झापा- 'नेपाली नाकामा उत्पन्न असुरक्षा' ले पेट्रोलियम पदार्थ पठाउन नसकिएको दाबी गरिरहेको भारतीय पक्षले नेपाली ट्यांकरलाई तेल भर्नै नदिएको खुलेको छ।अघोषित नाकाबन्दीपछि पूर्वी सीमावर्ती नाका भारतको पानीट्यांकीमा लामबद्ध सयौं ट्यांकर रित्तै छन्। तेल लिन गएका कतिपय ट्यांकरलाई पालो कुर्न भन्दै सात दिनदेखि कुराइए पनि तेल दिने छेकछन्द छैन।
पानीट्यांकीमा रोकिएका रित्ता ट्यांकरबीच पाँचवटामा मात्र ग्यास भरिएका छन्।
अवरोध र धर्नाविहीन नाकामा पनि भारतले 'असुरक्षा' व्याप्त रहेको भन्दै नाकाबन्द गरिरहेको छ। नेपाली पक्ष अहिलेसम्म पूर्वी नाकाबाट यही बहानामा पेट्रोलियम पदार्थ नआएको विश्वासमा थियो। तर, जब पूर्वी नाका आउन ठिक्क परेका साधनमा पेट्रोलियम पदार्थ नभएको र भारतीय पक्षले तेल भर्नै नदिएको जानकारी भयो, नेपाली व्यवसायी आक्रोशित छन्।
'यताबाट तेल भर्न गएका दर्जनौं ट्यांकर सातादेखि पालो कुरेर बसेका छन्,' मेची उद्योग वाणिज्य संघका महासचिव वसन्त तिवारीले नागरिकसँग भने, 'भारतीय पक्षले तेल भर्नै दिएको रहनेछ। प्रचारचाहिँ असुरक्षा भनेर गर्दोरहेछ।'
स्थानीय व्यवसायीका अनुसार काँकडभिट्टादेखि धरानसम्मको १ सय २५ किलोमिटरभन्दा लामो दुरीमा कहीँकतै यातायात अवरोध छैन। अझ भारतीय संस्थापनले भने आन्दोलनकारीको अवरोधकै कारण तेल बोकेका गाडीका चालक नेपाल जानै नमानेको बताउँदै आएको छ। तर, भारतीय नाकामा अलपत्र नेपाली चालक यस्तो भारतीय दाबीमा सत्यता नभएको बताइरहेका छन्।
'हामीले पठाएका गाडी त्यसै रोकिएका छन्,' महासचिव तिवारीले भने, 'उनीहरू कहिले घर आउन पाइन्छ भन्दै गुनासो गरिरहेका छन्।
पानीट्यांकी नाकामा रोकिएका साधनमा पेट्रोलियम पदार्थ नरहेको नेपाली सुरक्षा अधिकारीले पनि पुष्टि गरेका छन्। 'खाना पकाउने ग्यास बोकेका पाँच वटा गाडी यता आउने लाइनमा छन्,' काँकडभिट्टा प्रहरीप्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले भने, 'तर तेल भरिएका गाडी एउटै छैनन्।'
स्रोतका अनुसार नेपाललाई पेट्रोलियम पदार्थ बिक्रीको एकाधिकार प्राप्त भारतीय सरकार मातहतको आयल निगम आइओसीले राजनीतिक तहमा समस्या समाधान गरेपछि मात्र नेपाललाई पेट्रोलियम पदार्थ आपूर्ति गर्ने बताएको छ। सामान्य अवस्थामा पूर्वी नाका हुँदै दैनिक १५ देखि ३५ वटासम्म पेट्रोलियम ट्यांकर नेपाल भित्रन्थे। तर, नाकाबन्दीयता तेल भर्नै नदिएपछि एउटै पनि साधन आएका छैनन्।
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार भारतीय आयल निगमले सीमावर्ती सिलगढीस्थित एनजिपी डिपोमा नेपालबाट तेल भर्न गएका तीन दर्जनभन्दा धेरै गाडी रित्तै पालो पर्खेर बसेका छन्।
'भारतभित्रैका गाडीलाई धमाधम तेल दिएको डिपोले नेपाली गाडीलाई तेल दिएकै छैन,' उद्योग वाणिज्य संघका महासचिव तिवारीले थपे, 'यही भएर नेपालमा हाहाकार भइरहेको छ।' पेट्रोलियम डिलर्सका अध्यक्ष लय भण्डारीका अनुसार नेपाली गाडीलाई तेल नदिइएपछि धेरै खाली गाडी फिर्ता बोलाउनुपरेको छ ।
'तेल नभएकै कारण जिल्लाका सबै पम्प बन्द छन्,' उनले भने, 'तेल लिन पठाएका साधन रित्तै फर्केका छन्। हामीलाई तेल भर्न दिइएको छैन।'
तेल भर्नै नदिएको भारतीय पक्षले सीमा नाकामा नेपालीप्रति झनै आक्रामक रवैया देखाइरहेको छ। अन्य सामान बोकेका साधन दर्जनौंको संख्यामा छाडेको भारतीय सुरक्षा बलले नेपाली नम्बर प्लेटका बाइकलाई स्थानीय पम्पमा इन्धन भर्न पनि रोक लगाएको छ। बुधबारयता सयौं नेपाली रित्तै फर्केका छन्। 'तेल पाउने आशामा दुई घन्टाभन्दा लामो समय लाइनमा बसियो,' शनिश्चरेका इन्द्रकुमार चौधरीले भने, 'तर पालो आउनै लाग्दा पम्पमै भारतीय सुरक्षाकर्मी आएर नेपाली नम्बरका बाइकलाई छानी–छानी खेदाए।'