खोटाङ–खोटाङमा महिलालाई करणीपछि फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन्। स्थानीय महिलालाई जबरजस्ती करणी गरेर फरार रहेका उत्तरी गाविस ऐंसेलुखर्क–२ का २६ वर्षीय टेकबहादुर तामाङलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको हो।फरार तामाङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कका प्रहरी निरीक्षक रामनारायण माझी नेतृत्वको प्रहरी टोलीले आइतबार गाउँबाटै नियन्त्रणमा लिएको खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए । जबरजस्ती करणी मुद्दामा तामाङलाई २०७१ साल माघ–२२ गते जिल्ला अदालत खोटाङले ९ वर्ष १० महिना ३ दिन कैद सजाय तोकेको थियो । तामाङमाथि २०६७ सालमा ३५ वर्षीय महिलालाई करणी गरेको अभियोग छ। उनलाई सोमबार जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरीले जनाएको छ।
यसैगरी गर्भपतन गराउने क्रममा महिलाको ज्यान गएपछि २० वर्षदेखि फरार ऐंसेलुखर्क–४ का ६८ वर्षीय दलबहादुर गिरी पनि पक्राउ परेका छन्। गर्भपतन गराउन सहयोग गर्नेेक्रममा सुन्तलीकुमारी गिरी (परिवर्तित नाम)को मृत्यु भएपछि लुकिछिपी प्रहरीको नजरबाट छलिएर बसिरहेका गिरीलाई लामो समयपछि पक्राउ गरिएको डिएसपी माझीले जनाए। गिरीमाथिमाथि महिलाको गर्भपतन गर्न सहयोग गरेको अभियोग छ। गिरी बिरुद्ध जिल्ला अदालतले २०५५ साल भदौ–१५ गते ६ महिना कैद सजाय फैसला सुनाएको थियो।
यसैगरी गालीबेइज्जती मुद्दामा कसुरदार ठहरिएका महेश्वरी–८ का ६६ वर्षीय पशुपती निरौलाले ६ वर्षपछि जरिवाना रकम बुझाएका छन्। आइतबार पक्राउ परेका निरौलाले सोमबार अदालतले तोकेबजोजिम जरिवाना रकम बुझाएका हुन्। गालीबेइज्जती मुद्दामा अदालतले २०६६ साल पुस–२२ गते कसुरदार ठहर गर्दै २५ रुपैयाँ जरिवाना तोकेको माझीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले पूरानो मुद्दाका फरार अभियुक्तलाई पक्राउ अभियान थालेपछि लामो समयदेखि जरिवाना रकम नबुझाएकाहरुले रकम बुझाउन थालेका छन्।