काठमाडौं— धर्म निरपेक्षता माग गर्ने र हिन्दू राष्ट्र माग गर्ने दुई विपरित पक्षले एकै पटक र्याली निकाल्दा नयाँ वानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ। सम्भावित स्थितिलाई ध्यानमा राख्दै दुई समुह रहेको बीच भागमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।बौद्ध, किरात, इस्लाम, क्रिस्चियन र बोन धर्मावलम्बीहरु सम्मिलित विशाल र्याली राजधानीको भृकुटीमण्डपबाट निकालिएको थियो। र्यालीका सहभागीले संविधानमा 'धर्मनिरपेक्ष नेपाल' कायम नै राख्नुपर्ने माग गरेका छन्। र्याली नयाँ बानेश्वर चोक पुगेर धार्मिक सभामा परिणत भएको छ।
धर्मनिरपेक्षता पक्षधरको र्यालीको पछिपछि हिन्दू राष्ट्रको माग गर्दै आएको राप्रपा नेपालले पनि र्याली निकालेको छ। अध्यक्ष कमल थापाले र्यालीको नेतृत्व गरिरहेका छन्।
दुई विपरित माग राखेर सडकमा हजारौं प्रदर्शनकारी उत्रिएपछि सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न गाह्रो परेको छ।
धर्म निरपेक्षता पक्षधरहरु संविधान सभा नजिक जम्मा भएर कोणसभा गरिरहेका छन्। राप्रपा नेपालको समूहलाई सुरक्षाकर्मीले कृष्ण टावर नजिकै रोकेपछि उनीहरु त्यही कोणसभा गरिरहेका छन्।
सम्भावित स्थितिलाई मध्यनजर गर्दै दुई समुहको बीच भागमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।