भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरपालिका क्षेत्रभित्र गरिएका अनधिकृत प्लटिङमा रोक लगाउन निर्देशन दिएको छ।
नगरपालिकाको वडा नं १ देखि ९ सम्म विभिन्न नाममा भइरहेका जग्गा प्लटिङ कार्य रोक्न निर्देशन जारी गरेको हो। नगरपालिकाले मंगलबार सूचना जारी गरी यस्ता कार्य नगर्न नगराउन सूचित गरेको हो।
काठमाडौं उपत्यका विकास प्राधीकरणसँंग चाँगुनारायण नपामा ९२ ठाउँमा अवैध प्लटिङ भइरहेको तथ्यांक छ। यो बाहेक पनि अवैध प्लानिग रहेको निश्चितप्रायः छ।
सूचनामा जग्गा प्लटिङ नगर्न, माटो कटान र निकासी नगर्न तथा जग्गा नसम्याउन सबैमा जानकारी गराएको छ भनिएको छ। 'नगरक्षेत्रमा अनाधिकृतरुमा जग्गा सम्याउने, प्लटिङ गर्ने, माटो कटानी तथा निकासी गर्ने कार्य नगर्न, नगराउनु हुन नगरवासीहरुमा अनुरोध छ,' सूचनामा भनिएको छ।
सूचनामा भनिए पनि अहिले पनि नगरपालिकाका विभिन्न वडाका टोलहरूमा डोजर चलिरहेका छन्। माटो कटान कार्य भइरहेका छन्। यस्ता अवैध कामले वर्षामा विभिन्न दुर्घटनाहरु हुने गरेका छन्। पछिल्लो पटक मात्रै केही महिना अगाडि पुरिएर दुईजनाको अनाहकमा मृत्यु भएको थियो।