राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना दुई जना नेताहरुलाई तत्काल रिहाई गर्न माग गरेकाे छ। पार्टीले शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेकाे हाे। पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनुयोजित रुपमा फसाइ नियमविपरित मुद्दा लगाएर थुनामा राखेको नेताहरुले दाबी गरे।
काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ १३ गते सरकारी जग्गासमेत बैना गरी ठगी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको थियो। कित्ता नम्बर ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गासहित बैना पाँच करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको अभियोगमा प्रहरीले उनीहरु दुवैलाई पक्राउ गरेको थियो।
सोही घटनामा राप्रपाबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका-७ का निर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजूसहित ६ जनालाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउको डरले वडाध्यक्ष नायजू भने अहिले पनि फरार नै छन्।
सम्मेलनमा राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले चुनाव सकिएपछि राप्रपाको जनलहर देखेर आत्तिएकाहरुले पार्टीबिरुद्ध षडयन्त्र गर्दै सुनुयोजितरुपमा फसाएको आरोप लगाए।
देवयानी मुद्दा चलिरहेको यस घटनामा नियम विपरित दबाब र प्रभावमा परेर प्रहरीले पक्राउ गरेका आरोप उनले लगाए। उनले २०७७ चैत ३० गते खोटाङको बुइपा-३ का धनिराम राई र रुपसुन्दर चामलिङलाई बैना गरेको उक्त जग्गा २०७८ पुस २३ गते मात्र नेपाल सरकारको नाउँमा कायम भएको अवस्थामा पनि प्रहरीले सत्यतथ्य अनुसन्धान नगरी पक्राउ गरेको जिकिर गरे।
सम्मेलनमा राप्रपाका जिल्ला अध्यक्ष रामशरण लामिछानेले जग्गा लेनदेन सम्बन्धि जाहेरीवाला धनिराम राईसमेत र पक्राउ परेका अधिकारीकोबीचमा भएको सम्झौता अनुसार ६ महिनाको भाखा राखेर २०७७ चैत ३० गते उक्त जग्गा खरिद बिक्रीको लागि बैनापट्टा गरिए पनि २०७८ पुस ३० गतेको अबस्थालाई जोडेर मुद्दा दर्ता गरी राप्रपाका नेता कार्यकर्ता पक्राउ गर्नु वदनियतपूर्ण भएको बताए।
जग्गा बैना तीन वर्ष अगाडि नै गरिए पनि बैना वापत राईसमेतले दिएको रकमको चेक बाउन्स भए पनि पक्राउ परेका अधिकारीसमेतले प्रहरीमा उजुरी नगरी सहमतिमै समस्या सुल्झाउन खोज्दा उल्दै राईको समूहले अधिकारीलाई झूटो उजुरी दिएर पक्राउ गर्न लगाएको अध्यक्ष लामिछानेको भनाई छ। उनले तत्काल पक्राउ परेका अधिकारी र गाईजूलाई रिहा गरी सत्यतथ्य छानबिन गर्न मागसमेत राखे।