काठमाडौं–भारतीय नाकाबन्दीले पेट्रोलियम पदार्थ रोकिइरहँदा सयौं सवारी सरकारले 'कोटा' मा बाँडिरहेको तेल पाउन काठमाडौंका विभिन्न पम्पमा दिनरात लाइन लागिरहेका छन् । केही दिनदेखिको यस्तो अवस्थालाई लिएर मंगलबार काठमाडौंमा पेट्रोलियम पदार्थको विकल्पका रुपमा साइकल चढ्नुपर्ने भन्दै युवाले र्याली गरे।'नो पेट्रोल नो प्रब्लम' नारा लेखेरै उनीहरुले वायु सेवा निगमको न्युरोडस्थित केन्द्रीय कार्यालय अगाडिबाट नयाँ बानेश्वरसम्म सबैलाई साइकल चढ्न आग्रह गरेका थिए । उनीहरुले यसरी साइकल चढ्न आग्रह गरको यो पहिलो ¥याली भने होइन । तर अभावका बेला आफू बाँच्न सिक्नुपर्ने बेला आएर उनीहरुले यस्तो गरेका हुन्।
'अहिले पम्पहरुमा दिनरात नभनी तेल भर्न लागिरहेका छन्,' ¥यालीमा सहभागी चक्सु मल्लले नागरिकसँग भने, 'तर यसरी सधंै कहाँ चल्छ ? हामी आफैंले पनि यसको विकल्प खोज्न सक्छौं । त्यसमा पनि उपयुक्त विकल्प साइकल हो ।'
चार वर्षदेखि हाँकिरहेको मोटरसाइकल त्यागेर तीन वर्षदेखि निरन्तर साइक्लिङ गरिरहेका उनले 'साइकल सिटी' का रुपमा काठमाडौंलाई विकास गर्नुपर्ने धारणा राखे । सडकमा पातलिएका सवारी साधनको विकल्पमा सबै नागरिकले साइकल रोजे तेल अभावले समस्या नपार्ने उनले बताए ।
'पेट्रोल अभाव रहेका बेला साइकलले युवालाई आकर्षित गर्न सक्छ भनेर प्रवद्र्धन गर्न हिँडेका हौं,' स्नातक सकेका उनले भने, 'हामीले यस्तो ¥याली चलाउने सुनेर धेरै साथीले साइकल किन्न सल्लाह मागेका छन् ।'
उनीजस्तै दर्जन युवाले मंगलबार साइकल यात्रा गरेका थिए । पेट्रोलियम पदार्थमा केन्द्रित सवारी साधनको विकल्प नहुँदा दैनिक सयौं सर्वसाधारणले दुःख भोग्नुपरेको उनले सुनाए । साइकलबाहेक विद्युतीय परिवहनमा पनि उनीहरुले जोड दिएका थिए । 'विद्युतीय परिवाहन हाम्रो स्वाभिमान' नारासहित उनीहरुसँगै विद्युतीय सवारी पनि ¥यालीमा ल्याइएको थियो ।
सहरी यातायातलाई सहज बनाउने भन्दै लागिरहेको 'साइकल सिटी नेटवर्क नेपाल' का कार्यकारी निर्देशक रहेका मल्लले काठमाडौंलाई साइकल सिटी बनाउने सपना देखिरहेका छन् । आफ्नो संस्था छ वर्षदेखि सन् २०२० सम्म काठमाडौंलाई साइकलमैत्री बनाउने भन्दै लागिरहेको उनले जानकारी दिए ।
'सुरुमा साइकल चलाउँदा निकै अप्ठेरो लागेको थियो,' उनले भने, 'गाडीले पेलेरै हैरान बनाउँछन् । तर अब सहरलाई नै साइकल सिटी बनाउन लागिरहेका छौं ।' ¥याली आयोजकमध्ये एक क्लिन इनर्जी नेपालका कार्यक्रम संयोजक प्रशान्त खनाल आफैं पनि साइकल यात्री हुन् । वायु प्रदूषणका क्षेत्रमा काम गर्ने क्षेत्र भएकाले साइकल प्रवद्र्धनमा लागेको उनले सुनाए ।
'काठमाडौं वायु प्रदूषणमा सबैभन्दा बढी दोषी पेट्रोलियम पदार्थबाट चल्ने सवारी हो,' उनले भने, 'यसको विकल्प साइकल र विद्युतीय सवारीको प्रयोग नै हो । तर सवारीको मात्रै धेरै प्रयोगले ट्राफिक समस्या आउन सक्छ, त्यसैले उत्तम विकल्प साइकल हो ।'