मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडास्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको हो।
टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको र मोटरसाइकलको पछाडि सवार भारत अररिया कुसाकट्टाका अन्दाजी २२ वर्षीय किसन कुमजार कामत घाइते भएको प्रहरीले जनाएको छ। कामतको रंगेली अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकको साथमा आवश्यक कागजपत्र फेला नपरेको र तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।