'ठेक्का रद्द गरी फास्ट ट्र्याक आफैं बनाऊँ'
१४ असोज २०७२
•
१२ मिनेट पाठ
'ठेक्का रद्द गरी फास्ट ट्र्याक आफैं बनाऊँ'
काठमाडौं- काठमाडौं–तराई फास्ट ट्र्याक वर्तमान ठेक्का प्रक्रियामा निर्माण गर्दा राज्यलाई खर्बौं रुपैयाँ व्ययभार पर्ने देखिएपछि यो प्रक्रिया रद्द गर्नुपर्ने निष्कर्ष निकालिएको छ। संसदको अर्थ समितिअन्तर्गत गठित उपसमितिले अध्ययनको निचोड निकाल्दै अहिलेको ठेक्का रद्द गरेर सरकार आफैंले फास्ट ट्र्याक बनाउनुपर्ने सुझाव दिएको हो।उपसमितिले बिहीबार अर्थ समितिलाई प्रतिवेदन बुझाउँदै सरकारले निर्माणकर्ता कम्पनीलाई न्यूनतम आम्दानी ग्यारेन्टी, सहुलियत ऋण र अनुदान दिने तयारी गर्नु आर्थिक अपराध भएको निष्कर्ष निकालेको हो।

फास्ट ट्र्याक निर्माण जिम्मा दिन लागिएको भारतीय आइएल एन्ड एफएस कम्पनीलाई अनुदान र सहुलियत ऋणसहित करिब ९० अर्ब रुपैयाँ सरकारले लगानी बेहोरिदिनु गलत रहेको उपसमितिको ठहर छ। सभासद केशवप्रसाद बडाल संयोजकको उपसमितिले न्यूनतम सवारी आवागमनको अनुमान तथ्यभन्दा धेरै देखिएकाले यस्तो ग्यारेन्टी गरी कम्पनीसँग सम्झौता गर्न नहुने अध्ययनमा छ।

सडक सरकार आफैंले बनाउनुपर्ने भन्दै बडालले आइतबार बस्ने पूर्ण समितिको बैठकमा छलफल गरी सरकारलाई बुँदागत सुझाव दिइने बताए। 'सरकारले यो सडक जुनरुपमा अगाडि बढाउन खोज्यो, यसरी जाँदा अर्बौं रुपैयाँ आर्थिक नोक्सानी बेहोर्नुपर्छ,' उनले बिहीबार नागरिकसँग भने, '९० अर्ब रुपैयाँ सरकारले नै जोहो गरिदिँदैछ भने आफैं यो ट्र्याक बनाउने क्षमता राख्छ।'

भारतीय कम्पनीले निर्माण सम्पन्न भएको पहिलो वर्ष नै ४५ हजार १७ कार (पर कार युनिट–पिसियु) गुड्नुपर्ने र उक्त संख्या नपुगे सरकारले त्यसको क्षतिपूर्ति तिर्नुपर्ने प्रस्ताव राखेको छ। यसरी आम्दानी ग्यारेन्टीको जिम्मा लिँदा २५ औं वर्षमा सरकारलाई ८ अर्ब ७० करोड रुपैयाँ नोक्सान पर्ने बडालले जानकारी दिए।

आयोजना निर्माण सकिएपछि पहिलो वर्ष सरकारले ग्यारेन्टी गरेको १ करोड ६४ लाख ४१ हजार ३ सय २२ र हरेक वर्ष बढ्दै गई २५ औं वर्षमा २ करोड ४७ लाख ४९ हजार ६ सय ७९ पुग्ने अध्ययनमा उल्लेख छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको जानकारीअनुसार अहिले नागढुंगा र फर्पिङबाट गरी दैनिक ८ हजार ६ सय ६८ सवारी आवागमन हुन्छ। यसैका आधारमा प्रस्तावित सवारी कुनै हालतमा नपुग्ने हुँदा सोझै राज्यको ढुकुटीबाट वार्षिक अर्बौ रुपैयाँ कम्पनीलाई तिर्नुपर्ने देखिन्छ।

'फास्ट ट्र्याकसँग दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल जोडिएको छ, यो दुवै आयोजना एकसाथ निर्माणमा जानुपर्छ,' उनले भने, 'विमानस्थलको प्रारम्भिक काम पनि भएको छैन, अहिलेकै अवस्थामा दुवै आयोजना एकसाथ निर्माण हुने सम्भावना देखिँदैन। त्यसैले अहिलेको प्रक्रिया खारेज गरेर सरकार आफैंले यो सडक बनाउनुपर्छ।'

मुलुकको आर्थिक रुपान्तरणसँग जोडिएको सडक निर्माण गर्दा घाटा सरकारले बेहोर्नुपर्ने र नाफा कम्पनीले लैजाने अव्यवहारिक सम्झौता गर्न नहुने पनि बडालले बताए। सरकारले निर्माण, सञ्चालन र स्वामित्व हस्तान्तरण (बुट) र सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्ने भने पनि यो प्रक्रिया दुवै मोडलविपरित रहेको पनि उपसमितिले निष्कर्ष निकालेको छ।

आयोजनामा लाग्ने भनिएको कममध्ये सरकारले ९० अर्ब रुपैयाँ लगानी गर्ने अवस्थामा आइएल एन्ड एफएसलाई लगानीकर्ताको रुपमा उल्लेख गर्न नसकिने उपसमितिको अध्ययनमा उल्लेख छ। प्रतिवेदनअनुसार सन् २००८ मा एसियाली विकास बैंक (एडिबी) ले गरेको अध्ययनमा अनुमानित लागत ६७ अर्ब रुपैयाँ तोकिएको थियो। उक्त रकम वर्तमान मूल्यमा रुपान्तरण गर्दा ९७ अर्ब रुपैयाँ हाराहारी हुन्छ। तर, कम्पनीले राज्यलाई बढी दायित्व पर्ने गरी प्रक्षेपण गरी विस्तृत आयोजना अध्ययन (डिपिआर) तयार पारिएको छ।

डिपिआर तयार गर्दा अन्तर्राष्ट्रिय मापदण्डलाई आधार नबनाइएको र नेपाल राष्ट्र बैंकको इन्डेक्सलाई समेत आधार नलिइएको हुँदा लागत अनुमान वस्तुपरक र यथार्थपरक नदेखिएको अध्ययनको निष्कर्ष छ। तीन प्रतिशत ब्याजमा ७५ अर्ब रुपैयाँ सहुलियत ऋण र १५ अर्ब रुपैयाँ अनुदान सरकारले दिने तर ऋण लगानीको सावाँब्याज भुक्तानी र अनुदान रकमको सम्बन्धमा स्पष्ट उल्लेख नगरेको उपसमितिको अध्ययनमा छ।

अहिलेको प्रक्रियाबाट सडक बनाउँदा सयौं वर्षसम्म राज्यले नोक्सानी बेहोर्नुपर्ने हुँदा तत्काल ठेक्का रद्द गर्नुपर्ने पूर्वमुख्य सचिव लीलामणि पौडेलले बताए। 'यो सडक सरकार आफैंले बनाउन सक्छ, अहिलेको ठेक्का प्रक्रियामा सडक बनाउँदा राज्यको अर्थतन्त्र टाट पल्टन्छ। ९० अर्ब रुपैयाँ निजी कम्पनीलाई दिन तयार देखिएको सरकारले आफैं बनाउन सक्दैन भने उसको काम कसरी नियमन गर्न सक्छ?' उनले प्रश्न गरे।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलको संयोजकत्वमा ठेक्का प्रक्रिया पुनर्मूल्यांकन समिति गठन भएको थियो। उक्त समितिले भारतीय कम्पनीसँग मुलुकको हितमा हुने गरी पुनः वार्ता गरेर निर्माण प्रक्रिया अगाडि बढाउन सुझाव दिएको भौतिक पूर्वाधार तथा यातायात सचिव गजेन्द्रकुमार ठाकुरले बताए।

सामाजिक सञ्जाल टि्वटरमार्फत पौडेलले ८ खर्ब ७० अर्ब आम्दानी ग्यारेन्टी, १५ अर्ब रुपैयाँ अनुदान र सस्तो ऋणमा ७६ किलोमिटर बाटो बनाउन दिएर छोरा–नातिलाई समेत गरिब बनाउने गरी सम्झौता नगर्न खबरदारी गरेका छन्।

पहिलो ठेक्का आह्वान गर्दा आसयपत्र (एलओआई) बुझाउने समय ४५ दिन राखे पनि दोस्रोपटकको ठेक्कामा यस्तो समय ३० दिनमा छोट्ट्यायो। गलत नियतकै कारण दोस्रो पटक समय कम राखिएको मन्त्रालयकै अधिकारी बताउँछन्।

त्यतिबेला दुई चिनियाँ कम्पनीले आसयपत्र बुझाउने म्याद एक साता माग्दा तत्कालीन सचिव तुलसीप्रसाद सिटौलाका कारण म्याद नथपिएको कर्मचारीको आरोप छ।

सार्वजनिक खरिद ऐनमा समेत अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्दा आसयपत्र बुझाउने समय ४५ दिन तोकिएको हुन्छ। तत्कालीन सचिव सिटौलाले खरिद ऐन नै उल्लंघन गरेको स्रोतले बतायो। १ हजार रुपैयाँप्रति पिसियु (अध्ययनले एक कारबराबर एक पिसियु मानेको छ) भए पुग्नेमा नयाँ ठेक्कामा १ हजार ५ सय ५८ रुपैयाँ कायम गरिएको छ।

कम्पनीले प्रस्ताव गरेको प्रतिकार (पिसियु) का आधारमा ७६ किलोमिटर सडकमा एउटा मोटरसाइकलले ७ सय ७९ रुपैयाँ टोल शुल्क तिर्नुपर्छ। यस्तै, कारले १ हजार ५ सय ५८, बस/ट्रकले ३ हजार १ सय १६ र ठूला मालवाहक ट्रकले ४ हजार ४ सय ७४ रुपैयाँ टोल शुल्क तिर्नुपर्छ। यस्तो टोल शुल्क संसारकै महँगो भएकाले सवारीले वैकल्पिक बाटो उपयोग गर्न सक्ने बडालको ठम्याइ छ।

टोल रकम र ठेकेदारले प्रस्ताव गरेको सवारी संख्याबापतको रकम नउठे त्यसबाट कम्पनीलाई पर्ने नोक्सान सरकारले बेहोर्ने प्रस्ताव गरिएको थियो। यो प्रक्रियामा जाँदा २५ वर्षमा सरकारले कम्पनीलाई करिब ११ खर्ब रुपैयाँ दिनुपर्थ्यो। यसको चर्को विरोध भएपछि नयाँ प्रावधानका आधारमा छलफल अगाडि बढाइएको हो।

सरकारले ११ खर्ब रुपैयाँ तिर्नुपर्ने देखिएपछि वार्षिक साढे १५ अर्ब रुपैयाँ आम्दानी ग्यारेन्टी र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने प्रावधान अगाडि सारेको हो। अनुदान, सहुलियत ऋण र आम्दानी ग्यारेन्टीको व्यवस्था एलओआइमै उल्लेख गरेर प्रतिस्पर्धामा थप कम्पनी आउने सम्भावनालाई तत्कालीन सचिव सिटौलाले बेवास्ता गरेको मन्त्रालयका कर्मचारीको आरोप छ।

एडिबीले गरेको अध्ययनअनुसार पहिलो ठेक्का गर्दा आर्थिक वर्ष २०७१/७२ लाई निर्माण वर्ष मानी २०७५/७६ मा आयोजनाको निर्माण पूरा हुने अनुमान गरिएको थियो। यसका आधारमा निर्माण सकिएको वर्ष दैनिक ७ हजार ३ सय २१ पिसियू (सवारी गुड्ने) प्रक्षेपण थियो। यसो हुँदा सरकारले निर्माणकर्ता कम्पनीलाई पहिलो वर्ष २ अर्ब ६७ करोड रुपैयाँ थप रकम तिर्नुपर्थ्यो।

सरकारले फास्ट ट्र्याक निर्माणको जिम्मा लिन लागेको कम्पनीका लागि १५ अर्ब रुपैयाँ लगानी, ३ प्रतिशतमा ७५ अर्ब रुपैयाँ सहुलियत ऋण गरी ९० अर्ब रुपैयाँ जोहो गरिदिँदैछ। १ खर्ब १२ अर्ब रुपैयाँ लागत गरिएकोमा कम्पनीले जम्मा २२ अर्ब लगानी गर्नेछ। सरकारले यति ठूलो रकम दिनुभन्दा आफैंले बनाउनु उचित हुने सडक विभागका पूर्वमहानिर्देशक शर्माको भनाइ छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस