काठमाडौं—चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनसनरत डा.गोविन्द केसीलाई संक्रमण भएको छ। संक्रमणका कारण गए रातिदेखि उनलाई ज्वरो आइरहेको छ। उपचारमा संलग्न चिकित्सक डा.विद्यासिंह शाहका अनुसार स्लाइन दिन उनको नाडीमा क्यानालो राखिएको ठाउँनेर संक्रमण भएको हो। यही कारणले डा.केसीलाई कडा ज्वोरो आइरहेको उनले बताइन्।'उहाँलाई तत्कालै माथि आइसियुमा सार्न आवश्यक छ', डा. शाहले नागरिकन्युजसँग भनिन्, 'इन्फेक्सन अन्त फैलिए स्थिति झन् गाह्रो हुनसक्छ।'
गएराति सरकारसँग ११ बुँदे सम्झौता गरे पनि डा.केसीले अनसन तोडेका छैनन्। आज एक दिन राष्ट्रिय सद्भावको लागि उपवास बसेको उनले उल्लेख गरेको छन्।
पूर्व निर्धारित कार्यक्रमअनुसार दिउसो ३ बजे अनसन तोड्ने कार्यक्रम रहेको सहयोगी सुमन आचार्यले नागरिकन्युजलाई बताए। अनसन तोडेपछि तत्कालै आइसियु भर्ना गर्ने योजना रहेको आचार्यले बताए।
शनिबार राति डा.केसी पक्ष र सरकारका मुख्य सचिव सोमलाल सुवेदी र योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलबीच ११ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।
सम्झौतामा हस्ताक्षर भए पनि डा. केसीले नेपाली–नेपालीबीच शान्ति, मेलमिलाप र आपसी भाइचारको कामना गर्दै आफ्नो उपवास एक दिन लम्ब्याउने निर्णय लिएका थिए।
आइतबार उनी अनसन बसेको १४ औं दिन पूरा भएको छ।