काठमाडौं- भूकम्पपछि भत्किएका संरचना पुनर्निर्माणका लागि उत्खनन गरेर 'भू–भौतिक' सर्भे गरिने भएको छ। काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रका तीन वटा स्मारकमा यस्तो सर्भेको तयारी गरिएको हो।वैशाख १२ को भूकम्पमा क्षति भएका काठमाडौंका सात स्मारकमध्ये काठमाडौं, भक्तपुर र पाटन दरबार क्षेत्रका केही स्थानमा उत्खनन गरेर यस्तो सर्भे गर्न थालिएको पुरातत्व विभागले जनाएको छ। विभागका अनुसार ललितपुरमा मंगलबारदेखि उत्खनन सुरु भइसकेको छ। काठमाडौंमा शुक्रबार र केही हप्तामै भक्तपुर दरबारमा सुरु गर्ने तयारी भइरहेको छ।
युनेस्कोको आर्थिक सहयोगमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयका विशेषज्ञ टोलीले उत्खनन गर्ने विभागका महानिदर्ेेशक भेषनारायण दाहालले जानकारी दिए।
'भूकम्पपछि मठमन्दिरको अवस्था बुझ्न जियोफिजिक्स (भू–भैतिक) सर्भे गर्न लागेका हौं,' उनले भने, 'जमिनमुनिको अवस्था थाहा पाइन्छ। सर्भे गरेर पुनर्निर्माण गर्ने तरिकाबारे पनि ज्ञान हासिल हुन्छ।'
यसका साथै उत्खननबाट प्राप्त हुने पुराना सामग्री परीक्षणबाट इतिहास कालको अवस्थाबारे पनि ज्ञान हासिल हुने उनले जानकारी दिए। 'त्यहाँ त्यस्ता सामग्री पाइए, विदेशमा लगेर कार्बन डेटिङ गरेर इतिहास थाहा हुन्छ,' उनले भने, 'जम्मा ५० दिनमा तिनै दरबार क्षेत्रमा उत्खनन र सर्भे गरिन्छ।'
उनका अनुसार मन्दिरको जगमा पनि उत्खनन गरेर त्यसको अवस्थाबारे जानकारी लिन सकिन्छ। त्यसका आधारमा पुनर्निर्माण गर्दा सहजता आउन सक्ने उनले जानकारी दिए। 'यो अध्ययन निकै वैज्ञानिक छ,' उनले भने, 'करिब एक महिना अघिदेखिको तयारीपछि सर्भे गर्न लागेका हौं।'
युनेस्को काठमाडौंले बिहीबार भूकम्प र त्यसपछिका अनुकम्पनले नेपालका अद्वितीय सांस्कृतिक सम्पदाका महत्वपूर्ण स्मारक क्षति भएपछि यस्तो योजना ल्याइएको विज्ञप्तिमार्फत जनाएको छ। अनुसन्धानबाट प्राप्त सूचनाले दरबार प्रांगणमा भएका स्मारकको विकासक्रम र दरबार क्षेत्रको सांस्कृतिक विकासको तह, विगतका भूकम्प साथै त्यसले उत्पन्न सामाजिक घटनाक्रमबारे थाहा हुने अनुमान गरिएको थियो।
पुनर्निर्माण गर्नुपूर्व टोलीले मध्यकालीन पाटन दरबार, हनुमानढोका र भक्तपुर दरबार क्षेत्रमा सर्वेक्षण र उत्खनन कार्य हुने युनेस्कोले जनाएको छ। टोलीले मन्दिरहरुको आधारपेटी र जगको अन्वेषण गर्नेछ।
युनेस्कोका अनुसार टोलीले तीनवटै दरबार प्रांगणमा जमिनभित्र अज्ञात रहेका पुरातात्विक स्थल र वस्तु सुरक्षाका लागि पुरातात्विक स्थल संरक्षण नक्सा बनाउन 'ग्राउन्ड पेनेट्रेटिङ राडर' नामक आधुनिक औजार प्रयोग गर्न लागिएको हो। यो प्रविधिले जमिनको भित्री सतहका विभिन्न तहमा रहेका संरचना, पर्खाल, भग्नावशेष र अन्य पुरातात्विक महत्वका वस्तुबारे थाहा हुने युनेस्कोको भनाइ छ। यस्तो कार्यले जमिनभित्रका पुरातात्विक सम्पदालाई जोगाई नयाँ निर्माणकार्य मार्गदर्शन गरेर भविष्यका पिढीलाई जोगाइराख्न समेत महत्वपूर्ण योगदान दिने युनेस्कोले जनायो।
पुरातात्विक स्थल संरक्षण नक्सा निर्माणले विशेष गरी भूकम्पबाट क्षति भएका यी तीन स्मारक क्षेत्रमा जमिनको विभिन्न तहमा भएका पुरातात्विक वस्तुबारे जानकारी लिन सहयोग गर्ने युनेस्को काठमाडौं प्रमुख क्रिस्टियन म्यानहार्टले विज्ञप्तिमा जनाएका छन्। यसले भविष्यमा हुने पुनर्निर्माणमा सहयोग पुर्या्उने उनले जनाए।
काठ, इँटा र झिगटी प्रयोग गरी अति अलंकृत तरिकाबाट बनाइएका काठमाडौं उपत्यकाका स्मारक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन विकासको आधार रहेको युनेस्कोले जनाएको छ।
'स्मारक स्थलहरुले हजारौं मानिसको दैनिक जीवनपद्धतिमा महत्वपूर्ण भूमिका खेलेको र यस्ता स्थल स्वर्गले पृथ्वीलाई स्पर्श गर्ने प्रवेशद्वारका रुपमा प्रतिनिधित्व गरेको विश्वास गरिन्छ,' विज्ञप्तिमा भनिएको छ, 'यस्ता स्थलमा सर्वसाधारण मानिस पुग्न सक्ने र देवीदेवतासँग कुरा गर्ने ठाउँसमेत रहेको अमूर्त मूल्यमान्यता छ।'
पुरातत्व विभागको प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौं दरबार क्षेत्रका ९ वटा सम्पदा पूर्ण रुपमा क्षति भएका छन्। पाटनमा ५ र भक्तपुरमा ४ वटा स्मारक पूर्णरुपमा क्षति भएको विभागले जनाएको छ।