घैंटे इन्काउन्टरमा संलग्न प्रहरीको हत्या योजना
२३ भदौ २०७२
•
६ मिनेट पाठ
घैंटे इन्काउन्टरमा संलग्न प्रहरीको हत्या योजना
काठमाडौं- सामाखुसीका गुन्डा नाइके कुमार श्रेष्ठ (घैंटे)को इन्काउन्टरमा संलग्न प्रहरी अधिकारीको हत्या योजना बनाएको आरोपमा धादिङका साजन गुरुङ र कारजोन गुरुङ पक्राउ परेका छन्। इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको दैनिकी निगरानी गरी सूचना दिएको र हत्या योजनामा संलग्न रहेको आरोपमा दुवै जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।




भदौ ३ मा कपुरधारास्थित घर अगाडिको खुला ठाउँमा महाशाखाको प्रहरी टोलीको इन्काउन्टरमा घैंटे मारिएका थिए। उनको समूहका केही व्यक्ति इन्काउन्टरको बदला लिन प्रहरीको हत्या गर्ने योजना बुनेको सूचना महाशाखामा आएपछि प्रहरीले पनि निगरानी बढाएको थियो।

प्रहरीस्रोतका अनुसार घैंटेको इन्काउन्टरपछि उनको समूहका दोस्रो व्यक्ति युवराज गुरुङ (सानुभाइ)ले इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीसँग बदला लिने योजना बुनेका थिए। विभिन्न आपराधिक घटनामा प्रहरीको खोजी सूचीमा रहेका उनी प्रहरीले आफूलाई पक्राउ गर्नुअघि इन्काउन्टरमा संलग्न एक प्रहरी कर्मचारीको हत्या गरी आत्मसर्मपण गर्ने योजनामा रहेको सूचना प्रहरीसम्म आइपुगेको थियो।

प्रहरीले सूचना संकलन गर्ने र सूचना लिने दुई जना पक्राउ गरे पनि योजनामा प्रत्यक्ष संलग्नलाई भने पक्राउ गर्न सकेको छैन। प्रहरीले ३ वर्ष अघिदेखि घैंटेका सहयोगी सानुभाइको खोजी गर्दै आए पनि पक्रन सकेको छैन।

घनाबस्तीबीच स्थानीयकै अगाडि घैंटे मारिएकाले सो अपरेसनमा संलग्न अधिकांश सुरक्षाकर्मीको पहिचान सार्वजनिक भएको थियो। स्रोतका अनुसार उनीहरूले इन्काउन्टरका बेला फिल्डको नेतृत्व गरेका प्रहरी कर्मचारी लक्षित गरी हत्या योजना बनाएका थिए।

अनुसन्धानमा घैंटे समूहका साजन गुरुङले कारजोनलाई प्रहरी गतिविधि निगरानी गर्न खटाएको सूचना आएपछि प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको थियो। पक्राउ परेका कारजोनको मोबाइलमा रहेका एसएमएस हेर्दा उनले घैंटेको इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको गतिविधिबारे संवेदनशील सूचना साजनलाई पठाएको पाइएको महाशाखाका एक अधिकारीले जानकारी दिए।

'केही व्यक्तिले प्रहरीकै गतिविधि निगरानी गरिरहेको सूचना आएपछि हामीले पनि उनीहरूलाई निगरानीमा राखेका थियौं,' महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले नागरिकसँग भने, 'कारजोन पक्राउपछि केही महत्वपूर्ण सूचना आएको छ, अहिले हामी गम्भीर अनुसन्धानमा छौं।'

चरी समूहका साजन धादिङमा पहलमान तामाङ हत्याका समेत आरोपी हुन्। सडक निर्माण गर्ने ठेकेदारसँग पैसा असुल्ने विषयमा एमाले र माओवादीबीच विवाद भएपछि वाइसिएलका तामाङ २०७० माघ २४ मा धादिङको सेमजोङमा मारिएका थिए।

धादिङमा प्रहरीले खोज्न थालेपछि काठमाडौं छिरेका साजन नयाँबजार क्षेत्रमा बस्दै आएका थिए। एक वर्षअघि प्रहरी इन्काउन्टरमा चरी मारिएपछि उनी घैंटे समूहका लागि काम गरिरहेको देखिएको एसएसपी खनालले जानकारी दिए।

न्युरोडबाट पक्राउ परेका साजनको साथबाट प्रहरीले हेमन्त गुरुङको नाममा भारतीय निर्वाचन आयोगको आइडीकार्ड समेत फेला परेकाले काठमाडौंमा ठूलै घटना मच्चाएर उनी भारत भाग्ने योजनामा रहेको प्रहरी निष्कर्ष छ।

'ठेकेदारसँग पैसा असुल्ने विषयमा दुई पक्षबीच विवाद बढेपछि पहलमानको हत्या भएको देखियो,' खनालले भने, 'हत्यापछि साजन दुई वर्ष काठमाडौंमा बसेकाले उसको गतिविधि र संलग्नता अनुसन्धान गरिरहेका छौं।'

प्रहरी अधिकारीका अनुसार कारजोनले घैंटेको इन्काउन्टरमा संलग्न प्रहरीको गतिविधि निगरानी गरी सूचना दिन अह्राए अनुसार आफूले काम गरेको प्रहरीसमक्ष स्वीकारे पनि साजन भने आफूलाई यसबारे केही जानकारी नभएको दाबी गरिरहेका छन्। प्रहरीले प्रहरी कर्मचारीका गतिविधिबारे कारजोनले पठाएका महत्वपूर्ण एसएमएस भने फेला पारिसकेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस