मक कुरालाई संस्थागत गर्ने कुरामा कुनै बाधा पुर्यातउने होइन, बरु यसको स्वामित्व लिएर यो संविधान जसरी पनि घोषणा गर्छौं।
संविधान जारी हुन नदिने तत्वहरु बलियो हुँदै गएका छन् भन्ने आएको छ। तपार्इंहरुले पनि त्यस्तो पाउनुभएको छ?
मलाई त्यस्तो लाग्दैन। जनता संविधानसभाबाट छिटो संविधान बनोस् भन्ने चाहन्छन्। अब कतिपय समुदायलाई संविधान बन्ने बेलामा आफ्ना मुद्दा कमजोर पर्ने भए भनेर चिन्ता लागेर आन्दोलन हुनु स्वाभाविक हो तर त्यो शान्तिपूर्ण रुपमा हुनुपर्छ। दुनियाँमा संविधानसभाबाट संविधान बनाउँदा बडो सरल र सहज कहीँ पनि हुने गरेको छैन। त्यसलाई पनि विचार गर्नुपर्ने हुन्छ। यो ऐतिहासिक निर्णयलाई एउटा निष्कर्षमा पुर्याजउनैपर्छ। यो संविधानसभाबाट संविधान बने पनि त्यो संविधान बाइबल, कुरान र गीता बन्ने होइन। यो फेरि संशोधन हुन्छ, परिमार्जन हुन्छ भन्ने कुरा सबैले हेक्का राख्नुपर्छ।
गच्छदार मोर्चा बाहिरियो
संविधान निर्माणका लागि १६ बुँदे सहमति गरेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले पनि जारी प्रक्रियाबाट बाहिरिँदै आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ।
चार दलको बैठकमा दिनभर सहभागी फोरम लोकतान्त्रिकको शनिबार बेलुका बसेको संसदीय दल बैठकले संविधान निर्माण प्रक्रियाबाट बाहिरिने निर्णय लिएको हो।
प्रदेश संख्या र सीमांकनमा फरक मत राख्दै आएको फोरम लोकतान्त्रिकलाई अबेरसम्म पनि प्रमुख तीन दलका नेताले मनाउने प्रयास गरेका थिए। तर मधेस र थारुहरुले उठाएका माग सम्बोधन नभएको भन्दै लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार बाहिरिएका थिए।
'हामी संविधान निर्माण प्रक्रियाबाट बाहिरिइसकेका छौं। त्यसैले संशोधन प्रस्ताव राखेनौं,' फोरम लोकतान्त्रिकका महामन्त्री रामजनम चौधरीले नागरिकसँग भने, 'शान्तिपूर्ण आन्दोलनमा छौं। त्यसलाई अझै सशक्त बनाएर लैजानेछौं।'
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको नेतृत्वमा रहेको मोर्चाले संविधान निर्माणको जारी प्रक्रियाबाट बाहिरिने निर्णय गरेको थियो। मोर्चामा शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादवको मधेसी जनाधिकार फोरम गणतान्त्रिक रहेका छन्।