चितवन–संविधान जारी भएको औपचारिक घोषणासँगै दीपावली गर्न चितवनको चोकचोकमा स्थानीयले विशेष तयारी गरेका छन्। भरतपुर उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रभन्दा भित्र पर्ने लंकू धर्मचोकमा स्थानीयले नेपालको नक्सालाई सात प्रदेशको सातथरी रंगले रंगाएका छन्। बिहानैदेखि राष्ट्रिय गीतहरु बजेका छन्।'घोषणासँगै दीपावली हुने छ,' स्थानीय युवक सुभाष श्रेष्ठले भने । नारायणगढकै बेलचोकमा पनि युवाहरुले नेपालको नक्साबम सप्तरंगी रंग पोतेर साँझ दीपावली गर्ने तयारीमा छन्। चितवनको दलहरुले साँझ संयुक्त रुपमा नारायणगढ बजारमा दीपावली गर्दैछन् भने भोलि सोमबार उत्सव स्वरुप विजय ¥याली निकाल्दै छन्।

पर्यटकीय क्षेत्र सौराहामा पनि पर्यटन व्यवसायीले दीपावलीको तयारी गरेका छन्। 'हामीले संविधान घोषणाको दृश्य प्रोजेक्टर मार्फत सवै एकै ठाउँ जम्मा भएर ठुलो पर्दामा हेर्ने व्यवस्था मिलाएका छौं । घोषणा सकिए लगत्तै ¥याली र दीवापली गर्ने तयारी छ,' क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरेले भने।

तस्विर रमेशकुमार पाैडेल