काठमाडौं- सिंगो विश्व कार्बन–डाइअक्साइडको उत्सर्जन कसरी कम गर्ने भन्ने बहसमा उत्रिएका बेला नेपाल भने इन्धनको अल्पकालीन विकल्पका रुपमा दाउरा बालेर भारतले दिएको 'दुःख' सामना गर्ने तयारीमा छ। भारतले १४ दिनदेखि नाकाबन्दी गरेर ग्यासलगायत पेट्रोलियम आपूर्ति ठप्प पारेपछि वन मन्त्रालय यस्तो नीति बनाउन बाध्य भएको हो।
दाउरा बाल्दा कार्बन–डाइअक्साइडको उत्सर्जन अत्यधिक हुने गर्छ।
'भारत आफू नवीकरणीय ऊर्जामा विश्वमै उदाहरणीय छ तर हामीलाई दाउरा बाल्न बाध्य पारिरहेको छ', वातावरणविद मञ्जित ढकालले नागरिकस"ग भने, 'नेपाललाई अप्ठेरो परिस्थितिमा उभ्याएर भारतले दोहोरो चरित्र देखाइरहेको छ।'
भारतले संसारलाई प्रदूषण घटाउन प्रविधिलगायत क्षेत्रमा सहयोग गर्नुपर्नेमा दाउरा बाल्न बाध्य बनाएर गलत सन्देश दिएको उनले बताए।
'भारत जहिले पनि दुइटा डुंगामा खुट्टा राखेर तैरिन्छ, एकातिर नविकरणीय ऊर्जा अर्कोतिर, सफा कोइला। एकसाथ दुवैको प्रवर्द्धन गरेर विश्वमा आलोचित पनि भएको छ,' ढकालले भने।
कार्बन–डाइअक्साइड हरितगृह ग्यासमा पर्ने एउटा प्रमुख ग्यास हो। यसले पृथ्वीमा आउने सूर्यको किरणलाई फिर्ता जानबाट रोक्छ र विश्व तापमान बढाउ"छ। वायुमण्डलमा यसको मात्रा अत्यधिक हुँदउ गएपछि वैज्ञानिकहरुले यसको उत्सर्जन घटाउन बारम्बार चेतावनी दिदै आएका छन्।
'खाना पकाउने ग्यास अभाव हुन थालेपछि मन्त्रालय बाध्य भएर दाउरा उपलब्ध गराउने नीति बनाउन थालेको हो,' वन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले नागरिकस"ग भने, 'हामीस"ग देशका अधिकांश जिल्लामा प्रशस्त परिमाणमा दाउरा छन्। तिनलाई सर्वसुलभ तरिकाले सर्वसाधारणलाई उपलब्ध गराउने अल्पकालीन नीति बनाउन थालेका छौं।'
उनका अनुसार देशमा गरी करिब दाउराका ५ सय चट्टा (ठूलो चाङ) छन्। यो करिब ३५ लाख किलो दाउरा हो। 'त्यो काठ काठमाडौंलगायत सहरी क्षेत्रमा कसरी ढुवानी र वितरण गर्न सकिन्छ भनेर नीति बनाउन लागेका हौं,' प्रवक्ता आचार्यले भने, 'के गर्ने, बा"च्न पर्योन।' उनले नियन्त्रित रुपमा वनमा क्षति नपुग्ने गरी दाउरा उपलब्ध गराउने उपायसहितको नीति बनाउन लागेको जानकारी पनि दिए।
वनविभागका महानिर्देशक रेशमबहादुर डा"गीले सरकारले बाध्य भएर काठ वितरण योजना बनाउन लागेको बताए। 'आम नागरिकलाई समस्या पर्न सक्छ भनेर सरकारले वैकल्पिक व्यवस्था गर्न थालेको हो,' उनले भने।
डा"गीका अनुसार वितरण गर्न मिल्ने अवस्थामा रहेका दाउरा सर्वसाधारण उपभोक्तास"ग ल्याइपुर्या उन धेरै चुनौती छन्। 'दाउरा ओसारपसार गर्न पनि इन्धन र सुरक्षा चुनौती त्यत्तिकै छ,' उनले भने, 'हामीले दाउरा उपलब्ध गराइदिने हो, बा"की व्यवस्था सरकारले गर्नुपर्छ।'
काठ वितरणस्थलसम्म ल्याइपुर्याीउन मात्र ८० लाख रुपैयाँ खर्च हुने अनुमान विभागको छ। विभागले करिब २ करोड रुपैयाँ पर्ने काठ/दाउरा वितरणको तयारी गरेको हो।
त्यसो त मन्त्रालयले नीति बनाउनुअघि नै काठमाडांैलगायत विभिन्न सहरी क्षेत्रका होटल व्यवसायीले समेत दाउरा प्रयोग गर्न थालिसकेका छन्। राजधानीको ठमेल र भक्तपुरलगायत क्षेत्रमा समेत दाउरा प्रयोग हुन थालेको छ। र, सर्वसाधारणले पनि दाउरालाई अन्तिम विकल्पका रुपमा लिएका छन्। त्यसो त नेपालको करिब ६० प्रतिशत जनसंख्या अहिले पनि दाउरामा निर्भर छ। नाकाबन्दीले दाउराप्रतिको निर्भरता बढाएको छ।
नाकाबन्दी र भूकम्पको चाप वनमा
भूकम्प होस् वा नाकाबन्दी, त्यसको नकारात्मक प्रभाव प्राकृतिक स्रोतमै पर्छ। पछिल्ला दिनमा नेपालीले भोगेको प्राकृतिक विपत्ति र छिमेकले गरेको नाकाबन्दीले 'सामुदायिक वन' का रुपमा विश्वमै परिचित नेपालको वन क्षेत्र जोखिममा पर्न थालेको हो।
वैशाख १२ को भूकम्पपछि वनजंगलमा बढेको मानवीय चाप १४ दिनदेखिको नाकाबन्दीले झन् बढाएको छ। अधिकांश जिल्लाका सर्वसाधारण दाउराका लागि वनजंगल पस्न थालेका छन्।
'वन फँडानीका घटना हरेक दिन बढ्न थालेको छ। अझ सामुदायिक वन सबैभन्दा बढी प्रभावित भएका छन्,' सामुदायिक वनउपभोक्ता महासंघका अध्यक्ष गणेश कार्कीले भने, 'बस्ती र गाउँ नजिकै हुने भएकाले सामुदायिक वनमाथि चाप बढ्न थालेको जानकारी आइरहेको छ।'
उनले अन्य विकल्प जोहो गर्न नसक्ने श्रमिक वर्ग इन्धनका लागि दाउरा खोज्न बाध्य भएको बताए। 'यो वर्ग ब्रिकेटलगायत अन्य नविकरणीय ऊर्जाको पहु"चबाट धेरै टाढा छ। त्यसैले पनि उनीहरु दाउराका लागि जंगल पस्न थालेका हुन्,' कार्कीले भने, 'फेरि नाकाबन्दीले गर्दा भएको अस्थायी रोजगार पनि खोसिएको छ। उनीहरु फुर्सदमा छन्।'
'काठमाडौंकै होटलले दाउरा बाल्न थालेपछि तराई र अन्य क्षेत्रमा दाउराको माग नबढोस् पनि कसरी?' उनले थपे, 'तर यसलाई बहाना बनाएर व्यापारीहरु पनि जंगल पस्न थालेका छन्। जुन हाम्रालागि चिन्ताको विषय बनेको छ।'
वन विभागका महानिर्देशक डा"गी पछिल्ला दिनहरुमा पर्सादेखि धनुषाबीचका जिल्लाका दाउरा लिन जंगल पस्नेको संख्या बढेको बताउ"छन्। 'मुलुक अप्ठेरो अवस्थामा भएकाले मौका यही हो भनेर रुख काट्ने दाउ हेर्ने बेला पनि यही हो। यो हाम्रालागि चुनौती पनि भएको छ,' उनले भने।
डा"गीले जंगल छिरेर ठूल–ठूला रुख काट्ने भन्दा पनि छिटछिटो रुख र काठ काटेर साइकलमा ओसार्ने क्रम बढेको बताए। 'इन्धन अभावले गर्दा ठुल–ठूला तस्करी भएका छैनन्। राजमार्ग र सहर वरपरका जंगल छिटेर रुख काट्ने र साइकलमा ओसार्ने काम भइरहेका जानकारी आएको छ,' उनले भने। डा"गीले पर्सा र रौतहटमा स्थानीय समुदायले वनको संरक्षण गरिरहेको जानकारी दिए। उनका अनुसार रौतहटमा प्रत्येक वडाबाट तीन जना युवा स्थानीय वन संरक्षणमा खटिएका छन्। पर्सामा स्थानीय समुदाय परिचालन भएको छ।
'अहिले सुरक्षाकर्मी पनि अन्य काममा व्यस्त छन्। इन्धन पनि छैन। हामी स्थानीय समुदायको भरमा छांै। उनीहरुस"ग नियमित सम्पर्कमा बसेर आ–आफ्ना क्षेत्रका वन जोगाउन हौसला बढाइरहेका छांै,' डा"गीले भने, 'अहिले वन जोगाउने सम्पूर्ण जिम्मा स्थानीयवासी, समुदाय र विशेष गरी युवाको हातमा छ।'
नाकाबन्दी र सुरक्षा दृष्टिले सरकारी संयन्त्र प्रभावकारी परिचालन हुन नसकेको उनले स्विकारे।
यसअघि भूकम्पका कारण भत्किएका घर बनाउने नाममा तराई–मधेसका वनजंगलका रुख काट्न पाउनुपर्ने चर्को दबाब वन मन्त्रालयले बेहोरेको थियो। पहाडी जिल्लाका सामुदायिक वनमा काठ निकाल्ने र निजी वनका काठ ओसारपसार गर्ने नियम खुकुलो पार्न मन्त्रालय बाध्य भएको थियो।