काठमाडौं– नयाँ संविधानमा धर्म निरपेक्षताको बारेमा नेपालमा बहस तीव्र भैरहेको समयमा क्याथोलिक इशाइहरु एक शीर्ष धर्मगरुले नेपाल भ्रमण गर्ने भएका छन्। विश्वभरका धर्मान्तरण तथा परोपकार गतिविधिको अनुगमन गर्दै आएका धर्मगुरु कार्निडल फर्नान्डो फिलोनी भदौको अन्त्यतिर नेपाल आउन लागेका हुन्।भदौ २९ गते कोलकोता हुँदै नेपाल आउन लागेको फिलोनी ५ दिनेपछि असोज २ गते इटलीको रोमतर्फ लाग्ने छन्। फिलोनी १२ दिने दक्षिण एशियाली देशको भ्रमणको क्रममा नेपाल आउन लागेका हुन् । नेपाल आउनुअघि उनले कोलकोतामा २ र बंगलादेशमा ५ दिने विताउने छन् । क्याथोलिक चर्चका फादर सिलास बोगटीले बैशाख १२ को भूकम्पपछि नेपालमा क्रिश्चियन संस्थाहरुले गर्दै आएको काम र भूकम्प पीडितहरुसँग एक्येबद्धता जनाउनका लागि नेपाल आउन लागेको बताए।

धर्मगुरु कार्निडल फर्नान्डो फिलोनी
'भूकम्प पीडितहरुप्रति ऐक्यबद्धता व्यक्त गर्न उहाँ आउन लाग्नु भएको हो,' बोगटीले नागरिकसँग भने, 'भूकम्प पीडितहरुको लागि सहयोगमा भैरहेको कार्यक्रमको पनि उहाँका अवलोकन गर्नुहुने छ ।' फिलोनी भ्याटिकनको म्याबिनेट मेम्बर हुन्। नेपालम भूकम्प पीडितहरुका लागि भ्याटिकनले पनि सहयोग गरेको छ।
नेपाल भ्रमणमा रहँदा भेटघाटको अतिरिक्त काभ्रेको बालथली र ललितपुरका चापाँगाउमा भूकम्प पीडितहरुको सहयोगका लागि सञ्चालित काम र पीडितहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गर्ने छन्। नेपालमा रहँदा फिलोनीले सरकारी अधिकारीसँग समेत भेट्ने कार्यक्रम रहेको छ।