काठमाडाैं-चाडपर्वकाबेला ग्रामीण भेगमा बस र जिपको छतमा खचाखच भरिएर यात्रा गरेको दृश्य सामान्य लाग्छ। तर अाज-भोली त्यो दृश्य राजधानी काठमाडाैंमै सामान्य भैसकेको छ। सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने नियम र सवारी सुरक्षाका कुरा यतिबेला गाैण भएका छन्। सडकमा सार्वजनिक सवारी भेट्नु र भित्र उभिने ठाउँ पाउनु यात्रुका लागि भाग्यकै कुरा हुन पुगेको छ।
पहिले सवारी साधन रोजेर यात्रा गर्न बानीपरेका यात्रु अचेल सिटमा बस्ने चाहना मारेर छतमै भएपनि गन्तव्यसम्म पुग्नपाए धन्य ठान्छन्। बस, माइक्रो, ट्याम्पोमा झुण्डिएर वा छतमा बसेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सर्वसाधारण। कति त त्यो पनि नपाउँदा लामो दूरीसम्म पैदल हिँडेरै गन्तव्यमा पुग्ने विवश छन्।
भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावमा सार्वजनिक सवारी गुड्न छाडेपछि सर्वसाधारणको विजोग भएको हो।
नागरिकन्युजकर्मी टेकनारायण भट्टराईले फोटो र भिडियोमा काठमाडाैंमा सार्वजनिक यात्राको अवस्था यसरी उतारेका छन्ः
भिडियोः
फोटोहरूः