चितवन–गाउँमा कालु र दिलबहादुरसमेत भनिने चिनिने शक्तिखोर–३ देबेटारका राजकुमार प्रजाको घरमा ११ जना भेला हुन्छन्। ०६३ साल असार अन्तिम तिरको साँझ आठ बजे भेला भएकाहरु राता रात छ घण्टा हिडेर पिप्ले गाविसको लोथर बाँध नजिक पुग्छन्।त्यहाँबाट राप्ती नदी तरेर चितवन निकुञ्ज छिरेका उनीहरुले दुई दिनको प्रयासपछि गैंडा मार्छन्। गैंडा मार्न कालुले नै गोली चलाउँछन्। खाग बेच्न पनि उनै काठमाडौं जान्छन्।
०६३ सालको साउन २८ मा निकुञ्जको पूर्वी सिमाना खगेन्द्रमल्ली क्षेत्र वरपर मृत फेला परेको गैंडा सोही समुहले नै मारेको ठहर गर्दै निकुञ्जले बुधबार मुद्दा फैसला गरेको छ। आफ्नै घरमा अरु १० जना भेला गराएर निकुञ्ज छिरेका कालुले गैंडा मारेर खाग बेच्दा डेढ लाख रुपैयाँमा कमाउँछन् । साथ दिने अरुलार्ई कालुले पाँच पाँच हजार रुपैयाँ मात्रै बुझाउँछन्।
निकुञ्जले फैसला गर्दा कालुलाई १५ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तथा अरुलाई कम्तिामा पाँच वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना गरेको छ। कालुले गैंडा मारेपछि खाग बेच्ने बेलामा शक्तिखोर सुपारका पदमबहादुर चेपाङ र कोलारकै छकमल्ली भनिने अम्बिका चेपाङ पनि काठमाडौं गएकी थिइन् ।
सो मुद्दाका अन्य प्रतिवादीहरुले आफूहरु १० जनाले पाँच पाँच हजार रुपैयाँ बुझेपछि डेढ लाखमा खाग बेच्दा बाँकी रहेको रकम पदम, छकमल्ली र कालुले बाँडेको बयान दिएका छन्। कालुसँग निकुञ्ज गएकामध्ये कोलारका मंगले चेपाङ र मानबहादुर चेपाङको भात पकाउने जिम्मा थियो । गैंडा मारेर खाग ल्याएपछि आलो खाग डेक्चिमा पकाउन पनि यी दुईले सहयोग गरेको निकुञ्जको अनुसन्धानले देखाएको छ।
यति सहयोग गरेका मंगलेलाई चितवन निकुञ्जले पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवना गरेको छ। मानबहादुर फरार रहेका छन्। ५३ वर्षका मंगलेले अहिले आँखा राम्रोसँग देख्दैनन्। मानबहादुर र मंगले बाहेक अरु आठजनाले कालुले गोली हानेर ढालेको गैंडा चल्न चटपाउन नसकोस भनेर खुट्टा र ढाँडको नसा काटेर गैंडालाई शिथिल बनाएको बयान दिएका छन्।
गैंडालाई शिथिल बनाएर खाग झिक्न सहयोग गरेका शक्तिखोरका थैली काइला चेपाङ, दीपवबहादुर चेपाङ, पदमबहादुर चेपाङ, भालु कान्छा भनिने दलबहादुर चेपाङ, साइला चेपाङ र दाहखानीका सिन्धु भनिने सन्तबहादुर चेपाङ, गोपाल चेपाङ र वाइवा लामाले पनि पाँच पाँच हजार रुपैयाँ पाएका थिए। बन्दुकका साथै खाग झिक्न प्रयोग भएको बन्चरोसमेत कालुकै थियो भनेर उनीहरुले बयान दिएका छन्।
मानबहादुरसहित गोपाल, थैली, साइला र वाइवा फरार छन्। भालु कान्छा भनिने दलबहादुर चेपाङलाई निकुञ्जले १३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गरेको छ। पदम नगरकोटी र छकमल्ली, सन्तबहादुर चेपाङ र दीपबहादुर चेपाङलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवना भएको छ। कालुलाई बन्दुक बेच्ने मकवानपुर मनहरीका सन्तोष गुरुङलाई आठ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भएको छ ।
खाग बेच्न कालुसँगै काठमाडौं जाने पदमले आफुले विभिन्न पटक गरेर २३ हजार रुपैयाँ मात्रै बुझेको बयान दिए पनि निकुञ्जले उनैलाई सवैभन्दा धेरै १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवना गरेको छ। घटनाका योजनाकार भनिएका कालुले पनि निकुञ्जका अधिकारीहरु सामु इनकारी बयान दिएका छन्। उनले आफुले कुनै गैंडा नमारेको जिकिर गरे पनि पटक पटक गैंडा मारेको देखिन आएको भनेर निकुञ्जले उनलाई सजाय गरेको हो।
निकुञ्जका प्रमुख संरक्षण अकिृत कमलजंग कुँवरले मुद्दाको फैसला गरेका हुन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित जनावर मारेमा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा कैद र जरिवना दुवै हुन सक्ने कानुनी व्यवस्था छ।