काडमाडौं– डा.गोविन्द केसीले अाइतबार १४ दिन देखिको अनशन तोड्दै थिए। अनशन तोड्दा उच्चपदस्थबाट जुस पिउने पुरानै चलन हो। तर डा.केसीले न यस अघिका अनसन तोड्दा त्यसो गरे न यो छैटौं पटकको अनसन तोड्दा। उनले त रोजे सामान्य नागरिक। र उनकै हातबाट जुस पिएर आफ्नो लामो अनशनको अन्त्य गरे।
छैटौं अनशन तोड्ने क्रममा केसीले डोल्पाका युवा फूर्वा डोल्फु र बालिका सुवानी उप्रेतीको हातबाट जुस पिए। उनिहरुको हातबाट जुस पिउनु अर्थपूर्ण रहेको डा.केसीले बताए। एउटा दुर्गम जिल्लाको स्वास्थ्य सँग जोड्नु र अर्को भविष्यको पुस्तासँग जोड्नको लागि उनले यी दुई पात्र छानेका थिए। 'डोल्पा जस्ता दुर्गम भेगमा सरकारको स्वास्थ्य सेवाको पहुँच पुगोस् भनेर म लडेको हुँ', केसीले भने। बालिका सुवानी रोज्नुमा भोलीको स्वस्थ पुस्ताको विम्वको रुपमा केसीले अर्थ्याए। 'सुवानी र उनी जस्ता लाखौं बालबालिकाहरू देशको भविष्य हुन, हामीले उनीहरूकोबारे सोँच्नु पर्छ' डा.केसीले भावुक मुद्रामा भने।
'उपल्लो डोल्पाको मुलकोटका फुर्वाको घरबाट सदरमुकाम दुनै पुग्न चार दिन लाग्छ। उनको गाउँ पहाडि मरूभुमी जस्तै छ। त्यहाँको जीवन कठिन छ। स्वास्थ्य चौकी र स्कुल छैनन्,' केसीले भने, 'जहाँ गरिव बस्छन, दुःखी, पीडित र रोगी बस्छन् त्यहाँ कुनै स्वास्थ्य सेवा छैन, सरकारको सुबिधा छैन।' उनले थपे 'हाम्रो यो अभियान ति गरिव बस्तिहरुका लागि हो।'
डा. केसीले सरकारसँगको सहमति कार्यान्वयन भयो भने डोल्पा अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा पुग्ने भन्दै फुर्वाजस्ता हजारौ डोल्पालीले सुबिधा पाउने बताए। 'सहमति कार्यान्वन भए दुर्गमका जनता स्वास्थ सेवाबाट बञ्चति बन्नु पर्दैन' केसीले भने, 'स्वावस्थ सेवा सबैको पहुँचमा हुनुपर्छ।'
डा.केसीले दुर्गमका नेपालीहरू राज्यको सेवाबाट बञ्चित भएर पनि खुसी मन र हँसिलो अनुहार लिएर बाँचेको बताउँदै सबैलाई तालिबजाएर ति दुर्गम बस्तीका जनतालाई सम्मान गर्न आग्रह गरे। उनले यसो भन्दै गर्दा शिक्षण अस्पतालको प्राङगण तालीको गडगडाहटले गुञ्जियो।
'सरकारको चाहानाले हैन सचेत नेपालीको साथ पाएर ११ बुँदे सहमति भएको छ,' डा.केसीले भने, 'यो तीन करोड नेपालीको जीत हो, माथेमा प्रतिबेदन कार्यान्वयन भयो भने गाउँ गाउँमा गुणास्तरीय स्वास्थ्य सेवा पुग्छ।' उनले यो लडाँइको उपलब्धिले मेडिकल शिक्षा लिने विद्यार्थीका लागि फाइदा हुने बताए। २० प्रतिशत बसोबास रहेको सहरमा मात्रै आधारभूत स्वास्थ्य सेवा रहेको तर ८० प्रतिशत नेपाली बस्ने गाउँमा साधारण स्वास्थ्य सेवा पनि नरहेको भन्दै गाउँ केन्द्रति स्वास्थ्य सेवामा जोड पुग्ने विश्वास डा.केसीले व्यक्त गरे।
भिडियोमा हेर्नुस् डा.केसीको विस्तृत अभिव्यक्तिः