बञ्चरे डाँडाका स्थानीय फोहोर फाल्न नदिने भन्दै आन्दोलित भएपछि प्रहरी परिचालन गरिएको छ। सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि आज फोहोर बोकेर बन्चरेडाँडा गएका सवारी साधनलाई स्थानीय वासिन्दाले बीचमै रोकेपछि प्रहरी परिचालन गरिएकाे हाे।
स्थानीयले फोहोर फाल्न नदिने भन्दै सिसडोल र बञ्चरे डाँडाबीचको आलेटार भन्ने ठाउँमा बिहानदेखि धर्ना दिइराखेका थिए। प्रहरीले अहिले भने कसैलाई पनि हिँड्न नदिएको बताएकाे छ।
त्यहाँ पुगेका एक प्रहरी अधिकृतका अनुसार फोहोर फाल्ने ठाउँमा अहिले डोजर लगाएर त्यहाँ चुलिएको फोहोर हटाउने काम भइरहेको छ। फोहोर बोकेर आएका गाडी बीच बाटो मै छन्। अहिलेसम्म फोहोर लगिसकिएको छैन।
प्रहरी र सशस्त्र प्रहरी मिलेर अवरोध पुर्याउन खोज्नेलाई हटाउने काम भइरहेको उनले बताए। बञ्चरे डाँडामा प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक गौतम मिश्रसहितको टोली पनि पुगेको हो।