काठमाडौं- महिना दिन लामो तराई बन्दको प्रभाव पशुपतिनाथ दर्शनमा देखिएको छ। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा वर्षेनी हुने विशाल घुँइचो यसपल्ट व्यवस्थापकले सहज नियन्त्रण गर्न सकेबाट पनि तराई बन्दको असर पशुपति दर्शनमा परेको प्रष्ट भएको हो।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डनले बिहान ३ बजेदेखि बेलुकी ९ बजेसम्म करिब ५ लाख दर्शनार्थी हुनुको कारण तराई बन्द एउटा रहेको बताए।
'हामीले ६ लाख हाराहारीमा दर्शनार्थी अपेक्षा गरेका थियौं,' उनले भने, 'तर अनुमानभन्दा १ लाख दर्शनार्थी कम हुनुमा तराई बन्दको असर हुनुपर्छ।' दर्शनार्थी कम हुँदा पशुपति क्षेत्रका मुख्य सडकमा सवारीसमेत गुडिरहेका थिए। चावहिलदेखि गौशाला हुँदै एयरपोर्ट गुड्ने सवारीसाधन पनि सहज रुपमा चलिरहेका थिए। सहज यातायातको कारण भने टन्डनले 'लाइन व्यवस्थापन' रहेको दाबी गरे। 'तराई बन्दले पनि कतिपय दर्शनार्थी आउन पाउनुभएन होला,' उनले भने, 'उपस्थित दर्शनार्थीको उचित व्यवस्थापनका कारण पनि घुँइचो नदेखिएको हो।'
सडकमा भीडभाड कम हुनुको मुख्य कारण यसपल्ट पशुपतिका दर्शनार्थी थोरै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी राजेन्द्र भट्टले बताए। 'हामीले हिजो घोषणा गरेको निषेधित क्षेत्रका केही ठाउँबाहेक अन्यत्र सवारीसाधन रोक्न परेन,' उनले भने, 'यसको कारण तराईबाट दर्शनार्थी काठमाडौं आउन नपाउनु र १२ वर्षे गोदावरी जात्रा हुनुपर्छ।'
टन्डनले गोदावरी जात्राका कारण दर्शनाथी कम भएको नस्वीकारे पनि तराई बन्द प्रमुख रहेको स्वीकारेका थिए। यसबाहेक सडकमै आएर नाचगान गर्ने समूहलाई अनुरोध गरी छेउमा सारिएपछि सवारी चल्ने वातावरण बनेको डिएसपी भट्टले जानकारी दिए। 'दर्शनार्थीको लाइन पनि सडकसम्म नआइपुग्दा सवारी चल्न सहज भयो,' उनले भने, 'यसको कारण दर्शनार्थी संख्यामा आएको कमी नै हो।'
महाशाखाले घुँइचो मध्यनजर गर्दै पशुपति क्षेत्र वरपर बुधबार सवारी आवागमन निषेध गरेको थियो। महाशाखाले बत्तिसपुतली, गौशाला, रातोपुल, जयवागेश्वरी, मित्रपार्क, तिलगंगा, बागमती पुल र गौरीघाटमा सवारी आवागमन निषेध गरे पनि दर्शनार्थीको घुँइचो कम भएकाले सवारी चलेको तीज पर्व व्यवस्थापन समिति अन्तर्गतको सूचना, प्रचारप्रसार तथा अनुगमन उपसमिति सचिव रेवतीरमण अधिकारीले जानकारी दिए।
'सडकमै दर्शनार्थी मन्दिर दर्शनका लागि लाइन बस्ने र ठाउँ ठाउँमा रमाइलो गर्नेको भीडले गर्दा सवारी गुड्न पाउँदैनथे,' उनले जानकारी दिए, 'भीड व्यवस्थापनले गर्दा सवारीलाई पनि सहज भयो।'
यसबाहेक पशुपति दर्शन गर्न पूर्वरानी र पूर्वयुवराज्ञी यसपल्ट नआउँदा पनि दर्शनार्थी व्यवस्थापन गर्न कठिन नभएको अधिकारीले जानकारी दिए। चारै ढोकाबाट व्रतालुलाई दर्शनको व्यवस्था गरिँदा पशुपति मन्दिरमा बुधबार हरितालिका तीजको दिन दर्शन सहज भएको उनले बताए। बिहान ३ बजेदेखि नै चारै ढोका खुला हुँदा दर्शनार्थीले करिब एक घण्टामा दर्शन गर्न पाएको कोषले जनाएको छ।
विगतमा पूर्व, पश्चिम, उत्तर र दक्षिण ढोका एक देखि डेढ घण्टा बन्दा हुँदा दर्शनार्थीले धेरै बेर कुर्नु पर्ने कोषका एक अधिकारीले जानकारी दिए। 'मन्दिर दर्शन गर्ने चार वटा लाइनका लागि चारै ढोका बिहानैदेखि खुला भए,' उनले भने, 'यसले गर्दा दर्शनार्थीले १ घण्टामै पशुपतिनाथ दर्शन गर्न भ्याए।'
उनका अनुसार यसअघि पशुपतिनाथस्थित श्रीयन्त्र पूजा गर्दा करिब एक घन्टा तीन वटा ढोका बन्द गर्ने प्रचलन थियो। तर यसपटक १५ मिनेटमात्र ढोका बन्द गरिएकाले पनि दर्शनार्थीले सहज दर्शन पाएको उनले दाबी गरे।
उत्तरढोका क्षेत्रमा पंक्तिबद्ध दर्शनार्थीमध्ये केहीले दर्शनका लागि ३ घन्टा कुर्नु परे पनि अरुले भने १ घण्टामै दर्शन गर्न पाएको टन्डनले दाबी गरे। बेलुकी ९ बजेसम्म करिब ५ लाख दर्शनार्थीले पशुपति दर्शन गरेको उनले जानकारी दिए।
यसबाहेक प्रहरी र सशस्त्रले सुरक्षाको जिम्मेवारी लिएका कारण पनि स्वयंसेवक संख्या थोरै भए पनि दर्शनार्थी व्यवस्थापन गर्न सहज भएको उनले जनाए। 'हामीले शिवरात्रीमा पनि अहिलेकै जस्तो व्यवस्थापन लागू गर्ने सोच बनाएका छौं,' उनले भने, 'हाम्रो व्यवस्थापनले पशुपति दर्शन गर्न आज (बुधबार) सर्वसाधारणलाई सहज भएको हुनुपर्छ।'
दर्शनार्थी खुसी
पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुगेकाले पनि अघिल्लो वर्षभन्दा यसपालि दर्शन गर्न सहज भएको अनुभव बाँडेका थिए। जयवागेश्वरीबाट तीन बजे लाममा उभिएकी चावहिलकी कमला तिमल्सिनाले करिब ४५ मिनेटमा नै दर्शन गर्न पाएको बताइन्। दिउँसो ३ बजे पशुपतिनाथको मुख्य प्रवेशद्वार पुगेकी उनले अघिल्लो वर्षभन्दा सहज दर्शनको व्यवस्था भएको बताइन्।
त्यसैगरि चक्रपथबाट दर्शनका लागि पशुपति पुगेकी शोभा श्रेष्ठले दुई घन्टा लाममा उभिएको बताइन्। 'भीड अघिल्लो वर्षभन्दा कमै थियो,' उनले भनिन्, 'तर लाममा केही भएर होला यत्तिका समय लाग्यो। कतिपयले चाँडै दर्शन गर्न पाए।' उनी पूर्व गेट क्षेत्रबाट दर्शनका लागि लाम लागेकी थिइन्।
त्यसैगरी ललितपुर लगनखेलबाट पुगेकी रमिला चिमरियाले भने दर्शन गर्न ११ बजे लाममा बसे पनि ३ घन्टा लागेको गुनासो गरिन्। 'केही बेर मन्दिरमा पूजा हुँदा दर्शन रोकियो रे,' उनले भनिन्, 'तर अरु वर्षभन्दा छिटै दर्शन गर्न पाइयो।'