टेकुमा निजी क्षेत्रको फोहर थुप्रिन छाड्यो
२२ भदौ २०७२
•
५ मिनेट पाठ
टेकुमा निजी क्षेत्रको फोहर थुप्रिन छाड्यो
काठमाडौं-फोहर व्यवस्थापनमा संलग्न निजी क्षेत्रका कम्पनी/ठेकेदारले उठाउने फोहर केही दिनयता टेकुस्थित ट्रान्सफर केन्द्रमा लैजान बन्द भएको छ।

सिसडोल लैजानु पर्ने फोहर महानगरपालिकाका कर्मचारी र निजी कम्पनी/ठेकेदारको मिलेमतोमा टेकुमा थुपारिने समाचार सार्वजनिक भएपछि यस्तो सुधार भएको महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताएका हुन्। 'केही कर्मचारीको मिलेमतोमा निजी क्षेत्रले उठाएको फोहर पनि टेकुमा थुपारिने रहेछ,' तामाङले भने, 'पत्रपत्रिकामा आएपछि हामीले नियन्त्रणको प्रयास गरेका छौं।'

दैनिक २–३ हजार टन फोहर थुप्रिने टेकु स्टेसन पछि पनि यस्तै सफा राखिने उनले दाबी गरे। तामाङ मंगलबार बिहान करिब १० बजे पत्रकारको टोलीसहित स्टेसन निरीक्षणमा पुगेका थिए। 'निजी क्षेत्रको फोहर यहाँ (टेकुमा) थुपारिने समाचार छापिएपछि हामी दिक्क भयौं,' उनले फोहर थुपारिने ठाउँतर्फ इशारा गर्दै भने, 'त्यसैले कर्मचारीले पनि केही गरौं भनेर परिणाममुखी काम गरेका हुन्।'

टेकु स्टेसन सफा हुनुको मुख्य कारण निजी क्षेत्रले उठाउने फोहर त्यहाँ थुपारिन बन्द हुनु नै भएको तामाङले बताए। उनले केही ठाउँबाट निजीले उठाउने फोहर अझै पनि टेकु आइरहेको जानकारी पाएको बताउँदै त्यो पनि बन्द गर्ने बताए।

महानगरको प्रयासले स्थानीय पनि खुसी भएको उनले बताए। 'स्थानीयलाई फोहरको डंगुरले कति असर गर्छ हेक्का थिएन,' उनले भने, 'अब उहाँहरू पनि खुसी हुनुहुन्छ। स्थानियसँग सम्बन्ध सुधार गर्न पनि प्रयास गरेका हौं।'

काठमाडौंमा दैनिक ६०–७० वटा साना/ठूला ट्रक फोहर संकलनमा प्रयोग हुन्छन्। 'अहिले फोहर धेरै उत्पादन हुने र थुप्रिने बेला हो,' महानगरपालिकाको वातावरण महाशाखा प्रमुख हरि कुवँरले भने, 'तर अहिले हामी टेकु स्टेसन पूरै सफा गरी फोहर सिसडोल पुर्यापउन सफल भयौं।'

महानगरपालिकाको सक्रियताले टेकुका स्थानीय पनि हर्षित भएका छन्। वर्षेनी बर्खामा फोहर कुहिएर पूरै क्षेत्र नै दुर्गन्धित हुने समस्याबाट स्थानीय पनि मुक्त भएका छन्। 'पानी पर्न थालेपछि फोहर गनाउन थाल्छ,' स्थानीय ऋषेश्वर युवा स्पोर्टस् क्लबका अध्यक्ष भूषण बज्राचार्यले नागरिकसँग भने, 'महानगरपालिकाले राम्रो काम गर्योु।' उनले ऋषिपञ्चमीमा स्थानीय ऋषेश्वर मन्दिरमा लाग्ने मेलामा दर्शनार्थीले यसपाला दुर्गन्ध सहनु नपर्ने विश्वास व्यक्त गरे।

ठमेल मल्ल होटलपछाडि, न्युरोडको प्राइम बैंक तथा एभरेस्ट बैंकअगाडि, महाबौद्ध, नक्साल, स्वयम्भू, सिनामंगलस्थित केएमसी अस्पताललगायत क्षेत्रबाट यसरी कर्मचारीसँग मिलेमतोमा निजी क्षेत्रले फोहर उठाउँछन्।

घर र कार्यालयबाट फोहर उठाएबापत निजी संघसंस्था र ठेकेदारले चर्को रकम असुलेर पनि फोहर नुवाकोट सिसडोलस्थित डम्पिङ साइटमा नपुर्याजइ कर्मचारीलाई रकम दिएर टेकु स्टेसनमा थुपार्ने गरेका छन्।

दैनिक ४ सय ५० टन फोहर उत्पादन हुने काठमाडौंको फोहर व्यवस्थापनमा महानगरपालिकाले वार्षिक ५५ करोड रुपैयाँ खर्च गरे पनि करोडौं रकम मिलेमतोमा कर्मचारीकै खल्तीमा पुग्ने गरेको छ।

वर्षौंदेखि महानगरले मिलेमतोमा करोडौं कुम्ल्याउने कर्मचारीमाथि अनुगमनसमेत गरेको छैन। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका करिब ८ वटा मजदुर युनियनले संस्था चलाउने बहानामा मिलेमतो हुने गरेको बताउँदै तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीको मिलेमतोमा लुट हुने गरेको महानगर स्रोत दाबी गर्छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस