६ करोड चलखेलमा ८ नर्सिङ कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्रीको अगुवाइ
२२ असोज २०७२
•
८ मिनेट पाठ
६ करोड चलखेलमा ८ नर्सिङ कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्रीको अगुवाइ
काठमाडौं— त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीसँग भएको सम्झौता र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय समितिले गरेको सिफारिसविपरीत सरकारले थप नर्सिङ कलेजलाई सम्बन्धन दिने भएको छ।शैक्षिकसत्र सुरु भइसकेको अवस्थामा शिक्षामन्त्री यादवले सम्बन्धनसम्बन्धी निर्णयका लागि बैठक आज शुक्रबार बोलाएकी छन् । स्रोतका अनुसार ८ वटा नर्सिङसहित सामान्य चिकित्सा र प्रयोगशाला विज्ञान विषयका कलेजलाई शुक्रबार सम्बन्धन दिने तयारी छ। त्यसका लागि प्रस्तावसमेत तयार भएको छ ।




परिषदका उपाध्यक्ष कुलबहादुर बस्नेतलगायत केही पदाधिकारी भने यो कदमप्रति असन्तुष्टि जनाउँदै राजधानीबाहिर गएका छन्। उनीहरूले नयाँ कलेज थप्ने विषय विवादित रहेको र नयाँ शैक्षिक सत्र पनि सुरु भइसकेको जनाउँदै सम्बन्धन दिन नहुने तर्क राखेका छन्।

भएकै कलेजका अस्पतालमा बिरामी अभावले नर्सिङ सिकाइ प्रभावहीन भएको भन्दै माथेमा प्रतिवेदनले नयाँ नर्सिङ कलेज नथप्न सुझाव दिएको थियो। अहिले सम्बन्धन दिन लागिएका सबै कलेजका अस्पतालमा बिरामी अभाव छ।

सम्बन्धनका लागि कम्तिमा २४ घन्टाअघि सल्लाहकार परिषदको स्वीकृत आवश्यक पर्ने नियमअनुसार शुक्रबार बिहान ७ः३० बजे सल्लाहकारको बैठक बसेको छ। त्यसपछि आजै परिषदको बोर्ड बैठक बोलाइएको छ।

उच्च माध्यमिक कार्यालय स्रोतका अनुसार मन्त्री यादवले नियुक्त गरेका स्तर निर्धारण शाखा प्रमुख विनयकुमार मिश्रले सम्बन्धन तयारीमा रहेका कलेज संचालकलाई मन्त्री क्वार्टरमै लगेर भेटघाट गराइरहेका छन्।

८ कलेजलाई सम्बन्धन दिन ६ कराेड असुली

सम्बन्धनका लागि ती कलेजबाट ७५ लाख रुपैयाँका दरले पैसा उठाइसकिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार शुक्रबार सम्बन्धनका लागि तयार पारिएको नयाँ नर्सिङ कलेजका सूचीमा शुभेच्छा, लर्डबुद्ध, क्यालिबर, समिट, चितवन मेडिकल, लाइफगार्डलगायत छन्। तीमध्ये केही कलेजले मिश्रमार्फत मन्त्रीको पुल्चोकस्थित निवासमै पुगेर पैसा बुझाएका थिए।

यसअघि चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले आगामी दस वर्षसम्म उपत्यकामा कुनै पनि मेडिकल तथा नर्सिङ कलेजलाई सम्बन्धन नदिन सुझाव दिएको थियो। उपत्यकाबाहिर पनि तीन वर्षदेखि अस्पताल चलाएका र अन्य चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम चलाएका नर्सिङ कलेजलाई मात्रै सम्बन्धन दिन सुझाव दिएको थियो । अहिले सम्बन्धन पाउन लागेका अधिकांश कलेज उपत्यकाभित्रकै छन् ।

माथेमा प्रतिवेदनको सुझाव मन्त्रिपरिषदको सामाजिक समितिले पन्छाएर कार्ययोजना बनाएपछि डा. केसी छैटांै अनशनमा बसेका थिए । अनशनको १४ आंै दिन भदौ १९ गते सरकारले नयाँ कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको थियो । सो सम्झौतासमेत पन्छाएपछि डा. केसी सातांै अनशन बसेका थिए । तर ११ औं दिनमा देशको प्रतिकूल अवस्थाको कारण देखाउँदै उनले अनशन स्थगित गरे ।

मन्त्री यादवको यो तयारी सामाजिक समितिको निर्णयको समेत विपरीत छ । यसअघि चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल प्रतिवेदनलाई थाती राखेर सरकारले हतारमा चार महिनादेखि रोकेको १२ नर्सिङ कलेजको सम्बन्धन फुकुवा गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यदलले साउन दोस्रो साता शिक्षा मन्त्रालयलाई पत्राचार गरेर रोकिएको सम्बन्धनको बाटो खुलाएको थियो ।

त्यतिबेला पनि सिटिइभिटीबाट सम्बन्धन पत्र पाउने कलेजमा शिक्षामन्त्री यादवकै आफन्त सञ्चालक रहेको जनकपुरस्थित नेसनल ह्युमन रिसोर्स डेभलपमेन्ट एकेडेमी, भौतिक योजना मन्त्री विमलेन्द्र निधिको काठमाडांैस्थित महेन्द्रनारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्था, कांग्रेस नेत्री मैयादेवी श्रेष्ठ स्वामित्वमा चितवनमा रहेको मैयादेवी कन्या कलेज छन् । तीबाहेक कान्तिपुर एकेडेमी फर हेल्थ साइन्स, दाङस्थित नेपाल सञ्जीवनी इन्स्टिच्युट छन् ।

पछिल्लोपटक डा. केसीसँग सम्झौताका क्रममा समेत सरकारका तर्फबाट वार्तामा खटिएका योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल र मुख्य सचिव सोमलाल सुवेदीले पटकपटक नर्सिङको सम्बन्धन नरोक्ने गरी सम्झौता गर्न आग्रह गरेका थिए । राति अबेरसम्म पनि वार्ताका क्रममा पोखरेलले शिक्षामन्त्रीले पटकपटक फोन गरेर नर्सिङ कलेजको सम्बन्धन नरोक्न दबाब दिएको भन्दै सो बुँदा हटाउँन आग्रह गरेका थिए । तर डा. केसी तयार नभएपछि सम्झौतामा नर्सिङ कलेजलाई सम्बन्धन नदिने बुँदा परेको थियो ।

एमबिबिएस तहको पढाइ हुने मेडिकल कलेजभन्दा पनि नर्सिङ कलेजहरू पूर्वाधार र जनशक्ति उत्पादनको गुणस्तरमा झन् नाजुक छन् । त्यसमा पनि हाल सञ्चालनमा रहेका सयभन्दा बढी नर्सिङ कलेजमध्ये झन्डै एक तिहाइको आफ्नै अस्पताल नहुँदा प्रयोगात्मक अभ्यास र सीप सिकाइ कमजोर भएपछि संसदीय समितिले समेत निर्देशन दिएको थियो ।

भएकै नर्सिङ कलेजले सरकारी अस्पताललाई शिक्षण अस्पताल बनाउने गरेका छन् । कागजी रूपमा शिक्षण अस्पताल भए पनि धेरै अस्पतालले निजीबाट आएका नर्सलाई काम लगाउँदैनन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस