काठमाडौं- हुन्डी? यो यस्तो अवैध आर्थिक कारोबार हो जुन व्यक्तिको सन्जालबाट चल्छ। नेपालमा घुसदेखि अपहरणकारीलाई बुझाउने फिरौतीसम्म यही माध्यमबाट हुने गर्छ।
आतंकवाद र संगठति अपराधमा संलग्नले आर्थिक लेनदेनमा यो माध्यम अपनाएपछि अन्तर्राष्ट्रिय रुपमै प्रतिबन्धित हुन्डी कारोबार नेपालमा अझै कतिसम्म सक्रिय रहेछ भन्ने बुधबारको घटनाले देखाएको छ।
विदेशी मुद्रा सटहीको अनुमति लिएर पैसाको अवैध ओसारपसार (हुन्डी) गरिरहेको सुराकीका आधारमा प्रहरीले बुधबार दिनभर राजधानीका मुख्य मनी चेन्जरमा छापा मार्दा त्यहाँबाट हुन्डी कारोबार भइरहेको आशंकामा १२ जना सञ्चालकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाले सूचना नचुहियोस् भनेर आठवटा टोली बनाएर बुधबार राजधानीको ठमेल, न्युरोड र सुन्धारा क्षेत्रका आठवटा मनी चेन्जरमा एकै समय छापा हानेको थियो।
न्युरोडको आरबी कम्प्लेक्सस्थित नीलगिरी मनी ट्रान्सफर, सुन्धारास्थित देउराली मनी ट्रान्सफर, न्युरोडस्थित न्युरोड मनी एक्सप्रेस, नर्थ प्वाइन्ट मनी ट्रान्सफरलगायतमा छापा मारेर प्रहरीले फेला परेको २ करोड ५० लाख रुपैयाँ शंकास्पद भन्दै अनुसन्धानका लागि जफत गरेको छ।
मनी चेन्जरको आवरणमा हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले मिलापचन्द जैन, शंकरलाल कोठारी र अनिल गुरुङलगायतलाई पक्राउ गरेको हो। छापा मार्दा २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम फेला परेको र अधिकांश नेपाली रुपैयाँ रहेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए। उनका अनुसार नीलगिरीमा सबैभन्दा धेरै ८८ लाख फेला परेको थियो।
छापा मार्दा दुइटा मनी चेन्जरले अनुमति नै नलिई पैसा सटहीका रूपमा हुन्डीको कारोबार गर्ने गरेको खुलेको खनालले जानकारी दिए। नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा सटहीका लागि अनुमति लिए पनि उनीहरूले त्यसैको आवरणमा हुन्डी कारोबार गर्ने गरेको देखिएको उनले बताए।
हुन्डीमा संलग्नलाई मुद्रा अपचलन र राजस्व छलीमा कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी तयारी छ। हुन्डी आफैंमा अवैध र गम्भीर प्रकृतिको आर्थिक अपराध भएकाले यसमा संलग्नमाथि आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको र हुन्डीमार्फत सो धुल्याउने गरेको आरोपमा मनी लाउन्ड्रिङ कानुनसमेत आकर्षित हुने एक जानकारले बताए।
'अनुसन्धानमा खुलेअनुसार जुन–जुन कानुन आकर्षित हुन्छन्, ती सबैमा केन्द्रित भएर अनुसन्धान गछर्ौं,' एसएसपी खनालले भने, 'अहिले हामी छापा मार्ने र पक्राउ गर्न केन्द्रित छौं, ती काम सकिएपछि मनी लाउन्ड्रिङ, संगठित अपराध कुन–कुन आकर्षित हुन्छन्, सम्बन्धित सरोकारवाला निकायसँग परामर्श गछर्ौं।'
हुन्डीको बलियो जालो
काठमाडौंका सुन्धारा, न्युरोड, दरबारमार्ग, बौद्ध हुन्डी कारोबारमा कहलिएका क्षेत्र हुन्। रक्तचन्दन, सुन तस्करीसँगै अवैध रूपमा संकलन गरिएको पैसा, अपहरणमा पीडितसँग लिइएको फिरौती रकमसम्म कारोबारीले हुन्डीमार्फत बाहिर पठाउने र भिœयाउने गरेको सूचना प्रहरीमा भए पनि गम्भीर आर्थिक अपराध नियन्त्रणले प्राथमिकता पाएको थिएन।
जानकारस्रोतका अनुसार पाकिस्तानीको योजनामा बैंककमा पढिरहेका तीन नेपालीका परिवारसँग अपहरणमा संलग्न समूहले हुन्डीमार्फत नै रकम थाइल्यान्ड भिœयाउने प्रयास गरेको थियो। सुन तस्करीको अनुसन्धानका क्रममा न्युरोडका सुन कारोबारी हुन्डी कारोबारमा संलग्न देखिए पनि उनलाई हुन्डीको पाटोबाट उन्मुक्ति दिइएको थियो।
स्रोतका अनुसार पछिल्लो समय काम गरिदिएबापत हुने अतिरिक्त रकम लिँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायको फन्दामा पर्ने क्रम बढेपछि घुसबापतको ठूलो रकम हुन्डीमार्फत दोस्रो देश पुर्या एर पुनः हुन्डीको जालोमार्फत नै स्वदेश भिœयाउने गरिन्छ। तर सूचना भए पनि उच्च प्रहरी अधिकारीको संरक्षण, अवकाशप्राप्त उच्च प्रहरी अधिकारीकै संलग्नता र सक्रियताका कारण प्रहरी हुन्डी नियन्त्रणमा प्रवेश नै गर्न सकेको थिएन।
अपहरण, वन्यजन्तुका अंग, जडीबुटीको तस्करीमा संलग्न व्यक्ति–समूहको पक्राउपछि उनीहरूले प्रयोग गर्ने हुन्डीको सञ्जाल र त्यसका सञ्चालक खुले पनि अनुसन्धान त्यो पाटोमा अनुसन्धान गर्न सम्बन्धित निकायले चासो देखाएको थिएन।
सरकारी निकायको एक्लो प्रयासमा मात्रै हुन्डीमार्फत हुने आर्थिक कारोबार नियन्त्रण असम्भव देखिएपछि केही वर्ष अगाडि नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संयुक्त अभियान सुरु गर्ने पहल गरे पनि प्रभावकारी र निरन्तर हुन सकेन।
महाशाखाले मनी चेन्जरमार्फत हुन्डीको सञ्जालमा प्रवेश गरे पनि यसको जालो काठमाडौं उपत्यकामा मात्रै केन्द्रित छैन। उपत्यकाबाहिरका सहरमा समेत हुन्डीको जालो फैलिएको छ। हुन्डीबारे जानकार एक अधिकारीका अनुसार कालोबजारीमार्फत आर्जन गरेको सम्पत्तिलाई वैध बनाउन कर्पोरेट हाउस, विदेशबाट हुने सामान आयात, नक्कली आयात र व्यापारीसँग हुने अनौपचारिक कारोबारसँगै वैदेशिक रोजगारीमा विभिन्न देशमा पुगेका नेपालीको कमाइ नेपाल भिœयाउनसमेत हुन्डी सञ्जाल उपयोग हुने गरेको छ।
गम्भीर प्रकृतिका आपराधिक घटनामा समेत हुन्डीको उपयोग हुने गरेको देखिएपछि नै प्रहरी सक्रिय भएको एसएसपी खनाल बताउँछन्। तस्करी, अपहरण लगायतका संगठित अपराधबाट आर्जित रकम हुन्डीमार्फत नै कारोबार हुने गरेको देखिएको बताउँदै उनले सुरुमा मनी चेन्जरबाट अनुसन्धानमा प्रवेश गरेको र हुन्डी कारोबार हुने सम्भावित अन्य क्षेत्रमा अनुसन्धान विस्तार गरिने बताए।
'व्यक्तिगत रूपमा घरलाई अखडा बनाउने र कानुनी कारोबारको आवरणमा गैरकानुनी काम भइरहेको हुन सक्ने अन्य क्षेत्रसमेत पहिचान गरिरहेका छौं,' खनालले भने, 'यो प्रारम्भ मात्रै हो, अनुसन्धान अन्य क्षेत्रमा समेत प्रवेश हुन्छ।'