रोहीणी बस दुर्घटनाः मृतकमध्ये आठ जनाको सनाखत
२२ जेष्ठ २०७९
•
४ मिनेट पाठ
रोहीणी बस दुर्घटनाः मृतकमध्ये आठ जनाको सनाखत
रुपन्देहीमा आज बिहानै बस दुर्घटना हुँदा मृत्यु भएका ९ जना मध्ये ८ जनाको सनाखत भएको छ।  




जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान करिब साढे ४ बजे रुपन्देही स्थित भैरहवा–परासी सडक खण्ड पर्ने  रोहीणी नदीको पुलबाट खस्दा एक महिलासहित ९ जनाको मृत्यु भएको थियो।  

दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षे राजेन्द्र पाण्डे, रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ योगीकुटीका ५६ वर्षीय बिष्णु पौडेल, तिलोत्तमा नगरपालिका ८ की ३७ वर्षीया तुलसी बस्याल, बुटवल उपमहानगरपालिका ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल छन्। मृत्यु हुनेमा बुटवल वडा नं. ६ आदर्शनगर बस्ने अन्दाजी ४० वर्षका अरबिन्द्र शर्मा, सोही स्थानमा बस्ने अन्दाजी ५०/५५ वर्षका नागेन्द्र शर्मा, रौतहटको चन्द्रनिगाहपुरका अन्दाजी २० वर्षका दिनेश दास र भारतको जानकीस्थान सितामाथिका अन्दाजी ४०/४५ वर्षका भारतीय नागरिक सन्जय गुप्ता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।  

मृतक मध्ये एक जनाको अझै सानाखत हुन सकेको छैन। बसमा ३२ जना सवार थिए। घाइते मध्ये १६ जनालाई शरीरका बिभिन्न भागमा चोट लागेको र उनीहरुको भैरहवा स्थित मेडिकल कलेज, भीम अस्पताल, सिद्धार्थसिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए। बाँकी यात्रुलाई सामान्य चोटपटक लागेको र उनीहरु पनि उपचारमै रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेहरुलाई नेपाल प्रहरी र सशस्त्रले तत्काल उद्धार गरी उपचारकालागि भैरहवा ल्याएका थिए।  

जनकपुरदेखि भैरहवासम्मको बाटोमा  दुर्घटनाका लागि जोखिम क्षेत्र भनेर पहिचान गरिएका थुप्रै सडक क्षेत्र पार गरेर आएको बस तराइको सम्मोमा रहेको रोहीणी नदीमा बनाइएको पुलबाट खसेको हो। रोहीणी पुलको करिबबीच तिर आइपुग्दा बसले आफ्नो लेन छोडेर विपरित लेनबाट तल खसेको छ। परासी क्षेत्रबाट भैरहवा आउँदा देब्रे लेनबाट आइरहेको बस पुलको करिब आधा भाग पार गरेपछि दायाँतिरबाट बार तोडेर तल खसेको प्रहरीले बताएको छ।  

दुर्घटना स्थल र दुर्घटनाको प्रकृति हेर्दा लामो दूरीको यात्राका कारण चालक निदाएको वा ओभर स्पिडका कारण बस अनियन्त्रित भइ पुलबाट खसेको हुनसक्ने  प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। बसका चालक नै घाइते भएको र अन्य घाइनेको पनि उद्धार र उपचारलाई पहिलो प्राथमिकता दिनु पर्ने भएकाले दुर्घटनाको कारण बारे अनुसन्धानपछि नै खुल्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी पौडेलले बताए।  

बिहान करिब पौने पाँच बजेतिर दुर्घटनाग्रस्त बस पुलमुनि उत्तानो परेर बालुवामा धसीएको अवस्थामा स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए। तत्काल घटना स्थल पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक केसीका अनुसार उत्तानो परेर पुलमुनि बालुवामा धसीएको बसभित्र यात्रुहरुको रुवाबासी  थियो। प्रहरी निरीक्षक केसीका अनुसार सकुशल रहेका एक/दुई जना यात्रु बसको सिसा फोरेर बाहिर निस्कीएको भएपनि अधिकाँस यात्रुहरु बस भित्रै घाइते अवस्थामा फेला परेका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली तत्कालै घटना स्थल पुगेर उद्धारमा खटिएको स्थानीयले बताएका छन्।

जेठ २१ गते शनिबार साँझ किरब ५ बजे जनकपुरबाट भैरहवाकालागि छुटेको बस झण्डै साढे ११ घण्टाको यात्रा पार गरेर अन्तिम गन्तब्यमा पुग्नै लाग्दा आइतबार बिहान पौने पाँचबजे रोहीणी नदीको पुलबाट खसेको हो। जनकपुरदेखि भैरहवासम्मको दूरी करिब ३७५ किलोमिटर हो। करिब ३७२ किलोमिटरको दूरी पार गरेको बस अन्तिम गन्तब्यमा पुग्न जम्मा तीन किलोमिटरको दूरी बाँकी थियो।  

दुर्घटना न्यूनीकरणकालागि लामो दूरीको यात्रामा दुई जना चालक राख्नु पर्ने नियम बनाइएपनि दुर्घटनग्रस्त बसलाई जनकपुर देखि एक जना मात्रै चालकले हाँकेको दुर्घटनामा घाइते भएकाहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता पौडेलले पनि आइतबार साँझसम्म एक जना चालक घाइते भएको जानकारी पाएपनि दुई जना चालक भए नभएको सम्बन्धमा अनुशन्धान पछि मात्रै पुष्टि हुने बताए। तर पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधीराम खरेलले भने आइतबार दुर्घटनामा परेको बसमा दुई जना चालक रहेको अर्थात लाईसेन्स दुई जनाको रहेको दाबी गरे।

२५० किलोमिटर वा सो भन्दा लामो दूरीको बसमा दुई जना चालक राख्नु पर्ने नियम छ।  तर कतिपय बस मालिकहरुले  खर्च कम गर्न लामो दूरीका बसमा पनि  हेल्पर तथा कन्डक्टरलाई नै सहचालक भनेर सो नियम छल्ने गरेको यातायात क्षेत्रकै जानकारहरु बताउँछन्। पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष खरेलले आइतबार भएको बस दुर्घटना निकै दुःखद् भएको भन्दै निष्पक्ष छानविन गर्नु पर्ने बताए। बुटवल–नारायणगढ सडक खण्डको दुरावस्थाका कारण बुटवल हुँदै भैरहवा जानु पर्ने बस नवलपरासीबाटै परासी–भैरहवा खण्ड हुँदै भैरहवा जानु परेको उल्लेख गर्दै उनले जिर्ण र भत्केका सडक र साँगुरा पुल दुर्घटनाको मुख्य कारण भएको पनि बताए।  

‘यदी यो दुर्घटनामा मानवीय या अन्य कुनै ठोस कारणसहित कुनै पक्ष दोषी देखियो र कारबाही गर्नु पर्ने अवस्था आयो भने हामीले त्यसमा सहयोग नै गर्छौ। हामीले हाम्रो नजिकको या परको भन्ने छैनौं। तर छानविन निश्पक्ष हुनु पर्छ। दुर्घटनाका सुक्ष्म कारणहरु खोजेर त्यसको समाधान पनि राज्यले खोज्नु पर्छ’अध्यक्ष खरेलले भने। आइतबारको दुर्घटनाबाट ठुलो मानवीय क्षति भएको भन्दै उनले यस्तो दुर्घटना नदोहोरीयोस भन्नका लागि सम्बन्धित पक्ष, राज्य,आम नागरिक सबै बेलैमा सचेत हुनु पर्नेमा उनले जोड दियो।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस