काठमाडौं- वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग भएको मेडिकल कलेज सम्बन्धनसम्बन्धी सम्झौताबाट सरकार फेरि पछि हटेको छ। सम्झौता र माथेमा प्रतिवेदनका सुझावविपरीत गठित चिकित्सा शिक्षा आयोगलाई शुक्रबार मन्त्रिपरिषद बैठकले पूर्णता दिएको छ।
त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा कार्यदलले दिएको प्रतिवेदनअनुसार नयाँ मेडिकल कलेज नखोल्ने सुझाव कार्यान्वयन नगरेपछि डा. केसी छैटौंपटक आमरण अनशन बसेका थिए। १४ दिनअघि छैटौं अनशन तोडाउँदा डा. केसीसँग गरेको ११ बुँदे सम्झौताको प्रमुख बुँदा मानिएको मेडिकल कलेजका मनसायपत्र नवीकरण नगर्ने सम्झौता पनि अलपत्र छाडिएको छ।
आयोगमा आइओएमका वरिष्ठ चिकित्सक डा. जगदीशप्रसाद अग्रवाललाई उपाध्यक्ष बनाइएको छ। आयोगको अध्यक्षता प्रधानमन्त्रीले गर्नुपर्ने कार्यदल सिफारिस विपरीत शिक्षामन्त्री अध्यक्ष रहने गरी बुधबारै गठन आदेश जारी भएको थियो। आयोगलाई तीन महिनाभित्र नीति र ऐनको मस्यौदा सरकारलाई बुझाउने कार्यादेश छ।
आयोगमा त्रिवि उपकुलपति डा. तीर्थ खनियाँ, न्याम्स उपकुलपति डा. गणेश गुरुङ, योजना आयोग सदस्य, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था गरिएको छ।
त्यसैगरी, चिकित्सा शिक्षाविज्ञका तर्फबाट डा. संगीता भण्डारी, डा.केके ओली र डा. गोपाल आचार्यलाई सदस्य नियुक्त गरेको छ। ओलीले यसअघि त्रिविले चोर बाटोबाट दिने गरी अघि बढाएको सम्बन्धन प्रक्रियामा एमालेको मनमोहन मेडिकल कलेजको पूर्वाधार पुगेको भन्ने प्रतिवेदन तयार पारेका थिए।
विवादित र कलेजहरुसँग आबद्ध मान्छेलाई नै सदस्यको रुपमा राख्नुले आफूअनुकूलका कानुन बनाउन चलखेल भएको बुझाइ केसी निकटका चिकित्सकको छ।
आचार्य आइओएमका पूर्व डिन एवं मनमोहन मेडिकल कलेजका पूर्व प्रिन्सिपल हुन्। त्यसैगरी, सरकारले विषयगत काउन्सिललाई समेत आयोगको पदेन सदस्य राखेको छ।
मन्त्रिपरिषद सामाजिक समितिले सम्झौताअनुसार एमबिबिएस शिक्षण शुल्क ३५ लाख, डेन्टल १८ लाख र सिट संख्या तीन वर्षभित्र सयमा झार्नसमेत सरोकारवाला निकायलाई निर्देशन दिएको छ। जसअनुसार यो शैक्षिक सत्रका लागि एमबिबिएस अधिकतम सिट संख्या १३५, २०७३/७४ मा ०७४/७५ देखि सय निर्धारण गर्न निर्देशन छ।
शुल्क पहिलोपटक आगामी वर्ष र त्यसपछि प्रत्येक २/२ वर्षमा पुनरावलोकन हुनेछ।
सरकारले चिकित्सा शिक्षा क्षेत्रमा भएका विकृति र अनियमितता छानबिन गर्न पुनरावेदन अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको अध्यक्षतामा सहन्यायाधिवक्ता गीताभक्त तिम्सिना र र डा. जीवन क्षत्री सदस्य रहेको जाँचबुझ आयोगसमेत गठन गरेको छ।
त्यसैगरी, विश्वविद्यालय र प्रतिष्ठिानका पदाधिकारी नियुक्तिमा अन्तर्राष्ट्रिय स्तरको मापदण्ड बनाउने, जानकी मेडिकल कलेजका विद्यार्थीको व्यवस्थापनका लागि पुनः ती निकायलाई लेखिपठाउने मागसमेत पूरा भएको छ।
डा. केसीसँग भएको सम्झौता केयुबाट विस्तारित कार्यक्रमका नाममा दिएको सम्बन्धन छानबिनको जिम्मा दाहाल जाँझबुझ आयोगलाई नै दिने, सरकारी मेडिकल कलेजको संख्या बढाउने, केयु सिनेटमा प्राध्यापकको प्रतिनिधित्व गर्न शिक्षालाई निर्देशन दिएको छ।
डा. केसी असन्तुष्ट
सरकारले अधिकांश माग पूरा गरे पनि प्रमुख माग पन्छाएको र चिकित्सा शिक्षा आयोगको अध्यक्ष शिक्षामन्त्रीलाई राखेको प्रति डा. केसीले असन्तुष्टि जनाएका छन्।
डा. केसीले मूल मागका रुपमा लिएको नयाँ कलेजलाई सम्बन्धन दिने ढोका बन्द गर्ने माथेमा प्रतिवेदनको सिफारिस कार्यान्वयन गर्नै नखोजेको भन्दै निर्णय सच्याउन सरकारलाई पुनः २४ घन्टाको समय दिएका छन्। माग पूरा गर्ने गरी मन्त्रिपरिषद निर्णय सार्वजनिक भएलगत्तै शुक्रबार अपराह्नदेखि सातौं आमरण अनशन रोक्न आग्रह गर्न पुगेका आइओएम पदाधिकारीलाई डा. केसीले २४ घन्टासम्म पर्खिने चेतावनी दिएका छन्।