मेरी 'कोन' सँग जम्काभेट
२० भदौ २०७२
•
१० मिनेट पाठ
मेरी 'कोन' सँग जम्काभेट
उनले सोधे, 'उनी को थिइन्? (वो कोन थी)'
देवेन्द्रले उनकै भाषामा उत्तर दिए, 'तपाईं यिनलाई चिन्नुहुन्न। यिनले तपार्इंको देशका लागि भारतीय राष्ट्रिय क्रिकेट टोलीले भन्दा बढी विश्व च्याम्पियनसिप जितेकी छन्।'
त्यसपछि ट्याक्सीचालकले स्टेरिङबाट हात पुर्पुरोमा सारे र ठूल्ठूला आँखा पार्दै जिज्ञासा राखे, 'कतै यी मेरी कोम त होइनन्!'हामी सबैले एक स्वरमा भन्यौं, 'हो यी तिनै महान बक्सर मेरी कोम हुन्।'




उनले हामीसँग आक्रोश पोखे, 'मलाई किन नचिनाएको त? म पनि उनीसँग फोटो खिच्थेँ। परिवार र साथीहरूलाई देखाउँथेँ। म मेरी कोमको एउटा ठूलो प्रशंसक हुँ। तपाईंहरूलाई के थाहा?'

हामीले जिस्कायौं, 'उनलाई नचिन्नु तिम्रो कमजोरी हो। आफ्नै देशको यति ठूलो स्टारलाई नचिन्ने अनी हामी विदेशीसँग गुनासो गर्ने। मिलेन नि भाइसाब।'

'मैले त उनको नाम धेरै सुनेको छु। भारतका लागि उनले धेरै पदक जितेकी छन भन्ने थाहा छ। तर कहिल्यै भेटेको छैन, कसरी चिन्ने त! क्रिकेटरलाई भए पो टिभी र पत्रिकामा सधैं देखिन्छ, अनि चिन्न पनि सजिलो हुन्छ,' उनी सहज भए।

....

हामी पाँच पत्रकार (देवेन्द्र सुवेदी, पवन आचार्य, प्रमोद पोखरेल, विकास कार्की र म) नेपाली बसेको टिम होटलको लबीबाट पार्किङतिर लम्कँदै थियौं। रंगशालामा दक्षिण एसियाली फुटबलका दुई चिर प्रतिद्वन्द्वीबीच खेल सुरु हुन आँटेको थियो। पार्किङमा हामीले दुई दिनअघि विमानस्थलबाट होटलसम्म आउँदा चढेकै ट्याक्सीलाई बोलाएका थियौं। ३० वर्ष हाराहारी उमेरका ट्याक्सीचालक स्मार्ट हुनुका साथै खेलकुद (विशेष क्रिकेट) प्रति खास चासो राख्ने थिए। हामीसँग खेलकुदका विषयमा हौसिएर कुरा गर्थे र पुणेमा उनी हाम्रो गाइडजस्तै भइसकेका थिए जसले गर्दा हामीले मोबाइल नम्बर मागेर पुणे बसाइभरि शिवाजी बेरियाकै ट्याक्सीलाई स्थायी सवारी बनाएका थियौं।

पार्किङमा आएर शिवाजीले फोन गरेपछि हामी ट्याक्सीतिर हुर्रिंदै थियौं। विपरीत दिशाबाट एउटी थकितजस्ती महिला गन्जी र कट्टुमा असिनपसिन भएर हामीतिर आउँदै थिइन्। टाढैबाट प्रमोदले कानेखुसी गरे, 'मेरी कोम आउँदैछिन्।' त्यसपछि रंगशाला जाने हतार हाम्रो दिमागबाट टाढा भइसकेको थियो। देवेन्द्रले फोटोका लागि मेरीसँग अनुरोध गरे। पवन, म, देवेन्द्र र प्रमोद पोज दिन थाल्यौं। विकास क्लिक क्लिक गर्न थाले। यसैबीचमा हामीले मेरीलाई निकै महत्वका साथ कुरा गरेपछि शिवाजीको ध्यान स्वाभाविक रूपमा ती महिलातिर तानिएको थियो।

'तपार्इंहरू आफैं नेपालको राष्ट्रिय फुटबल टोलीसँग आउनुभएको छ। तपाईंहरूले पनि महत्वका साथ फोटो खिचेपछि मलाई यी खेलकुदको ठूलै स्टार होलाजस्तो लागेको थियो,' शिवाजीले भने, 'मेरी कोमलाई हामी धेरै भारतीय नामबाटै चिन्छौं। नामबाटै उनका प्रशंसक बन्छौं र मनमनै उनको नामलाई नै पूजा गर्छौं।'

.....

विश्व च्याम्पियनसिपमा लगातार छपटक पदक जित्न सफल विश्वकै एक मात्र महिला बक्सरको कीर्तिमान बनाएकी मेरी कोम विश्व एमेच्योर बक्सिङ च्याम्पियनसिपिकी पाँचपटककी विजेता हुन्। सञ्जयलीला भन्सालीले भारत मणिपुरकी ३२ वर्षे यी बक्सरको जीवनमा आधारित एउटा फिल्म पनि बनाएका छन्, मेरी कोम।

चर्चित नायिका प्रियंका चोपडालाई मेरी कोमको भूमिकामा उतारिएको फिल्ममा उनको बाल्यकालदेखि २००८ को बक्सिङ च्याम्पियनसिप जित्दासम्मको कथा प्रस्तुत गरिएको छ। यसबीचमा उनले २००१ मा रजत तथा २००२, २००५ र २००६ मा विश्व च्याम्पियनसिपको स्वर्ण जित्दाका उतारचढाव पनि फिल्मको विषय बनेका छन्। २०१० मा पनि विश्व च्याम्पियनसिप जितेकी मेरीले चारपटक एसियाली बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् भने एसियाली खेलकुद, इन्डोर एसियाली खेलकुद र एसियन कप महिला बक्सिङ च्याम्पियनसिपमा पनि एक–एक स्वर्ण पदक जितेकी छन्।

संयोगले मेरीलाई एउटा जिज्ञासु र छुकछुके बालिकाबाट विश्व च्याम्पियन बक्सरका रूपमा हुर्काउने प्रशिक्षकको भूमिका त्यो फिल्ममा नेपाली कलाकार सुनील थापाले पाएका छन्।

खेलकुद वृत्तमा लोकप्रिय भए पनि त्यो फिल्मअघि मेरी कोमलाई सर्वसाधारणले खास चिन्दैनथे। तर फिल्मपछि मेरी कोमको नाम भारत र नेपालमा सर्वसाधारणका लागि पनि परिचित र प्रिय हुन थाल्यो। भारतमा प्रियंका चोपडाको अनुहारमा मेरी कोम देख्न थालियो भने नेपालमा पनि नेपाली कलाकारले भारतीय फिल्ममा राम्रो भूमिका पाएका कारण यो फिल्म चर्चित भयो। फिल्मले मेरी कोमलाई आफ्नो देशसँगै छिमेकी नेपालमा पनि लोकप्रिय बनायो।

तर उनी आफ्नै नामजति लोकप्रिय हुन सकिनन्। धेरैले उनलाई प्रियंकाको अनुहारसँग चिन्न थाले। ट्याक्सीचालकले आफ्नो मनभित्रको सुपरस्टारलाई नचिन्नु कुनै अनौठो थिएन। अभ्यासबाट थकित भएर फर्कने क्रममा नेपाली पत्रकारसँग जम्काभेट भएकी मेरी पनि क्रिकेटबाहेक अरू खेल र तिनका खेलाडीप्रति त्यति जानकार थिइनन्। 'फुटबल मन पर्छ। भारत अन्तर्राष्ट्रिय फुटबलमा समर्थन गर्ने एक मात्र टिम हो। तर टिमका कोही खेलाडी विशेषलाई भने चिन्दिनँ,' कुराकानीमा मेरी कोमले भनिन्, 'हाम्रै देशमा अघिल्लो वर्ष सुरु भएको आइएसएल (इन्डियन सुपर लिग) मौकाले भ्याएसम्म हेर्छु। तर मैले समर्थन गर्ने खास खेलाडी र टिम भने छैन। क्रिकेटमा भने भारतका सबैजसो खेलाडीबारे धेरैथोर जानकारी छ।'

नेपालबारे केही थाहा छ? जम्काभेटमा सायद त्यो हाम्रो दोस्रो प्रश्न थियो।

'हाम्रो छिमेकी देश हो। धेरै सुन्दर छ भन्ने सुनेकी छु। कुनै दिन मजाले घुम्न जानेछु,' उनले उत्तर दिइन्।

'यत्ति हो त छिमेकीको बारेमा तपाईंलाई थाहा भएको?' उनीसँग टाँस्सिएर फोटो पोज दिइरहँदा हामीले ठट्टा गर्न खोज्यौं।

'होइन, अरू पनि थाहा छ नि। मेरी कोम (फिल्म) मा मेरो मेन्टरको भूमिकामा अभिनय गर्ने कलाकार सुनील थापा पनि नेपाली हुन्। अनि नेपालका दुईजना बक्सर शिवकुमार थापा र सरस्वती रानालाई चिन्छु।'

नेपाली मूलका शिवकुमार थापा नेपालका खेलाडी भने होइनन्। उनी भारतीय राष्ट्रिय टोलीका स्टार खेलाडी हुन् भने सरस्वती नेपाली बक्सिङले आस गरेकी युवा प्रतिभा हुन्।

सायद मेरी पनि नेपाली टिम बसेको त्यही होटलमा बसेर कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको विशेष तयारी गरिरहेकी थिइन्। त्यसैले होला पूणेको चर्को गर्मीमा उनी लामै र कठिन अभ्यास गरेर फर्किएजस्ती देखिन्थिन्। नजिकैको बालेवाडी स्पोर्ट्स कम्प्लेक्सबाट होटलसम्म फर्कंदा पनि उनको शरीरमा पसिना ओभाइसकेको थिएन। बोलीमा थकान थियो। आँखा लोलाएका थिए। तथापि, उनी एउटा सालिन सुपरस्टार थिइन्। होटलको पार्किङमा भेटिएका अपरिचितसँग फोटो खिचाउन र कुरा गर्न सहजै उपलब्ध हुनु त्यसैको प्रमाण थियो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस