नदीजन्य पदार्थको उत्खननमा रोक
२३ जेष्ठ २०७९
•
२ मिनेट पाठ
नदीजन्य पदार्थको उत्खननमा रोक
पाटन नगरपालिकाले नदीजन्य पदर्थाको उत्खननमा रोक लगाएको छ। सुर्नया नदीबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको हो।




उक्त नदीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको हो। नदीबाट अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन भइरहेकाले अर्को सूचना जारी नभए सम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए।

नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो। सुर्नया नदीबाट निर्वाध रुपमा ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री उत्खनन् हुँदा नदी प्रणालीमै समस्या आएकाले नगरपालिकाले यो निर्णय गरेको बताइएको छ। नदीजन्य पदार्थको व्यवस्थित तरिकाले उत्खननका लागि नगरपालिकाले कार्यविधि बनाउने र त्यसपछि ठेक्का प्रणाली मार्फत नदीजन्य पदार्थको उत्खनन गर्न दिने तयारी गरिएको छ।

नगरपालिकाले ठेक्का प्रणाली मार्फत निश्चित मापदण्डका आधारमा ढुंगा, बालुवा, गिट्टी उत्खनन गर्न दिनेछ। यसका लागि मापदण्ड बनाइने पाटन नगरपालिकाले जनाएको छ। यसैबीच विभिन्न निर्णयहरु पारित गर्दै पाटन नगरकार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ। नगरपालिकाभित्र सेवाका लागि आउने नागरिकलाई सहयोग होस भनेर हेल्प डेस्क सञ्चालन गर्नुका साथै डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याउने निर्णय भएको छ।

यस्तै किसानहरुलाई भैँसीपालन व्यवसायमा आकर्षित गर्नका लागि अनिवार्य पशु बीमा कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रभित्रका छाप्राहरुलाई करको दायरमा ल्याउन विज्ञ समिति गठन गर्ने, नगर क्षेत्र भित्रका प्रत्येक विद्यालयमा योग शिक्षा सञ्चालन गर्ने, मुख्य बजारहरुमा महिनाको एक दिन हाट बजार सञ्चालन गर्ने र नगरपालिका कार्यालय सञ्चालनमा आवश्यक फर्निचर लगायतका सामग्री खरिद गर्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णय भएको छ।

नगर प्रमुख शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने, पूर्ण स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने, भारतमा काम गर्ने नगर क्षेत्रभित्रका मजदुरहरुको दुर्घटना बीमा गर्ने लगायतका निर्णय गरिएको छ।
अर्को समाचार
ताप्लेजुङमा भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खननमा रोक
०३ असार २०८२
•
१ मिनेट पाठ
ताप्लेजुङमा भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खननमा रोक
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको छ ।




ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन) को व्यवस्था सम्झाउँदै प्रशासन कार्यालयले भदौ मसान्तसम्मका लागि ढुङ्गा, गिटी, बालुवा उत्खननमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले ढुङ्गा,गिटी,बालुवा उत्खनन,बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को कार्यान्वयन गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्राप्त पत्र कार्यान्वयनका लागि सबैलाई आग्रह गरेका छन् ।

ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को संशोधित दफा (४) को उपदफा (१६) मा प्रत्येक वर्षको असार १ गते भदौ मसान्तसम्म  नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ । 
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस