अटो र लागूऔषध गाँजासहित दुई जनालाई प्रहरी चौकी पथलैयाले शुक्रबार बिहान पक्राउ गरेको छ।
बाराका प्रहरी उपरीक्षक दिलिप सिँह देउवाले ना २ ह २८८८ नम्बरको अटोमा राखेर हेटौंडाबाट जितपुरसम्म ल्याउँदै गरेको ३५ किलो लागूऔषध गाँजासहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका १३ का संजय स्याङतान र भुवन तितुङ्गलाई पक्राउ गरिएको बताएका छन्।
पथलैया चोकमा प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले चेकजाँच गर्दा झोला भित्रमा लुकाएर अटोमा राखिएको अवस्थामा गाँजा बरामत गरे पछि गाँजाबारे थप अनुसन्धान सुरु गरिएको उपरीक्षक देउवाले बताए।
मकवानपुरमा उत्पादन गरिने लागूऔषध गाँजालाई गाँजा तस्कर समूहले भरिया मार्फत ढुवानी गराएर बारा, पर्सा हुने भारतमा समेत लैजाने गरेका छन्।