सर्लाही प्रहरीले करिब अढाई क्वीन्टल गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले लालबन्दी नगरपालिका १३ स्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
लालबन्दी नगरपालिका १३ पत्थरकोट गाउँमा कान्छा मान थिङको घरलाई खान तलासी गर्दा प्रहरीको टोलीले प्लास्टिकको बोरा तथा प्लास्टिकले बेरिएको अवस्थामा ४६ वटा पोकामा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध गाँजा बरामद गरेको हो। बरामद गाँजाको परिमाण २३७ किलो ६०० ग्राम भएको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिने दुई मोटरसाइकल पनि बरामद गरेका छ भने गाँजाको खरिद, ओसारपसार र संचयमा संलग्न छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटका ३८ वर्षीय कान्छा मान थिङ, २१ वर्षीय सुनिल दोङ, १९ वर्षीय विशाल थिङ, २१ वर्षीय मिलन थिङ, १९ वर्षीय निकेश दोङ र वडा नम्बर १४ का १९ वर्षीय राज बम्जन रहेका छन्।
पक्राउ परेका सबैलाई सम्मानित सर्लाही जिल्ला अदालतमा पेश गरिएको र म्याद लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।