कतै इँटाका टुक्रा, कतै गिट्टीका पोका
०४ असोज २०७२
•
८ मिनेट पाठ
कतै इँटाका टुक्रा, कतै गिट्टीका पोका
काठमाडौं- संविधानको स्वागतमा टुँडिखेलमा आयोजित विशेष समारोह सुरक्षा प्रबन्धमा व्यस्त महानगरीय प्रहरी आयुक्त कार्यालयमा सोमबार बिहानै फोन आयो– 'चप्पल कारखानामा खतरा लेखिएको पोको देखियो।'

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी तुरुन्तै पुगेर शंकास्पद पोको रहेको स्थान घेरा हाली सर्वसाधारणलाई सय मिटर पर राखे। कारखानाअगाडि रहेको उक्त पोको अवस्था जान्न विष्फोटक पदार्थ पत्ता लगाउने तालिमप्राप्त कुकुर लगियो। कुकुरले पोकोभित्र केही पदार्थ रहेको संकेत गरेपछि विष्फोटक पदार्थ निस्त्रि्कय बनाउने पोसाक र उपकरणसहित प्रहरीको विशेष कार्यदल टोली बोलाइयो।

उक्त टोलीले पोको निस्त्रि्कय पार्दा भित्र सकेट बम आकारको वस्तु मात्र थियो, विष्फोटक पदार्थ थिएन।

'सकेट बम राखेको सूचना आएपछि डिस्पोजल टोली गएर निष्त्रि्कय बनायो,' महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले भने, 'तर त्यसमा विष्फोट हुने कुनै सामग्री रहेनछ, आतंक फैलाउन नक्कली बम राखिएको रहेछ।'

संविधानमा हस्ताक्षर सकिएर आइतबार राष्ट्रपतिबाट जारी गर्ने निश्चित भएसँगै उपत्यका र उपत्यकाबाहिरका केही जिल्लामा बम फेला पर्ने घटना बढेका थिए।

आइतबार विशेष समारोहसाथ राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट पारित नेपालको संविधान– २०७२ जारी हुने कार्यक्रमको सुरक्षाका लागि 'हाइअर्लट' मा रहेका प्रहरी बम निस्त्रि्कय गराउनसमेत व्यस्त थिए।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संविधानको विपक्षमा रहेका समूहले शान्ति–सुरक्षामा खलल पुर्यााउनसक्ने भन्दै विशेष सुरक्षा रणनीतिअनुसार सुरक्षाकर्मी खटिएका थिए। आन्दोलन चर्किएका तराईका केही जिल्लामा सुरक्षाकर्मी उच्च सतर्कतामै राखिएका थिए।

भक्तपुर प्रायः शान्तै रह्यो, काठमाडौं र ललितपुरमा बिहानैबाट बम आतंक फैलियो। ललितपुर उपमहानगरपालिका–३ स्थित सुजुकी मोड र ताल्छीखेलमा बम रहेको स्थानीयबाट सूचना आएलगत्तै महानगरीय प्रहरी परिसर, ललितपुरको प्रहरी टोली पुगेर घटनास्थलको कर्डन गरी बम निष्त्रि्कय बनाउन सेनाको प्राविधिक टोलीलाई खबर गरेको थियो।

ताल्छीखेलको भित्री बाटोमा रातो कपडामा तारले बेरेर 'खतरा' लेखेको पोको देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए। शंकास्पद वस्तु रहेको क्षेत्र वरिपरिकालाई हटाएर २ सय मिटर क्षेत्र खाली बनाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली उपकरणसहित आएर डिस्पोजको प्रक्रिया पूरा गर्योे। सम्भावित विष्फोटक पदार्थ राखिएको वस्तुलाई आधुनिक प्रविधिबाट निस्त्रि्कय पारेपछि खोलेर हेर्दा सलाईको काँटी मात्रै फेला पर्योल।

लगत्तै, ललितपुरकै वडा नम्बर–३ मा रहेको सुजुकी मोडमा रातो कपडाले बेरेको बाकस रहेको सूचना आएपछि सुरक्षाकर्मी त्यता लागे। उही प्रक्रियामा त्यस क्षेत्र खाली गराइयो, सेनाको प्राविधिक टोली बोलाइयो। निष्त्रि्कय गर्ने प्रक्रिया पूरा गरेर हेर्दा नेकपा–माओवादी (मोहन वैद्य समूह) को पर्चा र १० लिटर क्षमताको खाली ग्यालिन मात्रै फेला पर्योर।

यता, काठमाडौंमा पनि बमजस्तो शंकास्पद वस्तु रहेको सूचना आउने क्रम जारी नै थियो। रविभवनचोकमा खतरा लेखिएको ब्यागमा भेटियो। थानकोट त्रिभुवनपार्कअगाडि पनि उस्तै शैलीमा रातो कपडाले बेरेको पोको रहेको सूचना आएपछि यी दुवै स्थानमा विष्फोटक पदार्थ निष्त्रि्कय गराउने सबै प्रक्रिया पूरा गर्दा रविभवनको ब्यागमा माटो र इँटा फेला पर्योु भने थानकोटमा प्लास्टिक र कागज।

आइतबारबाट सुरु भएको आतंक सोमबार पनि कायमै रह्यो।

सोमबार झापाको मेची नगरपालिका–१२ को इँटाभट्टाचोकमा रहेको शंकास्पपद वस्तु, कञ्चनपुरको यातायात कार्यालय अगाडि रहेको कालो कपडाको पोका सबै नक्कली विष्फोटक पदार्थ रहेको फेला पर्योस। कैलालीको लम्कीचुहा थकालीपुरमा केही पड्किएको आवाज आएपछि सुरक्षाकर्मी पुग्दा बाटोमा ग्यास सिलिन्डर गाडेर पड्काएको खुलेको थियो।

प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार खोटाङको दिक्तेल नगरपालिका–२ मा रहेको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्› लयालुको घरको बरन्डामा शंकास्पद वस्तु रहेको सूचना आएपछि पुगेको सुरक्षाकर्मीले डेटोनेटर फेला पारेको थियो। कालो प्लास्टिकले बेरेर राखेको शंकास्पद वस्तु सेनासहितको टोलीले जाँच गर्दा डेटोनेटर र गहुँको मुछेको पिठो फेला परेको थियो।

आइतबार फेला परेका नक्कली बम बन्दआयोजकले त्रास फैलाउने रणनीतिअनुसार राखेको सुरक्षा निकायको विष्लेशण छ। सोमबार समेत यस्ता घटनाले निरन्तरता पाएपछि उनीहरु गम्भीर देखिए।

नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमका अनुसार उपत्यकाभित्र र बाहिर फेला परेका अधिकांश बम नक्कली हुन्। नक्कली नै भए पनि निष्त्रि्कय बनाउन सक्कलीझैं प्रक्रिया पूरा गर्दा पड्केको आवाज आउँदा सर्वसाधारणमा बम नै भएको भ्रम पर्ने गरेको उनले बताए।

'सर्वसाधारणलाई त्रस्त पार्न र सुरक्षाकर्मीको ध्यान मोड्न यस्ता गतिविधि हुने गरेका छन्,' बमले भने, 'अहिलेसम्म फेला परेका सबै नक्कली हुन्।'

शंकास्पद वस्तुप्रति सचेत रहन उनले सर्वसाधारणलाई आग्रह गरे। प्रविधिको सहायता नलिई सक्कली या नक्कली छुट्ट्याउन नसकिने भएकाले त्यस्तो कुनै वस्तु कतै देखिए नचलाई प्रहरीलाई खबर गर्न उनले आग्रह गरे।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस