काठमाडौं- नवनियुक्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले अब जारी हुने संविधानले नेपालमा राष्ट्रिय एकता, शान्ति, स्थिरता र समृद्धि कायम गर्नेमा सेना विश्वस्त रहेको बताएका छन्। प्रधानसेनापति नियुक्त भएको भोलिपल्ट शुक्रबार नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले अहिले मुलुक जटिल चुनौतीको दोसाँधमा उभिएको बताए।'अब जारी हुने संविधान नेपालमा राष्ट्रिय एकता, शान्ति, स्थिरता र समृद्धि ल्याउन कोशेढुंगा सावित हुनेछ भन्नेमा नेपाली सेना विश्वस्त छ,' प्रधानसेनापति क्षत्रीले भने, 'अहिले मुलुक जटिल चुनौतीको दोसाँधमा उभिएको छ।'
सेनालाई राष्ट्रको पहरेदार संस्थाको रूपमा स्थापित गर्न जटिल परिस्थितिमा पनि जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने उनले बताए। राज्यका सबै शक्ति संयन्त्रसँग हातेमालो गर्दै आगामी चुनौती सामना गर्न सशक्त र आमजनताको भरोसाको केन्द्रका रूपमा सेनालाई अघि बढाउने प्रतीज्ञा गरे।
प्रधानसेनापति क्षत्रीले बाह्य तथा आन्तरिक सुरक्षा वातावरण अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट बन्दै गएको जनाउँदै यसको प्रभाव नेपालको राष्ट्रिय सुरक्षामा परेको बताए। उनले सेनालाई अत्यन्तै संवेदनशील र जागरुक भई तयार रहनसमेत निर्देशन दिए।
'हामी सबैलाई महसुस भएकै कुरा हो कि १० वर्षे द्वन्द्वकाल, नौ वर्षे संक्रमणकाल र यी दुवैले सिर्जना गरेको परिस्थितिले नेपाली समाजको दृष्टिकोण र व्यवहारमा परिवर्तन आएका छन्। राष्ट्रिय स्वार्थभन्दा जातीय र क्षेत्रीय स्वार्थलाई प्रधान मान्ने प्रवृत्तिले नेपालको भौगोलिक अखण्डता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा आँच पुर्यााउने त होइन भन्ने आशंका आमदेशभक्त नेपालीमा उत्पन्न भएको छ,' प्रधानसेनापति क्षत्रीले भने।
नेपालमा विद्यमान गरिबी, क्षेत्रीय असमानता र विकराल बेरोजगारी समस्याले वैचारिक र सामजिक असहिष्णुता, वैरभाव र आन्तरिक द्वन्द्व सिर्जना गरी राष्ट्रिय सुरक्षामा समेत आँच पुर्याोउने सम्भावनातर्फ सचेत रहनुपर्ने उनले बताए।
उनले आन्तरिक तथा बाह्रय सुरक्षा चुनौतीको सामना गर्न १० वटा लक्ष्य निर्धारण गरेका छन्। 'हार्ड पावर' र 'सफ्ट पावर' दुवैको संयोजनबाट राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउन जंगी अड्डा तहमा योजना र कार्यक्रम निर्माण गरिने उनले बताए। उनले तत्काले आफ्नो कार्यकालका लागि कमान्ड निर्देशन जारी गर्ने जानकारी सकलदर्जालाई दिए। 'आगामी चुनौतीको प्रभावकारी ढंगले सामना गर्न स्तरयुक्त र छरितो सांगठनिक संरचना आवश्यक छ,' प्रधानसेनापति क्षत्रीले भने।
सकल दर्जालाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति क्षत्रीले सेनाको इन्टेलिजेन्स प्रणालीको व्यापक सुधार गर्नुपर्ने बताए। भने, 'सामयिक र दुरुस्त इन्टेलिजेन्सबिना सही नीति–निर्माण र अपरेसनको सफल सञ्चालन सम्भव छैन। विगत द्वन्द्वको अनुभवबाट समेत पाठ सिक्दै हाम्रो इन्टेलिजेन्स प्रणालीमा व्यापक सुधार गरिनेछ।'